चुनावपछि वामपन्थीको स्थायी सरकार बन्ने दावी : ओली

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर ७, २०७४
|
|
२५ पटक हेरिएको
Shares
चुनावपछि वामपन्थीको स्थायी सरकार बन्ने दावी : ओली

सारांश

  • ७ मंसिर, दैलेख ।
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न चुनावपछि वामपन्थीको स्थायी सरकार बन्ने दावी गरेका छन् ।
  • बिहीबार दैलेख सदरमुकाममा आयोजित वाम गठबन्धनको चुनावी आमसभालाई सम्वोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले चुनाव पछि वामपन्थीको स्थायी सरकार बन्न कसैले रोक्न नसक्ने बताएका हुन् ।
७ मंसिर, दैलेख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न चुनावपछि वामपन्थीको स्थायी सरकार बन्ने दावी गरेका छन् ।

बिहीबार दैलेख सदरमुकाममा आयोजित वाम गठबन्धनको चुनावी आमसभालाई सम्वोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले चुनाव पछि वामपन्थीको स्थायी सरकार बन्न कसैले रोक्न नसक्ने बताएका हुन् ।

वामपन्थीको सरकार देश र जनताका लागि आवश्यक रहेको भन्दै अध्यक्ष ओलीले जनतालाई अधिकार सम्पन्न र समृद्ध बनाउन यस्तो सरकार आवश्यक भएको बताए । ‘वामपन्थीहरुको सरकार बन्यो बन्यो, यसलाई कसैले रोक्न सक्दैन,’ अध्यक्ष ओलीलेे भने, अब छ/छ महिने सरकारका दिन गए ।”

अध्यक्ष ओलीले एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण चुनाव अगाडी नै गर्ने योजना भएपनि समय अभावका कारण चुनावपछि वहुमतको सरकार निर्माणसँगै हुने बताए ।

यस्तै दैलेख सदरमुकामको कार्यक्रममा बोल्दै माओवादी नेता रामबहादुर थापा बादलले अहिलेसम्म अस्थिर सरकार भएका कारण देशमा असमानता कायम रहेको बताउँदै चुनावपछि वन्ने स्थिर सरकारवाट नै अव देशमा समानतामुखी समाजवाद र समृद्धि हरेक जनताले महशुश गर्ने वताए ।

प्रतिक्रिया

7 कमेन्ट

    Comment Author

    Rajan Khadka

    यस्ताे सरकार बनाउने हाे k.p जि

    Comment Author

    Tahal Subedi Laduk

    खुखानेकाे हावा निउज

    Comment Author

    Shyam Shubham Giri

    कथित कम्युनिस्ट हरूले नेपाल १ बर्ष हाक्न सके मार्देऊ

    Comment Author

    सुजन बाेहरा

    गुट

    Comment Author

    Madhabprasad Karki

    स्थायी भनेको के?संधैभरीकालागी हो?

    Comment Author

    Ajay Neupane

    Sapana

    Comment Author

    Ajay Neupane

    Hijo ma USA KO RASTAPATI vai

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 7
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?