डीपीएल : काठमाडौं गोल्डन्सको लगातार दोस्रो जित

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १९, २०७४
|
|
३९ पटक हेरिएको
Shares
डीपीएल : काठमाडौं गोल्डन्सको लगातार दोस्रो जित

सारांश

  • काठमाडौं, १९ चैत ।
  • स्लान धनगढी प्रिमियर लिग(डीपीएल)–२ मा काठमाडौं गोल्डन्सले लगातार दोस्रो जित हात पारेको छ ।
  • गोल्डन्सले सोमबार रुपेन्देही च्यालेन्जर्सलाई ६३ रनले पराजित गर्दै दोस्रो जित हात पारेको हो ।

काठमाडौं, १९ चैत । स्लान धनगढी प्रिमियर लिग(डीपीएल)–२ मा काठमाडौं गोल्डन्सले लगातार दोस्रो जित हात पारेको छ । गोल्डन्सले सोमबार रुपेन्देही च्यालेन्जर्सलाई ६३ रनले पराजित गर्दै दोस्रो जित हात पारेको हो ।

काठमाडौं गोल्डन्सले दिएको १ सय ८७ रनको लक्ष्य पछ्याउने क्रममा निर्धारित २० ओभरमा सवै विकेट गुमाएर रुपन्देहीले १ सय २३ रन मात्रै जोड्न सक्यो ।

काठमाडौं गोल्डन्सले दिएको १ सय ८७ रनको लक्ष्य पछ्याउने क्रममा १८.४ ओभरमा सवै विकेट गुमाएर रुपन्देहीले १ सय २३ रन मात्रै जोड्न सक्यो ।

उसका ओपनर प्रदीप ऐरीले अर्धशतकीय पारी खेल्नुबाहेक अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । प्रदीपले ३६ बलको सामना गर्दै ५७ रन जोडेका थिए । सो क्रममा उनले ५ चौका र ५ छक्का प्रहार गरे । यस्तै सागर पुनले १८ तथा दीपक प्रसादले १० बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् ।

रुपन्देहीका रासिद खानले ४ विकेट लिए । किफायती बलिङ गरेका रासिदले २.४ ओभरमा ४ रन मात्रै खर्चे । उनीसँगै ललितनारायण राजबंशीले ३ तथा साहब आलमले २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८६ रन जोडेको छ । उसका भारतीय खेलाडी सन्नी पटेलले ३२ बलमा ४८ रनको पारी खेलेका थिए । सो क्रममा उनले ५ चौका र ३ छक्का प्रहार गरे ।

यस्तै, सुबोधकुमार भाटीले ४२, अमित श्रेष्ठ र नरेश बुढाऐरले समान ३० रन जोडे । कप्तान ज्ञानेन्द्र मल्ले २० र भूपेन्द्र थापाले १४ रन जोडे । रुपेन्देहीका अमरसिंह रौटेला, विक्रम भुसाल र सुफायन मोहम्मदले समान १ विकेट लिए । खेलको म्यान अफ द म्याच सन्नी पटेल भए । उनले नगद १० हजार पाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?