शालिकराम पुडासैनी प्रकरणमा रबि लामिछानेलाई ५ दिन थुनामा राख्न म्याद थप
सारांश
- सञ्चारकर्मी शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा प्रहरी अनुसन्धानका लागि टिभी प्रस्तोता रवि लामिछालाई ५ दिन थुनामा राखिने भएको छ ।
- जिल्ला अदालत चितवनले लामिछानेलाई हिजोदेखि लागू हुनेगरी थप अनुसन्धानका लागि ५ दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको हो ।
- न्युज २४ टेलिभिजनको कार्यक्रम ’सिधा कुरा जनतासँग’ का प्रस्तोता लामिछाने बिहीबार काठमाडौंबाट पक्राउ परेका हुन् ।
सञ्चारकर्मी शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा प्रहरी अनुसन्धानका लागि टिभी प्रस्तोता रवि लामिछालाई ५ दिन थुनामा राखिने भएको छ । जिल्ला अदालत चितवनले लामिछानेलाई हिजोदेखि लागू हुनेगरी थप अनुसन्धानका लागि ५ दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको हो ।
न्युज २४ टेलिभिजनको कार्यक्रम ’सिधा कुरा जनतासँग’ का प्रस्तोता लामिछाने बिहीबार काठमाडौंबाट पक्राउ परेका हुन् । लामिछानेसँगै पत्रकार युवराज कँडेल र अस्मिता कार्की पनि पक्राउ परेका थिए । पक्राउ गरिएका तीनै जनालाई शुक्रबार बिहान चितवन लगिएको थियो ।
चितवनको नारायणढस्थित पोखरा बसपार्कमा रहेको होटेल कंगारुमा पुडासैनी झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । मृतक पुडासैनीले मोबाईलमा रेकर्ड गरेको भिडियोको आधारमा अनुसन्धानका लागि उनीहरुलाई नियण्त्रणमा लिइएको हो ।
प्रतिक्रिया