सिम्रिक एयरको हेलिकोप्टर लम्जुङको बेसिसहरमा आकस्मिक अवतरण
सारांश
- सिम्रिक एयरको हेलिकोप्टर लम्जुङको बेसिसहरमा आकस्मिक अवतरण गरेको छ ।
- मनाङका लागि उडेको नाइन एन- एजेजेड हेलिकोप्टर बेसिसहरको दनाइफाँटस्थित खेतमा आकस्मिक अवतरण गरेको हो ।
- मौसममा आएको खराबीले हेलिकोप्टर आकस्मिक अवतरण गरेको लम्जुङका सहायक प्रमुख जिल्ला अधिकारी तिर्थबहादुर अधिकारीले जानकारी दिए ।
सिम्रिक एयरको हेलिकोप्टर लम्जुङको बेसिसहरमा आकस्मिक अवतरण गरेको छ । मनाङका लागि उडेको नाइन एन- एजेजेड हेलिकोप्टर बेसिसहरको दनाइफाँटस्थित खेतमा आकस्मिक अवतरण गरेको हो ।
मौसममा आएको खराबीले हेलिकोप्टर आकस्मिक अवतरण गरेको लम्जुङका सहायक प्रमुख जिल्ला अधिकारी तिर्थबहादुर अधिकारीले जानकारी दिए ।

‘यहाँ बिहानैदेखि पानी परिरहेको छ । कुहिरो र बादल पनि लागेको छ । त्यहीभएर हेलिकोप्टर अवतरण गरेको बुझिएको छ । विस्तृत जानकारी लिँदैछौं,’ अधिकारीले भने ।
हेलिकोप्टर सुरेन्द्र पौडेलले उडाएका थिए । उनका अनुसार मनाङको भीमथाङमा विरामी विदेशी पर्यटकलाई लिन उनी काठमाडौंबाट मनाङ उडेका थिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया