विवाह पञ्चमी महोत्सवको आज ५ औँ दिन, सीताको मटकोर गरिँदै
सारांश
- सप्ताहब्यापी रामजानकी विवाह महोत्सवको पाँचौं दिन आज सीताको मटकोर गरिने कार्यक्रम छ ।
- पवित्र गंगासागरको माटो ल्याई आज साँझ सीताको मटकोर कार्यक्रम गरिनेछ ।
- बुधवार भने जानकी मन्दिरमा वैवाहिक कार्यक्रम अन्तर्गत मटकोर उत्सव हुनेछ ।
सप्ताहब्यापी रामजानकी विवाह महोत्सवको पाँचौं दिन आज सीताको मटकोर गरिने कार्यक्रम छ । पवित्र गंगासागरको माटो ल्याई आज साँझ सीताको मटकोर कार्यक्रम गरिनेछ । बुधवार भने जानकी मन्दिरमा वैवाहिक कार्यक्रम अन्तर्गत मटकोर उत्सव हुनेछ ।
थिलाको परम्पराअनुसार भगवान राम र जनक जननी सीताको बुधवार विवाह पञ्चमी महोत्सव मनाउन लागिएको हो । वैवाहिक कार्यक्रमको पूर्वसन्ध्यामा जानकी पक्षबाट राम पक्षमा कोशेली पठाउने चलन छ ।
विवाह पञ्चमीमा सहभागि हुन त्रेतायुगकै शैली र परम्परा पछ्याउँदै भारतको अयोध्याबाट वरियात जनकपुरसम्म वरियात आउने परम्परा रहेको छ । यो पटक विवाह पञ्चमीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आउने बताइएको थियो । तर निर्वाचनका कारण मोदी जनकपुर आउन सम्भव नभए पछि उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आउँदैछन् ।
प्रतिक्रिया