बाँके घटनाका दोषीलाई कारवाही हुन्छ ः गृहमन्त्री

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र २८, २०७६
|
|
२८ पटक हेरिएको
Shares
बाँके घटनाका दोषीलाई कारवाही हुन्छ ः गृहमन्त्री

सारांश

  • गृहमन्त्री रामबहादुर थापाले नेपाली काङ्ग्रेसले शुरु गरेको दोस्रो चरणको जागरण अभियानअन्र्तगत बाँकेको सीतापुरमा भएको घटनाका दोषीलाई कारवाही गर्ने बताउनुभएको छ ।
  • नेपाली काङ्ग्रेस काठमाडौँ, भक्तपुर र ललितपुरका जिल्लाका सभापतिले आज बिहान सिंहदरबारमा दिएको ज्ञापनपत्र बुझ्दै मन्त्री थापाले घटनाका दोषीलाई कारवाही प्रक्रिया अगाडि बढाउने बताउनुभएको हो ।
  • “हुन नहुने घटना भएको छ, घटनाका दोषीलाई कारवाही गर्न सरकार गम्भीर छ”, उहाँले भन्नुभयो ।

गृहमन्त्री रामबहादुर थापाले नेपाली काङ्ग्रेसले शुरु गरेको दोस्रो चरणको जागरण अभियानअन्र्तगत बाँकेको सीतापुरमा भएको घटनाका दोषीलाई कारवाही गर्ने बताउनुभएको छ ।नेपाली काङ्ग्रेस काठमाडौँ, भक्तपुर र ललितपुरका जिल्लाका सभापतिले आज बिहान सिंहदरबारमा दिएको ज्ञापनपत्र बुझ्दै मन्त्री थापाले घटनाका दोषीलाई कारवाही प्रक्रिया अगाडि बढाउने बताउनुभएको हो । “हुन नहुने घटना भएको छ, घटनाका दोषीलाई कारवाही गर्न सरकार गम्भीर छ”, उहाँले भन्नुभयो ।

गृहमन्त्री थापाले घटनामा दोषी देखिएका जो कोहीलाई पनि कानूनी कारवाही हुने बताउनुभयो । घटनामा दोषी देखिएका केही व्यक्तिलाई नियन्त्रणमा लिइसकेको र बाँकीलाई पनि चाँडो नियन्त्रणमा लिएर कारवाही गर्ने उहाँको भनाई थियो ।

काङ्ग्रेस काठमाडौँका सभापति सबुज बानियाँले काङ्ग्रेसको जागरण अभियान सञ्चालनका क्रममा कार्यक्रम चलिरहेको बेलामा पार्टी जिल्ला सभापतिसहितलाई हातपात गर्नु निन्दनीय कार्य भएको बताउनुभयो । काङ्ग्रेस ललितपुरका सभापति मदन अमात्यले नेपाली काङ्ग्रेसको कार्यक्रम बिथोल्ने मनसायका साथ उक्त घटना घटाइएको भन्दै घटनाको दोषीलाई तत्काल कारवाही गर्नुपर्ने बताउनुभयो । यति ठूलो घटना हुँदा पनि गृह प्रशासन संवेदनशील नभएको उहाँको आरोप थियो । काङ्ग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले काङ्ग्रेसले सञ्चालन गरेको जागरण अभियानबाट आत्तिएर सत्तापक्षको प्रत्यक्ष निर्देशनमा उक्त घटना घटाइएको आरोप लगाउनुभयो ।

काङ्ग्रेसले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आग्रह गर्दै दोषीलाई नियन्त्रणमा लिएर कारवाही नगरे सडक र सदनमा कडा प्रतिवाद गर्ने जनाएको छ । उक्त घटनामा परी काङ्ग्रेस बाँके सभापति किरण कोइराला, महाधिवेशन प्रतिनिधि विद्याप्रसाद खनाललगायत एक दर्जन नेता तथा कार्यकर्ता घाइते भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्ता छन् मन्त्रिपरिषद्ले गरेका ६ निर्णय
यस्ता छन् मन्त्रिपरिषद्ले गरेका ६ निर्णय
कोही लौरो टेक्दै, कोही बुईमा बोकिएर भोट खसाल्दै
कोही लौरो टेक्दै, कोही बुईमा बोकिएर भोट खसाल्दै
स्थानीय तह उपनिर्वाचन : मौन अवधि सुरु, के गर्न पाइँदैन?
स्थानीय तह उपनिर्वाचन : मौन अवधि सुरु, के गर्न पाइँदैन?
पुनःनिर्माणले समृद्ध र बलियो नेपालका लागि योगदान दिएको छः ज्ञवाली
पुनःनिर्माणले समृद्ध र बलियो नेपालका लागि योगदान दिएको छः ज्ञवाली
देउवा सरकारले सदरमुकाम सारिदिएपछि रुकुमकोटवासी आक्रोशित, ठप्प रुकुमकोट
देउवा सरकारले सदरमुकाम सारिदिएपछि रुकुमकोटवासी आक्रोशित, ठप्प रुकुमकोट
१५ सय कर्मचारीका नक्कली प्रमाणपत्र छानबिन
१५ सय कर्मचारीका नक्कली प्रमाणपत्र छानबिन
कोरोना सङ्क्रमण ह्वात्तै बढ्यो, आज एकै दिन ६९ जनामा सङ्क्रमण
कोरोना सङ्क्रमण ह्वात्तै बढ्यो, आज एकै दिन ६९ जनामा सङ्क्रमण
आज जनताको दिन, संविधान दिवसले सम्झायो नाकाबन्दी
आज जनताको दिन, संविधान दिवसले सम्झायो नाकाबन्दी
आजको मौसमः तीन प्रदेशमा आंशिक बदली रहने, हिमाली भू-भागमा हिमपात हुने
आजको मौसमः तीन प्रदेशमा आंशिक बदली रहने, हिमाली भू-भागमा हिमपात हुने
चुम उपत्यकाले शान्ति तथा अहिंसाको सन्देश दिएको छ : प्रधानमन्त्री दाहाल
चुम उपत्यकाले शान्ति तथा अहिंसाको सन्देश दिएको छ : प्रधानमन्त्री दाहाल

तपाईंले छुटाउनुभयो कि?