सुकुटे बस दुर्घटनाका घाईतेलाई भेट्न धुलिखेल पुगे देउवा, ‘उपचारमा कमी नहोस्’

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक १८, २०७६
|
|
४४ पटक हेरिएको
Shares
सुकुटे बस दुर्घटनाका घाईतेलाई भेट्न धुलिखेल पुगे देउवा, ‘उपचारमा कमी नहोस्’

सारांश

  • काठमाडौँ ।
  • नेपाली काङ्ग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सुकुटे बस दुर्घटनाका घाइतेहरुलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
  • उनले आज विहान धुलिखेल अस्पतालमा उपचाररत घाइतेहरुलाई भेटेर उपचारमा आफ्नो पार्टीको तर्फबाट पूर्ण सहयोग रहने बताउदै नआत्तिन आग्रह गरे ।

काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सुकुटे बस दुर्घटनाका घाइतेहरुलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।उनले आज विहान धुलिखेल अस्पतालमा उपचाररत घाइतेहरुलाई भेटेर उपचारमा आफ्नो पार्टीको तर्फबाट पूर्ण सहयोग रहने बताउदै नआत्तिन आग्रह गरे ।

घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले अस्पतालका चिकित्सकलाई समेत उपचारमा कुनै कमी हुन नदिन आग्रह गरे ।सो अस्पतालमा सुकुटे दुर्घटनाका करिब ४० जना घाइते उपचाररत छन् । सभापति देउवासँगै पूर्वमन्त्री एवं काङ्ग्रेसका नेता मोहनबहादुर बस्नेतलगायत स्थानीय नेताहरु अस्पताल पुगेका थिए ।

अरनिको राजमार्गअन्तर्गत सुकुटेमा आइतबार भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएको थियो भने दर्जनौँ यात्रु घाइते भएका थिए।दोलखाको मुडे देउरालीबाट काठमाडौँका लागि छुटेको बा२ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खस्दा उक्त दुर्घटना भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीपत्नी दाहालको निधन
प्रधानमन्त्रीपत्नी दाहालको निधन
बंगलादेशमा किन असफल भए सन्दीप?
बंगलादेशमा किन असफल भए सन्दीप?
ललिता निवास प्रकरणमा २९० जनाविरुद्ध मुद्दा दायर (अभियोग पत्रसहित)
ललिता निवास प्रकरणमा २९० जनाविरुद्ध मुद्दा दायर (अभियोग पत्रसहित)
गाईजात्रा पर्वमा विकृति, माैलिक गीतमा अश्लिलता भित्रँदाे !
गाईजात्रा पर्वमा विकृति, माैलिक गीतमा अश्लिलता भित्रँदाे !
कुशलकी आमा भन्छिन्-‘साग केलाउँदै छोराको खेल हेरें, देशको नाम राख्यो निकै खुसी छु’
कुशलकी आमा भन्छिन्-‘साग केलाउँदै छोराको खेल हेरें, देशको नाम राख्यो निकै खुसी छु’
भाइरल सिम्रन
भाइरल सिम्रन
पनुर्निर्माणमा विभिन्न मुलुकले वाचागरे भारतले सम्झौता गरेको एकखर्बमा  एकरुपैयाँ आएको छैन ।
पनुर्निर्माणमा विभिन्न मुलुकले वाचागरे भारतले सम्झौता गरेको एकखर्बमा एकरुपैयाँ आएको छैन ।
चुच्चेपाटीस्थित भूकम्प पीडितहरुको टहरा डोजर लगाएर भत्काईयो
चुच्चेपाटीस्थित भूकम्प पीडितहरुको टहरा डोजर लगाएर भत्काईयो
महरालाई कारवाही गरेर जनविश्वास आर्जन गर्न नेता सिंहको सरकारलाई सुझाव
महरालाई कारवाही गरेर जनविश्वास आर्जन गर्न नेता सिंहको सरकारलाई सुझाव
संसदीय सुनुवाई विशेष समितिको बैठक काँग्रेसद्वारा बहिष्कार
संसदीय सुनुवाई विशेष समितिको बैठक काँग्रेसद्वारा बहिष्कार

तपाईंले छुटाउनुभयो कि?