सिलिण्डर पड्किदा सात जना घाइते, चारकाे अवस्था गम्भिर !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र २६, २०७५
|
|
२० पटक हेरिएको
Shares
सिलिण्डर पड्किदा सात जना घाइते, चारकाे अवस्था गम्भिर !

सारांश

  • काठमाडौँ, २६ भदौ ।
  • स्थानीय ज्याठामा ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदा सात जना घाइते भएका छन् ।
  • मंगलबार बिहान करीब ४ बजेतिर पानी तान्ने मोटर जोड्ने क्रममा निस्किएको आगोको झिल्काबाट हावामा फैलिएको प्रज्वलनशील ग्यासमा आगो लागेको थियो ।

काठमाडौँ, २६ भदौ । स्थानीय ज्याठामा ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदा सात जना घाइते भएका छन् । मंगलबार बिहान करीब ४ बजेतिर पानी तान्ने मोटर जोड्ने क्रममा निस्किएको आगोको झिल्काबाट हावामा फैलिएको प्रज्वलनशील ग्यासमा आगो लागेको थियो । ज्याठाका स्थानीयवासी सुमन स्थापितको भुइँतलामा ‘ट्रेकिङ’का लागि प्रयोग हुने अक्सिजनका ८० सिलिण्डर थिए । तीमध्ये आगलागीका क्रममा २५ वटा सिलिण्डर पड्किएका थिए । सो घटनाका घाइतेमध्ये सुमन स्थापितसहित अन्य चारजनाको राष्ट्रिय ट्रमा सेन्टरको आकस्मिक कक्षमा उपचार भइरहेको छ भने अन्य तीनजना सामान्य उपचारपछि घर फर्किएका छन् ।

घाइते हुनेमा घरधनी स्थापित विस्फोटमा परेका हुन् भने बाँकी झ्यालबाट हाम फाल्ने क्रममा घाइते भएका हुन् । विस्फोटबाट दुई तलाको एकातर्फको पर्खाल भत्किएको छ । आगलागीबाट छिमेकी कल्पना तुलाधरको घरमा बढी क्षति पुगेको छ भने चोकआसपासका अन्य घरहरुका पर्खाल र ढोका चर्किएका छन् । उक्त घटनाबाट घाइते भएकालाई भेट्न पुग्नुभएका काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले घाइतेलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । वडा नं २७ र आसपास वडा समितिका अध्यक्ष, वडा सदस्य तथा महानगरको विपद् व्यवस्थापन विभागका अधिकारीसहित प्रमुख शाक्या घटनास्थल पुग्नुभएको थियो । आगलागीबाट करीब रु १० लाखको क्षति भएको अनुमान गरिएको छ ।

(https://thereader.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?