चीन पुगेर उपराष्ट्रपति पुनले गरे जलविद्युत्, कृषि, पर्यटन, जडिबुटीमा लगानी गर्न आग्रह

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ४, २०७५
|
|
५१ पटक हेरिएको
Shares
चीन पुगेर उपराष्ट्रपति पुनले गरे जलविद्युत्, कृषि, पर्यटन, जडिबुटीमा लगानी गर्न आग्रह

सारांश

  • काठमाडौँ ।
  • चीनको औपचारिक भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुनसँग चीनका उपप्रधानमन्त्री हु छुन्ह्वाले बुधबार साँझ शिष्टाचार भेट गरेका छन् ।
  • भेटमा उपराष्ट्रपति पुनले दुई देशबीचको सम्बन्ध जनस्तरसम्मै प्रगाढ रहेको उल्लेख गर्दै नेपाल–चीन सम्बन्ध सगरमाथा जत्तिकै उँचो र नङ तथा मासुजस्तो छुट्टिनै नमिल्ने खालको बनिसकेको बताए ।

काठमाडौँ । चीनको औपचारिक भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुनसँग चीनका उपप्रधानमन्त्री हु छुन्ह्वाले बुधबार साँझ शिष्टाचार भेट गरेका छन् ।

भेटमा उपराष्ट्रपति पुनले दुई देशबीचको सम्बन्ध जनस्तरसम्मै प्रगाढ रहेको उल्लेख गर्दै नेपाल–चीन सम्बन्ध सगरमाथा जत्तिकै उँचो र नङ तथा मासुजस्तो छुट्टिनै नमिल्ने खालको बनिसकेको बताए ।

उपराष्ट्रपति पुनले नेपालका प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएका व्यापार तथा पारवहान सम्झौता र चीनले अगाडि सारेको ‘बेल्ट एण्ड रोड एनिसियटिभ’ (बिआरआई)मा भएको हस्ताक्षर नेपालका लागि विशेष रहेको बताएका छन् ।

नेपालमा वैदेशिक लगानीका लागि पूर्ण वातावरण बनेको बताउँदै चिनियाँ लगानीकर्तालाई नेपालमा थप लगानीका लागि प्रोत्साहित गरिदिन आग्रह गर्दै उपराष्ट्रपति पुनले नेपालको जलविद्युत्, कृषि, पर्यटन, जडिबुटी, भौतिक पूर्वाधार निर्माणमा लगानी गर्न सहज हुने बताएका थिए ।

सन् १९५५ मा औपचारिक सम्बन्ध बने पनि नेपाल चीनबीच सदियौंदेखि सांस्कृतिक एवं विविध सम्बन्ध रहँदै आएको चर्चा भयो ।

चिनियाँ बन्दरगाह प्रयोगसम्बन्धी सम्झौतामा चाँडै हस्ताक्षर गर्न आग्रह गर्दै यसबाट नेपाल भूपरिवेष्ठित मुलुक नरहने बताए। उपराष्ट्रपति पुनले नेपाल एक चीन नीतिप्रति सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै नेपाली भूमिमा चीनविरुद्ध गतिविधि गर्न नदिने प्रतिबद्धता व्यक्त गरे ।

ल्हासा, काठमाडौँ, लुम्बिनी रेलमार्ग बनेमा चीनलाई भारत हुँदै दक्षिण एशियासम्म जोड्न सकिने र त्यसबाट दुबै देश लाभान्वित जानकारी दिँदै अवरुद्ध तातोपानी नाका सञ्चाल, केरुङ नाकाको स्तरोन्नति, ओलाङचुङगोलालगायतका नाका सञ्चालनमा पनि जोड दिए ।

संविधान जारी भएपछि तीन तहको निर्वाचन सम्पन्न भएर स्थायी सरकार बनेपछि सरकारको ध्यान ध्यान आर्थिक समृद्धितर्फ गएको जानकारी गराए । ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारामा नेपाल अगाडि बढिरहेको उल्लेख गर्दै उपराष्ट्रति पुनले नेपालको समृद्धिका लागि चीनको ठूलो साथ सहयोगको खाँचो रहेको बताए ।

चीनका उपप्रधानमन्त्री हुले नेपाल चीनको घनिष्ठ र साझेदारी देश भएको बताउँदै नयाँ युगमा चीन–नेपाल सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन ‘बेल्ट एण्ड रोड एनिसियटिभ’ कार्यक्रममार्फत अघि बढेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सलमान खानले जिन्सको धागो निकालेर चपाएपछि… भिडियो देखेर प्रशंसकले दिए यस्तो प्रतिक्रिया
सलमान खानले जिन्सको धागो निकालेर चपाएपछि… भिडियो देखेर प्रशंसकले दिए यस्तो प्रतिक्रिया
नेपालमा मै सम्भब छ अलमण्ड खेती : बार्षिक करोडौको आम्दनी लिन सकिने !!!
नेपालमा मै सम्भब छ अलमण्ड खेती : बार्षिक करोडौको आम्दनी लिन सकिने !!!
चार दलको कहाँ गठबन्धन, कहाँ मित्रवत् प्रतिस्पर्धा ? (सूचीसहित)
चार दलको कहाँ गठबन्धन, कहाँ मित्रवत् प्रतिस्पर्धा ? (सूचीसहित)
उपत्यकामा संक्रमण बढेसंगै थप सतर्कता अपनाउन आग्रह
उपत्यकामा संक्रमण बढेसंगै थप सतर्कता अपनाउन आग्रह
विश्व दूध दिवश नेपालमा पनि सम्पन्न…
विश्व दूध दिवश नेपालमा पनि सम्पन्न…
यस्तो छ प्रधानमन्त्रीको युरोप भ्रमणको कार्यतालिका, अक्सफोर्डमा सम्बोधनदेखि महत्वपूर्ण सम्झौतासम्म
यस्तो छ प्रधानमन्त्रीको युरोप भ्रमणको कार्यतालिका, अक्सफोर्डमा सम्बोधनदेखि महत्वपूर्ण सम्झौतासम्म
धुलिखेल नगर प्रमुखमा एमाले विजयी
धुलिखेल नगर प्रमुखमा एमाले विजयी
नेकपा नेताहरुको सम्पत्ति छानविन गर्ने जिम्मा अनुशासन समितिलाई
नेकपा नेताहरुको सम्पत्ति छानविन गर्ने जिम्मा अनुशासन समितिलाई
देउवाले चाले गगन थापालाई एक्ल्याउन यस्तो कदम !
देउवाले चाले गगन थापालाई एक्ल्याउन यस्तो कदम !
बारामा एकै परिवारका ४ सहित ५ जनाको शव फेला
बारामा एकै परिवारका ४ सहित ५ जनाको शव फेला