जनादेशलाई कदर गर्दै अगाडि बढ्ने एमाले सचिवालय बैठकको निर्णय
सारांश
- काठमाडौं।
- नेकपा (एमाले)ले जनताले दिएको जनादेशलाई कदर गर्दै अगाडि बढ्ने निर्णय गरेको छ।
- भक्तपुरको बालकोटस्थित पार्टी अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको एमाले सचिवालय बैठकले निर्वाचनको जनादेशअनुसार पार्टीले भूमिका निर्वाह गर्दै अगाडि बढ्ने निर्णय गरेको ओलीको सचिवालयले जानकारी दिएको छ।
काठमाडौं। नेकपा (एमाले)ले जनताले दिएको जनादेशलाई कदर गर्दै अगाडि बढ्ने निर्णय गरेको छ। भक्तपुरको बालकोटस्थित पार्टी अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको एमाले सचिवालय बैठकले निर्वाचनको जनादेशअनुसार पार्टीले भूमिका निर्वाह गर्दै अगाडि बढ्ने निर्णय गरेको ओलीको सचिवालयले जानकारी दिएको छ।
बैठकमा वर्तमान राजनीतिक परिवेश र समसामयिक राजनीतिक विषयमा छलफल गर्दै पार्टी अबको दिनमा कसरी अगाडि बढ्ने भन्नेबारेमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जिम्मेवारी दिने निर्णयसमेत भएको बताइएको छ।
सरकार गठन र एमालेको भूमिकाका बारेमा समेत छलफल भएको बैठकमा अध्यक्ष ओलीले सरकारका लागि एमालेले मरिहत्ते नगर्ने बताएका छन्। वर्तमान सत्तागठबन्धन टुटेको अवस्थामा मात्रै एमालेले सरकार गठनका बारेमा छलफल गर्ने बैठकले निर्णय गरेको बताइएको छ।
Skapa ett gratis konto
I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.