सीमा विवाद विद्यमान संयन्त्रबाट संवादका माध्यमले टुंगो लगाउनु पर्छ : भारत
सारांश
- काठमाडौं।
- भारतले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो नक्सामा नराखिएको पुनः जिकिर गरेको छ।
- साप्ताहिक पत्रकार सम्मेलनका क्रममा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रभिस कुमारले बिहीबार नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा पुरानै अडान दोर्होयाए।
काठमाडौं। भारतले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो नक्सामा नराखिएको पुनः जिकिर गरेको छ।
साप्ताहिक पत्रकार सम्मेलनका क्रममा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रभिस कुमारले बिहीबार नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा पुरानै अडान दोर्होयाए।
नोभेम्बरमा जारी गरिएको नक्सामा भारतले नेपालको ३७ हजार हेक्टर भन्दा धेरै भूमि आफ्नोतर्फ राखेपछि तेस्रो पटक पुरानै अडान दोर्होयाएको हो ।
प्रवक्ता कुमारलाई बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको टेलिफोन वार्ताबारेको पत्रकारको प्रश्नमा उनले घुमाउरो उत्तर दिए । उनले भने ’दुई देशका प्रधानमन्त्रीबीच टेलिफोन संवाद परम्परागत द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन कुराकानी भयो’, उनले भने, त्यसक्रममा नयाँ वर्ष २०२० को शुभकामना आदानप्रदान भएको थियो ।
प्रवक्ता कुमारले नेपाल–भारत संयुक्त संयन्त्रले सीमामा देखिएको विवादको समाधानका लागि सीमांकनको काम गरिरहेको बताए ।
नेपाल र भारतबीच सीमांकनको विषय टुंग्याउने काम अहिले चलिरहेको बताउँदै उनले बाँकी रहेका विवादहरु विद्यमान संयन्त्रबाट संवादका माध्यमले टुंगो लगाइने बताए ।
प्रतिक्रिया