फेरी गयो भूकम्प !!! किन जान्छ शनिबार नै भुकम्प ??
सारांश
- उत्तरी दोलखालाई केन्द्रबिन्दु बनाएर आज गोरखा भूकम्पको अर्को परकम्प गएको छ ।
- साँझ ५ बजेर ५८ मिनेट जाँदा ४.
- ४ रिक्टरको परकम्प गएको खानी तथा भू–गर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
उत्तरी दोलखालाई केन्द्रबिन्दु बनाएर आज गोरखा भूकम्पको अर्को परकम्प गएको छ ।
साँझ ५ बजेर ५८ मिनेट जाँदा ४.४ रिक्टरको परकम्प गएको खानी तथा भू–गर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
दोलखाको भिमेश्वरदेखि करिब आठ किलोमिटर उत्तरको सुन्द्रावती र लपिलाङको आसपास केन्द्र भएर परकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले राससलाई जानकारी दिनुभयो ।
झन्डै दुई महिनाको अन्तरालपछि पुनःपरकम्प गएको हो । यसअघि मङ्सिर १३ गते गोरखामा ४.१ रिक्टरको परकम्प गएको थियो ।
गत २०७२ वैशाख १२ शनिबारको दिन ७.६ रिक्टरको गोरखा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ४७६ परकम्प गएको केन्द्रले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया