विप्लव समूहका जिल्ला सक्रेटरी पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक ७, २०७६
|
|
५२ पटक हेरिएको
Shares
विप्लव समूहका जिल्ला सक्रेटरी पक्राउ

सारांश

  • काभ्रेपलाञ्चोक।
  • प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका काभ्रेपलाञ्चोक जिल्ला सेक्रेटरी सुन्तली थोकरलाई पक्राउ गरेको छ।
  • थोकरलाई गएराति १२ बजे उनकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

काभ्रेपलाञ्चोक। प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका काभ्रेपलाञ्चोक जिल्ला सेक्रेटरी सुन्तली थोकरलाई पक्राउ गरेको छ। थोकरलाई गएराति १२ बजे उनकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पनौती नगरपालिका–९ शङ्खुस्थित घरबाटै थोकरलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलको टोलीले मध्यराति पक्राउ गरेको प्रहरी उपरीक्षक जयराज सापकोटाले बताए। “विशेष सूचनाका आधारमा थोकरलाई घरबाटै पक्राउ गर्यौँ”, उनले भने। ३२ वर्षीया थोकर हालै मात्र विप्लव समूहको काभ्रेपलाञ्चोक सक्रेटरी भएको जनाइएको छ।

यसअघि प्रहरीको विशेष ब्यूरो, महानगरीय अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले ‘सर्चरअप्रेशन’का क्रममा काभ्रेपलाञ्चोकबाट विसं २०७५ चैत ९ गते बिहान विप्लव समूहका मध्य कमाण्डर सुदर्शन भनिने हेमन्तप्रकाश ओलीसहित नौ नेतारकार्यकर्तालाई काभे्रपलाञ्चोक र ललितपुरको सिमानामा पर्ने खानीखोला गाउँपालिका–७ मिल्चेस्थित बोरेनी नजिकैबाट गाडीमा काठमाडौँतर्फ गइरहेको अवस्थामा पक्राउ गरेको थियो। पक्राउ पर्नेमा ‘विप्लव’ समूहका मध्य कमाण्डर ओली, धर्मराज राजबहाक, रामकृष्ण खतिवडा, विजय श्रेष्ठ, ललित तामाङ, शङ्कर अधिकारी, देव घिमिरे, सञ्जिव कार्की, लोकेन्द्र खड्का थिए।

यस्तै, चैत ६ गते पनि काभ्रेपलाञ्चोककै रोशी गाउँपालिका–२ खहरेपाँगुस्थित काफलडाँडामा साँझ ‘सर्च’मा गएको महानगरीय अपराध अनुसन्धानको प्रहरी टोलीले विप्लव समूहका कार्यकर्ता मेची नगरपालिका–३ का ३३ वर्षका शिव धिताल र सिन्धुपाल्चोकको जुगल गाउँपालिका–६ नेवारटोलका ३३ वर्षकै विशाल तामाङलाई पनि पक्राउ गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस पदाधिकारी बैठकले तय गर्यो केन्द्रीय समिति बैठकका कार्यसूची
कांग्रेस पदाधिकारी बैठकले तय गर्यो केन्द्रीय समिति बैठकका कार्यसूची
नाइजेरियामा आक्रमणः १६० जनाको मृत्यु
नाइजेरियामा आक्रमणः १६० जनाको मृत्यु
उपराष्ट्रपति ,राष्ट्रपति तथा प्रधानमन्त्रीद्वारा माघे संक्रान्तिको शुभकामना
उपराष्ट्रपति ,राष्ट्रपति तथा प्रधानमन्त्रीद्वारा माघे संक्रान्तिको शुभकामना
प्रविधिमैत्री बन्दै आयोग : सबै मतगणनास्थलमा सिसी क्यामरा जडान गर्न निर्देशन
प्रविधिमैत्री बन्दै आयोग : सबै मतगणनास्थलमा सिसी क्यामरा जडान गर्न निर्देशन
रविलाई काठमाडौं प्रहरीको हिरासतमा तीन दिन राखिने
रविलाई काठमाडौं प्रहरीको हिरासतमा तीन दिन राखिने
आईपीएल : बैंगलोरको पाँचौं जित
आईपीएल : बैंगलोरको पाँचौं जित
टाइफाइडविरुद्धको खोपको उद्घाटन गरे प्रधानमन्त्री देउवाले
टाइफाइडविरुद्धको खोपको उद्घाटन गरे प्रधानमन्त्री देउवाले
सन्दिप लामिछानेकाे दिल्ली डेयर डेभिल्सले गर्याे प्रसंसा
सन्दिप लामिछानेकाे दिल्ली डेयर डेभिल्सले गर्याे प्रसंसा
ललितपुर महानगरपालिकाका नगर प्रहरीको पोशाक परिवर्तन
ललितपुर महानगरपालिकाका नगर प्रहरीको पोशाक परिवर्तन
वसन्तपुर एक दशकमा समृद्ध शहर : राज्यमन्त्री गुरुङ
वसन्तपुर एक दशकमा समृद्ध शहर : राज्यमन्त्री गुरुङ