दसैं सुरु भएपछि साढे पाँच लाखले छाडे उपत्यका
सारांश
- काठमाडौं ।
- दसैंको चहलपहल सुरु भएसँगै साढे पाँच लाखले सङ्घीय राजधानी काठमाडौं छाडेका छन्।
- काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आज बिहानसम्म पाँच लाख ५३ हजार २६१ जनाले काठमाडौं उपत्यका छाडेका छन्।
काठमाडौं । दसैंको चहलपहल सुरु भएसँगै साढे पाँच लाखले सङ्घीय राजधानी काठमाडौं छाडेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आज बिहानसम्म पाँच लाख ५३ हजार २६१ जनाले काठमाडौं उपत्यका छाडेका छन्।
काठमाडौं छाड्ने यात्रुको चाप बढेसँगै सवारी नाका र पार्किङस्थलमा थप ट्राफिक प्रहरी परिचालन गरिएको कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।
उनले भने, ‘यात्रुको सहजता र सुरक्षाका लागि हेल्प डेस्क, सवारी अनुगमन टोली र आपतकालीन उद्धार टोली पनि सक्रिय छन्। ट्राफिक प्रहरी २४ घण्टा सडकमा खटिएको छ।‘ साथै दसैंको अवधिमा काठमाडौं उपत्यकामा ७२ हजार ४१ सवारी साधनबाट दुई लाख ८५ हजार ३०८ जना भित्रिएका छन्।
प्रतिक्रिया
कुल कमेन्ट:
2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Register
Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me. https://www.binance.com/pt-PT/register?ref=KDN7HDOR
Compte Binance
I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article. https://www.binance.com/register?ref=IXBIAFVY