मनाेरञ्जन समाचार: शाहिद कपुरको फिल्म शुटिङ हुँदै गर्दा दुर्घटना, एक जनाकाे घटनास्थलमै ज्यान गयो
सारांश
- मुम्बइ।
- बलिउड अभिनेता शाहिद कपुरको फिल्म ‘कबिर सिंह’ सुटिङ भइरहेका बेला सुटिङस्थलमै दुर्घटना हुँदा एक सहकर्मीको ज्यान गएको छ ।
- मसुरीमा भइरहेको सुटिङका क्रममा दुर्घटना हुँदा सुटिङ युनिटका सदस्य ३० वर्षीयरामुको ज्यान गएको बताइएको छ ।
मुम्बइ। बलिउड अभिनेता शाहिद कपुरको फिल्म ‘कबिर सिंह’ सुटिङ भइरहेका बेला सुटिङस्थलमै दुर्घटना हुँदा एक सहकर्मीको ज्यान गएको छ । मसुरीमा भइरहेको सुटिङका क्रममा दुर्घटना हुँदा सुटिङ युनिटका सदस्य ३० वर्षीयरामुको ज्यान गएको बताइएको छ । रामु सुटिङ टिमका जेनेरेटर अपरेटर थिए । देहरादुनको प्रेमनगरका रामुको बिहीबार दुर्घटनामा मृत्यु भएको भारतीय मिडियाले जनाएका छन् ।
रामुले जेनेरेटरमा तेलको जाँच गरिरहेका बेला अचानक दुर्घटना भएको प्रहरीले जनाएको छ । तेल जाँच्ने क्रममा उनको मफलर जेनेरेटरको पंखामा फसेको र पंखाले तानेपछि रामुको ज्यान गएको बताइएको छ । गम्भीर घाइते उलाई देहरादुनको म्याक्स अस्पताल लगिएकोमा अस्पतालमा उनलाई मृत घोषित गरिएको हो । सुटिङ भइरहेको फिल्म कबिर सिंह तेलुगु फिल्म अर्जुन रेड्डीको रिमेक हो । यो फिल्ममा शाहिदको अपोजिट रोला कियारा आडवाणी देखिँदैछिन् । फिल्म २१ जूनमा रिलिज हुँदैछ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया