सुगमका कार्यालय रोजेर निवेदन दिन दुर्गमका कर्मचारीलाई आह्वान

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १२, २०८०
|
|
३८ पटक हेरिएको
Shares
सुगमका कार्यालय रोजेर निवेदन दिन दुर्गमका कर्मचारीलाई आह्वान

सारांश

  • काठमाडौं।
  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीलाई सरुवा भई आउन चाहेको सुगम क्षेत्रका कार्यालय रोजेर निवेदन दिन आह्वान गरेको छ ।
  • सरुवामा विद्यमान विकृति हटाउँदै सरुवालाई व्यवस्थित बनाउन लागिरहेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीको निर्देशनमा बिहीबार मन्त्रालयले ९ दिनभित्र निवेदन दिन सार्वजनिक रुपमा आह्वान गरेको हो।

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीलाई सरुवा भई आउन चाहेको सुगम क्षेत्रका कार्यालय रोजेर निवेदन दिन आह्वान गरेको छ ।

सरुवामा विद्यमान विकृति हटाउँदै सरुवालाई व्यवस्थित बनाउन लागिरहेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीको निर्देशनमा बिहीबार मन्त्रालयले ९ दिनभित्र निवेदन दिन सार्वजनिक रुपमा आह्वान गरेको हो।
निजामती कर्मचारीहरुको सरुवालाई व्यवस्थित बनाउनका लागि मन्त्री मोदीले २०८० जेठ २९ गते गठन गरेको कार्यदलको प्रतिवेदन उनले हालै बुझेका थिए। सोही प्रतिवेदन कार्यान्वयनको सन्दर्भमा मन्त्री मोदीको निर्देशनमा मन्त्रालयले एक सूचनामार्फत् सार्वजनिक आह्वान गरेको हो।
मन्त्रालयको पदभार सम्हालेदेखि नै मन्त्री मोदीले पहुँचविहीनहरु विकटको विकट नै क्षेत्रमा रहिरहनुपर्ने बाध्यताको अन्त्य गर्ने बताउँदै आएका थिए। मन्त्रालयले सुगम क्षेत्रका कार्यालयमा कार्यरत कर्मचारीहरुलाई दुर्गम क्षेत्रका कार्यालय रोजेर निवेदन दिन पनि आव्हान गरेको छ।

‘निजामती सेवा ऐन, २०४९ को दफा १८ को उपदफा (३) को खण्ड (क) बमोजिम (क) वा (ख) वर्गको भौगोलिक क्षेत्रको कार्यालयमा कार्य गरी कार्य अवधि पूरा भएका (डेढ वर्षभन्दा बढी दुर्गम क्षेत्रका कार्यालयमा सेवा प्रदान गरिसकेका) निजामती कर्मचारीहरुले सोही उपदफाको खण्ड (ख) बमोजिम (ग) वा (घ) वर्गको भौगोलिक क्षेत्रमा (सुगम क्षेत्रका कार्यालयहरु) साथै सोही उपदफाको (ख) बमोजिम (ग) वा (घ) वर्गको भौगोलिक क्षेत्रको कार्यालयमा कार्य गरी कार्य अवधि पूरा भएका निजामती कर्मचारीहरुले सोही उपदफाको खण्ड (क) बमोजिम (क) वा (ख) वर्गको भौगोलिक क्षेत्रको कार्यालयमा कार्य गर्न इच्छुक भएमा पिआइएस अद्यावधिक गरी ९ (नौ) दिनभित्र निवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’ मन्त्रालयले जारी गरेको सुचनामा भनिएको छ।

साथै मन्त्रालयले सरुवा व्यवस्थापनका प्रत्येक निजामती कर्मचारीहरुले आफ्नो हालसम्मको विवरण (नियुक्ति, पदस्थापन, सरुवा, समायोजन, काज, कामकाज, रमाना, हाजिर भएको जानकारी लगायत सम्पूर्ण विवरण) ७ दिनभित्र अनिवार्य रुपमा अद्यावधिक गर्न समेत निर्देशन जारी गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झनक्क रिसाउन थाले प्रधानमन्त्री देउवा, गतिला सहयोगी नहुँदा कांग्रेसलाई धक्का
झनक्क रिसाउन थाले प्रधानमन्त्री देउवा, गतिला सहयोगी नहुँदा कांग्रेसलाई धक्का
मुद्दा मिलाइदिन्छु भन्दै ठगी गर्ने दुई पक्राउ
मुद्दा मिलाइदिन्छु भन्दै ठगी गर्ने दुई पक्राउ
परिणाम देखिने गरी काम गर्न मन्त्री गुरुङको निर्देशन
परिणाम देखिने गरी काम गर्न मन्त्री गुरुङको निर्देशन
नेपालको जलवायु नीति र कानुनीपरिदृश्यमा सरोकारवालाहरूसँग परामर्श र संस्थाको २०औं राष्ट्रिय सामाजिक लेखापरीक्षण
नेपालको जलवायु नीति र कानुनीपरिदृश्यमा सरोकारवालाहरूसँग परामर्श र संस्थाको २०औं राष्ट्रिय सामाजिक लेखापरीक्षण
गोसाइँकुण्ड गाउँपालिकामा कैसाङ विजयी
सशस्त्र प्रहरीको आईजीपीमा पुष्पराम केसी नियुक्त
रक्तचन्दनको कारोबार बन्द भयो त ? प्रशासन र प्रहरीको आ–आफ्नै तर्क
रक्तचन्दनको कारोबार बन्द भयो त ? प्रशासन र प्रहरीको आ–आफ्नै तर्क
चट्याङ लागेर दुईको मृत्यु
चट्याङ लागेर दुईको मृत्यु
रातो मछिन्द्रनाथसंग जोडिएको एउटा रोचक प्रसंग- By गणेश शाक्य
रातो मछिन्द्रनाथसंग जोडिएको एउटा रोचक प्रसंग- By गणेश शाक्य
तिवारीका हत्याकाण्ड्का दोषी मनोज पुन उपर कारबाही गर्न एमालेको माग…
तिवारीका हत्याकाण्ड्का दोषी मनोज पुन उपर कारबाही गर्न एमालेको माग…