सुडान: सैन्य विमान दुर्घटनाग्रस्त, कम्तिमा १८ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १८, २०७६
|
|
२० पटक हेरिएको
Shares
सुडान: सैन्य विमान दुर्घटनाग्रस्त, कम्तिमा १८ जनाको मृत्यु

सारांश

  • बीबीसी।
  • सुडानको सैन्य विमान वेस्ट डार्फर राज्यमा दुर्घटनामा परेको छ।
  • घटनामा चार बालबालिकासहित कम्तिमा १८ जनाको मृत्यु भएको बताइएको छ।

बीबीसी। सुडानको सैन्य विमान वेस्ट डार्फर राज्यमा दुर्घटनामा परेको छ।

घटनामा चार बालबालिकासहित कम्तिमा १८ जनाको मृत्यु भएको बताइएको छ।

प्रान्तीय राजधानीबाट उडेको पाँच मिनेटमै विमान दुर्घटना भएको हो।

उक्त विमानले जातीय समूहबीच हिंसात्मक द्वन्द्व चर्किएको क्षेत्रमा राहत सहयोग पुर्‍याइरहेको थियो।

सेना प्रवक्ता मोहम्मद अल हसनले समाचार संस्था एफपीलाई बताए अनुसार मृत्यु हुनेमा चालक दलका सात जना सदस्यका साथै तीन जना न्यायाधीश र आठ जना सर्वसाधारण छन्।

विमान के कारण दुर्घटनामा परेको हो भन्ने विवरण हालसम्म यकिन हुन सकेको छैन। हसनका अनुसार त्यसबारे अनुसन्धान हुँदै छ।

वेस्ट डार्फरमा भड्किएको दङ्गामा पछिल्लो एक हप्तामा ४८ जनाको मृत्यु भएको छ भने २४१ जना घाइते भएको सुडानको रेड क्रेसेन्टले जनाएको छ।

अरब र अफ्रिकी समूहबीच आइतबार रातिबाट हिंसा भड्किएको थियो जून त्यसपछिका दिन पनि जारी नै रह्यो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?