बिजुलीबजारस्थित पुलमुनिको सडकको ठेक्का तोड्ने तयारी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १४, २०७९
|
|
३३ पटक हेरिएको
Shares
बिजुलीबजारस्थित पुलमुनिको सडकको ठेक्का तोड्ने तयारी

सारांश

  • काठमाडौँ ।
  • निर्माण सुरु भएको दुई वर्ष बित्न लाग्दासमेत प्रगति न्यून रहेको बिजुलीबजारस्थित पुलमुनिको सडकको ठेक्का तोड्ने तयारी अघि बढाइएको छ ।
  • सडक वारपार गर्न बनाइएको पुलमुनिको सडक निर्माण सुरु भएको दुई वर्षमा प्रगति जम्मा १४ प्रतिशत मात्रै छ ।

काठमाडौँ । निर्माण सुरु भएको दुई वर्ष बित्न लाग्दासमेत प्रगति न्यून रहेको बिजुलीबजारस्थित पुलमुनिको सडकको ठेक्का तोड्ने तयारी अघि बढाइएको छ । सडक वारपार गर्न बनाइएको पुलमुनिको सडक निर्माण सुरु भएको दुई वर्षमा प्रगति जम्मा १४ प्रतिशत मात्रै छ ।

निर्माणमा ढिलाइ भएको कारण देखाउँदै निर्माण व्यवसायीको घरमा सूचना टाँस्नाका साथै ठेक्का तोड्न केही समय दिइएको काठमाडौँ उपत्यका विकास प्राधिकरणका इञ्जिनीयर सज्जन कुँवरले बताए । “निर्माण कम्पनीको कामको मूल्याङ्कन भइरहेको छ,” उनले भने, “मूल्याङ्कन सकिएपछि नै ठेक्का तोडिनेछ ।”
विसं २०७८ जेठमा एक वर्षमा सम्पन्न गर्ने गरी सो सडक निर्माणका लागि सम्झौता भएको थियो । वारिपारि दुबैतर्फ पुलमुनिको भागमा ढलान गर्ने गरी ठेक्का भए पनि काम सम्पन्न नभएकाले गत जेठमा तीन महिनाका लागि अवधि थप भएको इञ्जिनीयर कुँवरले बताए ।

“तीन महिनामा पनि काम राम्रो हुन नसकेपछि अवधि थप नभएकाले ठेक्का तोड्न प्रक्रिया अघि बढाइएको छ,” उनले भने, “अहिलेसम्म काम राम्रो भइरहेको छैन । व्यावसायीले अहिलेसम्म काम नै नगरेको पाइएकाले ठेक्का तोड्न लागिएको हो।” निर्माण कम्पनीले काम नगरेकाले कालोसूचीमा राख्न सूचना पनि निकालिएको इञ्जिनीयर कुँवरले बताए ।

पुलमुनि दुबैतर्फ काम गर्नेगरी ठेक्का सम्झौता गरिएकामा वडा नं २९को बानेश्वरतर्फ स्थानीयवासीले खोला सार्न नदिने भनेकाले काम नसकिएको उहाँले जानकारी दिए । स्थानीयवासीबाट अवरोध र निर्माण व्यवसायीले पनि काम नगरेकाले निर्माण अलपत्र नै रहेको छ । बबरमहलतर्फ भने ग्राभेल गरेर ढलान गर्नुपर्ने भए पनि काम भएको छैन । बाटो खुलाइसकेको भए पनि थप काम अघि नबढेकाले यो ठेक्का तोडिसकेपछि नयाँ ठेक्काबाट निर्माण अघि बढाइने इञ्जिनीयर कुँवरले जानकारी दिए । सो सडकको निर्माण सक्सेस कन्स्ट्रक्सन एण्ड बिल्डर प्राइभेट लिमिटेडलाई दिइएको थियो ।

धोबीखोला करिडोर निर्माण गर्दा ठाउँठाउँमा पुल निर्माण हुँदासँगै पुलमुनि सडक खुलाइएको थियो । क्रसिङको काम गर्ने यी पुलमुनिको सडक वर्षामा पानी जमेर नियमित सञ्चालन हुन कठिन भए पनि अरु समयमा मुख्य सडकको चाप कम गरिरहेका छन् ।

धोबीखोला पुलमा फरक फरक रङ्ग लगाइएको छ । फरक रङ्गका आधारमा ठाउँको समेत नाम रहन गएको छ । त्यसअघि हनुमानस्थानमा सिम्रिक पुल, मैतीदेवीमा सेतो पुलका साथै त्यहाँभन्दा माथि चवहिलसम्म रातो पुल, कालो पुल, पहेँलो पुल (पहिलेको भत्केको पुल) र बैजनी पुल निर्माण भएर पुलमुनिका सडक समेत सञ्चालनमा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसदमा अब राष्ट्रपति, उपराष्ट्रपति, सभामुख लगायतको चुनावै चुनाव
संसदमा अब राष्ट्रपति, उपराष्ट्रपति, सभामुख लगायतको चुनावै चुनाव
एमालेबाट निर्वाचित वडाध्यक्षलाई बलात्कारको आरोप लागेपछि…
एमालेबाट निर्वाचित वडाध्यक्षलाई बलात्कारको आरोप लागेपछि…
कुसुन्डा भाषा संरक्षणमा सबैले हातेमालो गर्नुपर्छ : मन्त्री शर्मा
कुसुन्डा भाषा संरक्षणमा सबैले हातेमालो गर्नुपर्छ : मन्त्री शर्मा
सुन तस्करीको अनुसन्धानलाई निष्कर्षमा पु-याउन सकारात्मक वातावरण बनाऔँ : उपप्रधानमन्त्री श्रेष्ठ
सुन तस्करीको अनुसन्धानलाई निष्कर्षमा पु-याउन सकारात्मक वातावरण बनाऔँ : उपप्रधानमन्त्री श्रेष्ठ
अब जन्मँदै जर्नेल हुने जमाना गए : प्रधानमन्त्री ओली
अब जन्मँदै जर्नेल हुने जमाना गए : प्रधानमन्त्री ओली
उपराष्ट्रपति निर्वाचनमा कति मत खस्यो ?
उपराष्ट्रपति निर्वाचनमा कति मत खस्यो ?
अस्ट्रेलिया जाने नयाँ आप्रवासीलाई ग्रामीण क्षेत्रमा पठाइने !
अस्ट्रेलिया जाने नयाँ आप्रवासीलाई ग्रामीण क्षेत्रमा पठाइने !
डा. पुनसँग किन रुष्ट बन्यो स्वास्थ्य मन्त्रालय ?
डा. पुनसँग किन रुष्ट बन्यो स्वास्थ्य मन्त्रालय ?
गजल (म सँग के थिएन)
गजल (म सँग के थिएन)
एमालेलाई प्रतिउत्पादक बन्यो दाने जग्गा, कार्यकर्तामा चरम निराशा, बचाउमा केन्द्रीय नेता
एमालेलाई प्रतिउत्पादक बन्यो दाने जग्गा, कार्यकर्तामा चरम निराशा, बचाउमा केन्द्रीय नेता

तपाईंले छुटाउनुभयो कि?