सरकारी निकायकै कारण गुठी संस्थान थला पर्दै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १३, २०७५
|
|
२९ पटक हेरिएको
Shares
सरकारी निकायकै कारण गुठी संस्थान थला पर्दै

सारांश

  • काठमाडौं : धर्म, संस्कृति र सम्पदा संरक्षणको जिम्मेवारी लिएर बसेको गुठी संस्थानलाई सरकारले वर्षौंदेखि झन्डै १३ अर्ब रुपैयाँ तिरेको छैन।
  • सरकारले संस्थानलाई हालसम्मको १२ अर्ब ६२ करोड, ५ लाख, ७९ हजार ५ सय ६४ रुपैयाँ तिर्न-बुझाउन बाँकी छ।
  • सरकारले लामो समयदेखि गुठीको सम्पत्ति सित्तैमा उपभोग गरिरहेको छ।

काठमाडौं : धर्म, संस्कृति र सम्पदा संरक्षणको जिम्मेवारी लिएर बसेको गुठी संस्थानलाई सरकारले वर्षौंदेखि झन्डै १३ अर्ब रुपैयाँ तिरेको छैन। सरकारले संस्थानलाई हालसम्मको १२ अर्ब ६२ करोड, ५ लाख, ७९ हजार ५ सय ६४ रुपैयाँ तिर्न-बुझाउन बाँकी छ। सरकारले लामो समयदेखि गुठीको सम्पत्ति सित्तैमा उपभोग गरिरहेको छ।

सबैभन्दा धेरै रकम जनकपुरका सरकारी कार्यालय र संघसंस्थाले गुठी संस्थानलाई बुझाउनु पर्नेछ। जनकपुरका सरकारी कार्यालय र संघसंस्थाबाट मात्रै करिब १० अर्ब रुपैयाँ गुठी संस्थानले पाउनु पर्नेछ।

गुठी संस्थान ऐन, २०३३ को दफा ४२ मा सरकारले संस्थानको स्वामित्वमा रहेको गुठी जग्गा सामाजिक कल्याण वा सामुदायिक हितका लागि सहुलियत मूल्यमा लिन सक्ने व्यवस्था किटान छ।

ऐनमा गुठी जग्गा अधिग्रहण गरे जग्गाको मुआब्जाको सट्टा जग्गा नै शोधभर्ना दिनुपर्ने भनिएको छ। कानुनतः सरकारले सांस्कृतिक महत्वको गुठी सम्पत्ति आफूखुसी भोगचलन गर्न पाउँदैन।

संस्थानका लेखा प्रमुख दीपकबहादुर पाण्डेका अनुसार धनुषाको जनकपुर नगरपालिकामा रहेका सरकारी कार्यालयले उपभोग गरेका गुठी तैनाथी जग्गाको मुआब्जाबापत ९ अर्ब ८७ करोड २९ लाख ९८ हजार ५ सय रुपैयाँ सरकारले गुठीलाई बुझाउन बाँकी छ।

जनकपुरमै संघसंस्थाले उपभोग गरेको जग्गाको मुआब्जा गुठी संस्थानले पाएको छैन। त्यस्तै, धनुषा ट्राफिक कार्यालय जनकपुरले ३९ लाख ४० हजार लामो समयदेखि तिरेको छैन। उक्त रकम ०६१÷६२ सालको मूल्यांकनका आधारमा तोकिएको हो। अहिले मूल्यांकन धेरै बढी हुने लेखा प्रमुख पाण्डे बताउँछन्।

जनकपुरमा मात्रै २९ वटा सरकारी कार्यालय तथा संघसंस्थाले लामो समयदेखि गुठी संस्थानको जग्गा उपभोग गरिरहेका छन्। जनकपुरका अधिकांश सरकारी कार्यालय र संघसंस्था गुठीकै जग्गामा सञ्चालित छन्।

जिल्ला प्रशासन कार्यालय, पुनरावेदन सरकारी वकिलको कार्यालय, जिल्ला वन कार्यालय, जनकपुर नगरपालिका, उच्च अदालत, खेलकुद परिषद्, जिल्ला प्रहरी कार्यालय, जिल्ला समन्वय समिति, महिला विकास केन्द्रलगायत कार्यालय गुठीको जग्गामा छन्।

त्यस्तै, जनकपुर जेसिस, अतिथि गृह, नेपाल परिवार नियोजन संघ, नेपाल रेडक्रस सोसाइटी, बालमन्दिर, सीताराम गौशाला, नेपाल स्काउटलगायत संघसंस्थाले पनि गुठीकै जग्गा उपभोग गरिरहेका छन्।

०५४-५५ सालसम्मको बक्यौताको कुत ७५ प्रतिशत मिनाहा दिएको रकम सरकारबाट शोध भर्ना गर्नुपर्ने ५ करोड ८५ लाख, गुठी रैतानी नम्बरी जग्गाको मालपोत छुट दिएको २ करोड ५० लाख रकम, विष्णुमती रिङरोड मुआब्जा बापतको ३१ लाख १० हजार ९ सय ३८, तत्कालीन राजाबाट हुकुम बक्सबमोजिम ०४९-५० देखि प्राप्त हुन बाँकी अनुदान ४ करोड ४० लाख रकम गुठी संस्थानलाई सरकारले उपलब्ध गराएको छैन।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

(sapns2.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रमोद खरेलले आफ्नो मुटु फिर्ता गर्न कसलाई भने ?
प्रमोद खरेलले आफ्नो मुटु फिर्ता गर्न कसलाई भने ?
वाइडबडी जहाज खरिद प्रकरणमा अख्तियारले झिकायो फाइल
वाइडबडी जहाज खरिद प्रकरणमा अख्तियारले झिकायो फाइल
कम्युनिष्टहरुले मुलुकलाई आर्थिक विकासतिर जान दिँदैनन्ः विश्वप्रकाश
कम्युनिष्टहरुले मुलुकलाई आर्थिक विकासतिर जान दिँदैनन्ः विश्वप्रकाश
सांस्कृतिक कार्यक्रम गरेर खेलमैदान निर्माण !
सांस्कृतिक कार्यक्रम गरेर खेलमैदान निर्माण !
‘स्टार्टअप’मा सरकारको प्राथमिकता
‘स्टार्टअप’मा सरकारको प्राथमिकता
नमावली दर्तामा सास्ती भोग्नुपर्‍यो, ईन्टरनेटको जमाना छ ईन्टरनेटबाटै दर्ता गर्ने सुबिधा भए हुन्थ्यो भन्ने गुनासो…
नमावली दर्तामा सास्ती भोग्नुपर्‍यो, ईन्टरनेटको जमाना छ ईन्टरनेटबाटै दर्ता गर्ने सुबिधा भए हुन्थ्यो भन्ने गुनासो…
यिहुन प्रधानमन्त्रीलाई गुमराहमा राख्ने मुख्यसचिव, सचिव र सहसचिव !
यिहुन प्रधानमन्त्रीलाई गुमराहमा राख्ने मुख्यसचिव, सचिव र सहसचिव !
आज कुन देशको डलरको मूल्य कति छ ? हेर्नुस्
आज कुन देशको डलरको मूल्य कति छ ? हेर्नुस्
राससको आमूल परिवर्तन आवश्यकः अध्यक्ष श्यामल
राससको आमूल परिवर्तन आवश्यकः अध्यक्ष श्यामल
माओवादी फकाउने एमालेको निर्णय  ,  मिल्लान त एमाले र माओवादी ?
माओवादी फकाउने एमालेको निर्णय , मिल्लान त एमाले र माओवादी ?

तपाईंले छुटाउनुभयो कि?