सिलवाललाई उपस्थित गराइदिन ७७ जिल्लामा प्रहरी मुख्यालयले यस्तो सर्कुलर जारी गर्यो

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ ३, २०७४
|
|
२१ पटक हेरिएको
Shares
सिलवाललाई उपस्थित गराइदिन  ७७ जिल्लामा प्रहरी मुख्यालयले यस्तो सर्कुलर जारी गर्यो

सारांश

  • काठमाडौं, माघ ३ ।
  • नेपाल प्रहरीले पूवडीआईजी तथा ललितपुर क्षेत्र नं.
  • १ का नवनिर्वाचित सांसद नवराज सिलवाललाई उपस्थित गराइदिन ७७ जिल्लामा सर्कुलर जारी गरेको छ ।

काठमाडौं, माघ ३ । नेपाल प्रहरीले पूवडीआईजी तथा ललितपुर क्षेत्र नं. १ का नवनिर्वाचित सांसद नवराज सिलवाललाई उपस्थित गराइदिन ७७ जिल्लामा सर्कुलर जारी गरेको छ । ३ वटा महानगरीय प्रहरी परिसर र ७४ जिल्लाका प्रहरी कार्यालयलाई प्रहरी मुख्यालयले यस्तो सर्कुलर जारी गरेको हो ।

मुख्यालयले मुलुकी ऐन किर्ते कागजको महलअन्तर्गतको सरकारी कागजात किर्ते मुद्दा अनुसन्धानको सिलसिलामा केही कुरा बुझ्नुपर्ने भएको हुँदा सिलवाललाई खोजतलास गरी उपस्थित गराइदिन भन्दै प्रहरी कार्यालयहरुलाई पत्राचार गरेको हो ।

यसअघि महानगरीय प्रहरी परिसर काठमाडौंले सिलवाललाई उपस्थित गराइदिन भन्दै महानगरीय प्रहरी परिसर ललितपुरलाई पत्र काटेको थियो । सिलवाललाई खोज्दै प्रहरी उनको घर पुगे पनि नभेटिएको जानकारी पठाइएको थियो ।

त्यसको एक दिनअघि नै सिलवाल भने आफ्नो पुर्वनिर्धारित कार्यक्रमका लागि मलेसिया पुगेको पारिवारिक स्रोतले जानकारी दिएको थियो । हाल उनी व्यक्तिगत कामको सिलसिलामा अमेरिकामा रहेको पारिवारिक स्रोतको भनाइ छ ।

सिलवालले आफू मलेसिया पुगेपछि मात्र प्रहरीले आफूलाई खोजेको बताउँदै आएका छन् । आफू नेपालमा हुँदासम्म कुनै कारबाही प्रक्रिया अघि नबढाइएको र पुर्वनिर्धारित कार्यक्रममा गएपछि मात्र उपस्थित गराइदिन भन्दै पत्र काटेको सिलवालको भनाइ छ ।

सिलवालले आफू र प्रहरी प्रमुख आईजीपी प्रकाश अर्याल पक्षविपक्ष भएकाले अर्यालले नभई त्यसभन्दा माथिको निकायबाट छानबिन हुनुपर्ने माग राख्दै आएका छन् । आफूले किर्ते नगरेको र किर्ते कसले ग¥यो भनेर छानबिनको माग आफूले नै गरेको सिलवालको भनाइ छ । निष्पक्ष छानबिनलाई सघाउन आफू तयार रहेको सिलवालले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?