भार्इ तैले मलार्इ मार्छु भन्थीस नि तर म अाफै मर्दैछु अब त खुशी हाेलास नी !

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ ५, २०७५
|
|
२१ पटक हेरिएको
Shares
भार्इ तैले मलार्इ मार्छु भन्थीस नि तर म अाफै मर्दैछु अब त खुशी हाेलास नी !

सारांश

  • सन्धिखर्क, ५ जेठ ।
  •   ।
  • साँचो प्रेममा डुबेका अर्घाखाँचीका एक युवाले आत्महत्या  गरेका छन् ।

सन्धिखर्क नगरपालिका ११ डिभर्ना जोगिमारेका २३ वर्षीय सम्राट भुसाल भन्ने नारायण प्रसाद भुसालले प्रेमीकासँग दुईहप्ता अगाडि विवाह गरेका थिए ।

उनीहरुको विवाह सम्बन्धमा घर परिवार बाधक बन्यो । उनीहरुको प्रेम विवाह घर परिवारका सदस्यलाई चित्त बुझेन । अभिभावक र घर परिवारले उनीहरुको विवाह अस्वीकार गरे ।

सम्राटले घर परिवारलाई कन्भिन्स गर्न खोजे । तर, कुनै पनि हालतमा यो विवाहलाई स्वीकार्न नसक्ने अभिभावकले अडान लिए । घर परिवारले विवाह तोड्न आग्रह गरिरहे । सम्राटलाई यस कुरामा टर्चर भइरह्यो ।

उनले चाडै हिम्मत हारे, र आत्महत्या गर्ने सोच बनाए । फेसबुकमा सुुसाइड नोट पनि लेखे । त्रिवणी होटेलको एक कोठामा उनले पासो लगाए ।

त्यसअघि के भयो ? 

सम्राटले फेसबुकमा स्टाटस लेखेपछि शुष्मासँग झण्डै २५ मिनेट होटेलमा सँगै बसेका थिए ।

शुष्माले त्यस्तो स्टाटस नलेख्न आग्रह गर्दै हटाउन लगाइन् । उनले आफ्नै फोटोमा हार्दिक श्रदाञ्जली भनेर लेखेर समेत फेसबुकमा पोष्ट गरेका थिए । तर, पछि त्यो पोस्ट सम्राटले हटाएका थिए ।

शुष्माको ठेगाना सन्धिखर्क नगरपलिका वाङ्ला आमडाँडा हो । उनीहरु विगत केही बर्षदेखि प्रम सम्बन्धमा थिए ।

होटेलमा उनले एक जना बस्ने भनेर आफ्नो मात्र नाम टिपाएका थिए। बिहान अबेरसम्म पनि उनी बाहिर खाजा खान नआएपछि त्रिवणी होटेलका कर्मचारी सम्राट बसेको कोठामा हेर्न गए । कोठामा सम्राट झुन्डिएको अवस्थामा देखिए । र होटलका कर्मचारीले प्रहरीलाई खबर गरे ।

सम्राटका भिनाजुले फेसबुकमा त्यस्तो स्टाटस देखेर प्रहरीलाई समेत खबेर गरेका रहेछन् । फेसबुक स्टाटसमा उनले जिन्दगी जिउन धेरै गारो भएको जस्ता बिभिन्न खालका स्टाटस लेखेका थिए । उनले आफ्नै फोटो राखेर हार्दिक श्रदाञ्जली भनेर समेत लेखेका थिए ।

तथ्यांक

अर्घाखाँची जिल्लामा पछिल्लो समय आत्महत्याका घटना बढिरहेका छन् । पछिल्लो समयमा अर्घाखाँचीमा आत्महत्या गर्नेको सख्यामा ह्वात्तै बृद्धि भएको छ ।

जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीको तथ्यांक अनुसार गत साउनदेखि अहिलेसम्म ४२ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी निरीक्षक प्रदीपकुमार डिसीले बताए। उनका अनुसार आर्थिक बर्ष २०७३/७४ मा २८ जनाले आत्महत्या गरेका थिए। यस बर्षको बिष्लेषण गर्दा आबेशमा आएर १८, गरिबीको कारण ३ , दीर्घ रोगका कारण ३ र अन्य कारणबाट १६ जनाले आत्महत्या गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

किन ल्याइन्छ विदेशबाट अर्बौंको बोसो ? बोसो प्रयोगको असर थाहा पाउनुस्
किन ल्याइन्छ विदेशबाट अर्बौंको बोसो ? बोसो प्रयोगको असर थाहा पाउनुस्
आज महाशिवरात्रि : यी रुटमा सवारीसाधन प्रवेश निषेध, ५८२ ट्राफिक प्रहरी परिचालन
आज महाशिवरात्रि : यी रुटमा सवारीसाधन प्रवेश निषेध, ५८२ ट्राफिक प्रहरी परिचालन
रबि लामिछाने पक्राउ पर्दा करिष्मा मानन्धरको यस्तो स्टाटस
रबि लामिछाने पक्राउ पर्दा करिष्मा मानन्धरको यस्तो स्टाटस
सिके राउत र सरकारबीचको सम्झौतामा को को खनिए संसदमा ?
सिके राउत र सरकारबीचको सम्झौतामा को को खनिए संसदमा ?
बाराका प्रजिअ चढेको गाडी दुर्घटनाः सशस्त्र प्रहरीका एसपी पोखरेलको मृत्यु, प्रजिअ गम्भीर
नेपालको संविधान विश्वकै उत्कृष्ट भन्नेले सङ्घीयतालाई असफल पार्न खोजिरहेका छन्ः मुख्यमन्त्री राउत
नेपालको संविधान विश्वकै उत्कृष्ट भन्नेले सङ्घीयतालाई असफल पार्न खोजिरहेका छन्ः मुख्यमन्त्री राउत
नेपाल र भारत एउटै : मुख्यमन्त्री योगी आदित्यनाथ
नेपाल र भारत एउटै : मुख्यमन्त्री योगी आदित्यनाथ
कानून अभावमा निर्वाचन रोकिँदैनः कानूनमन्त्री
कानून अभावमा निर्वाचन रोकिँदैनः कानूनमन्त्री
राप्रपा मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको आज सातौं दिन, ८ स्थानमा सभा हुने
राप्रपा मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको आज सातौं दिन, ८ स्थानमा सभा हुने
कुन प्रदेशमा कहिले चयन हुँदैछन् सभामुख
कुन प्रदेशमा कहिले चयन हुँदैछन् सभामुख

तपाईंले छुटाउनुभयो कि?