सुत्केरी आमाको दुर्घटनामा मृत्यु, ३ दिनको बच्चा सकुशल

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २८, २०७५
|
|
४२ पटक हेरिएको
Shares
सुत्केरी आमाको दुर्घटनामा मृत्यु, ३ दिनको बच्चा सकुशल

सारांश

  • काठमाडौं ।
  • बिहीबार साँझ पाल्पामा भएको जिप दुर्घटनामा मृत्यु हुनेहरुको सनाखत भएको छ ।
  • एकजना तीन दिनकी सुत्केरीसमेत दुर्घटनामा मृत्यु भएको छ ।

काठमाडौं । बिहीबार साँझ पाल्पामा भएको जिप दुर्घटनामा मृत्यु हुनेहरुको सनाखत भएको छ । एकजना तीन दिनकी सुत्केरीसमेत दुर्घटनामा मृत्यु भएको छ । उनको ३ दिनको बच्चा भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

मृतक सबै माथागढी–८ बहादुरपुरका हुन् । तानसेनबाट जल्पा हुँदै बहादुरपुर जाँदै गरेको लु१ज २६५३ नं को जिप आर्गिडाँडाको ओढारेमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको पाल्पा जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हिजो साँझ करीब ८ बजे भएको दुर्घटनामा चालक वर्ष २० का वीरेन्द्र राना, वर्ष ४४ की यानीसरा गाहा, वर्ष २३ की कुनीसरा रुचाल, ७१ वर्षका रेवतबहादुर जिसी र ४१ बर्षकी तीन दिनकी सुत्केरी भूमिकुमारी दर्लामीको मृत्यु भएको छ । सुत्केरी दर्मामीको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो । तीन दिनको बच्चा भने सकुशल रहेको अस्पताल जनाएको छ ।

रातिको समयमा साँघुरो र अप्ठ्यारो बाटो हुँदा भित्तामा ठोक्किएर दुर्घटना भएको हुनसक्ने पूर्वखोला–२ का वडाध्यक्ष नीरबहादुर सारुले जानकारी दिनुभयो । अन्य घाइतेको मिसन अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रूसी आक्रमणमा परी पूर्वी युक्रेनमा एकाउन्न जनाको मृत्यु
रूसी आक्रमणमा परी पूर्वी युक्रेनमा एकाउन्न जनाको मृत्यु
अन्नपूर्ण चिनी मिलका मालिक राकेश अग्रवाल नभेटिएपछि श्रीमती पक्राउ
अन्नपूर्ण चिनी मिलका मालिक राकेश अग्रवाल नभेटिएपछि श्रीमती पक्राउ
विद्यालय गएकी बालिका १३ दिनदेखि बेपत्ता
विद्यालय गएकी बालिका १३ दिनदेखि बेपत्ता
स्थानीय तहको निर्वाचन सम्पन्न भएको लामो समय बितिसक्दा पनि जिल्ला समन्वय समिति गठन नभएको भन्दै असन्तुष्टि : नेकपा एमाले
स्थानीय तहको निर्वाचन सम्पन्न भएको लामो समय बितिसक्दा पनि जिल्ला समन्वय समिति गठन नभएको भन्दै असन्तुष्टि : नेकपा एमाले
अरुण नदी आठ घण्टापछि बग्न थाल्यो
अरुण नदी आठ घण्टापछि बग्न थाल्यो
Asia markets mixed as Trump-Xi takes centre stage
Asia markets mixed as Trump-Xi takes centre stage
‘कम्युनिष्ट नेताहरुले आफैंलाई सिध्याउने रहेछन’ : प्रचण्ड
‘कम्युनिष्ट नेताहरुले आफैंलाई सिध्याउने रहेछन’ : प्रचण्ड
रंगीचंगी बन्यो संसद, आ-आफ्नो पोशाकमा सपथ खाए सांसदले
रंगीचंगी बन्यो संसद, आ-आफ्नो पोशाकमा सपथ खाए सांसदले
अमेरिकी र रुसी राष्ट्रपतिलाई नेपाल ल्याउने तयारी भइरहेको सरकारको खुलासा
अमेरिकी र रुसी राष्ट्रपतिलाई नेपाल ल्याउने तयारी भइरहेको सरकारको खुलासा
स्वास्थ्य जाँचबिना नेपाल–भारत प्रवेश गर्न नपाउने
स्वास्थ्य जाँचबिना नेपाल–भारत प्रवेश गर्न नपाउने