६० वटा निर्माण व्यवसायीको इजाजत खारेज

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २४, २०७५
|
|
२८ पटक हेरिएको
Shares
६० वटा निर्माण व्यवसायीको इजाजत खारेज

सारांश

  •   काठमाडौं ।
  • सरकारले ६० वटा निर्माण व्यवसायीको इजाजतपत्र खारेज गरेको छ ।
  • निर्माण व्यवसाय ऐन २०५५ का दफा ५ को उपदफा ३ बमोजिम समयसीमाभित्र व्यवसाय नवीकरण नगराएको भन्दै यी व्यवासायीको इजाजत नै खारेज गरेको हो ।

 

काठमाडौं । सरकारले ६० वटा निर्माण व्यवसायीको इजाजतपत्र खारेज गरेको छ । निर्माण व्यवसाय ऐन २०५५ का दफा ५ को उपदफा ३ बमोजिम समयसीमाभित्र व्यवसाय नवीकरण नगराएको भन्दै यी व्यवासायीको इजाजत नै खारेज गरेको हो ।

 

भौतिक पूर्वाधार तथा यातायता मन्त्रालयले खारेजीमा परेको व्यवासायीको सूची आइतबारको गोरखापत्र दैनिकमार्फत सार्वजनिक गरेको हो । खारेजीमा परेको निर्माण व्यवसायीले आफ्नो दायित्व सो कम्पनीको मालिकले तिर्नुपर्ने गरी कम्पनी खारेज गरिदिएको छ ।

 

यी व्यवसायीले लिएको ठेक्का वा गरिरहेको काममा पनि अन्योल हुने भएकाले अब यसले हात हालेका काम के हुने भन्ने अन्योल छ । यी ६० वटा व्यवसायीले कहाँ के काम गरिरहेका छन् भन्ने उल्लेख छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?