विमानस्थलको ४ बिघा १२ कट्ठा १२ धुर सरकारी जग्गा खाली गराउने निर्णय

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २, २०७५
|
|
२० पटक हेरिएको
Shares
विमानस्थलको ४ बिघा १२ कट्ठा १२ धुर सरकारी जग्गा खाली गराउने निर्णय

सारांश

  • अस्बिन खड्का उदयपुर, २ साउन ।
  • त्रियुगा नगर क्षेत्रमा नागरिक उड्डयन प्राधिकरणको नाममा रहेको विमानस्थलको सरकारी जग्गा अतिक्रमण गरी बनाइएको घर, टहरा भत्काउन वा खाली गराउने निर्णय भएको छ ।
  • जिल्लामा भएको सर्वपक्षीय बैठकले विमानस्थलको ४ विघा, १२ कट्ठा, १२ धुर जग्गा खाली गराउने निर्णय भएको हो ।

अस्बिन खड्का

उदयपुर, २ साउन । त्रियुगा नगर क्षेत्रमा नागरिक उड्डयन प्राधिकरणको नाममा रहेको विमानस्थलको सरकारी जग्गा अतिक्रमण गरी बनाइएको घर, टहरा भत्काउन वा खाली गराउने निर्णय भएको छ । जिल्लामा भएको सर्वपक्षीय बैठकले विमानस्थलको ४ विघा, १२ कट्ठा, १२ धुर जग्गा खाली गराउने निर्णय भएको हो ।

पटकपटकको सूचना अटेर गरिएपछि उदयपुर जिल्लाका सांसदहरू विमल कार्की, हिमाल कार्की, अम्बिका थापा, सज्जा दनुवार, सुनिता चौधरी, जिल्ला समन्वय समितिका प्रमुख खड्ग परियार, उपप्रमुख गंगा राई, नेकपाका नेता ईश्वरमणि राउत, प्रमुख जिल्ला अधिकारी बिष्णु कार्की, प्रहरी उपरीक्षक नवराज भट्ट, तिलक प्रसाई, पत्रकार महासंघका अध्यक्ष भरत खड्का, नेपाली कांग्रेसका नेता बसन्त बस्नेत लगायतको उपस्थितिमा सर्वपक्षीय बैठक बसेको हो । बैठकले साबिक गाईघाट ५ ख कि नं १०३ को त्रियुगा हवाई मैदानको नाममा रहेको १४ बिघा १६ कठ्ठा १६ धुर जग्गामध्ये ४ विघा १२ कठ्ठा १२ धुर जग्गामा बनेका संरचना र खाली जग्गा ओगटेर बसेकाहरुलाई हटाउने निर्णय भएको हो ।

बैठकमा सरकारी जग्गामा अतिक्रमित सरकारी जग्गा खाली गराउन सम्बन्धित सबै निकायले आवश्यक सहयोग गर्ने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालयबाट त्रियुगा नगरपालिकाले सरकारी जग्गा खाली गराउन सुरक्षा निकायसँग समवन्य गरी अघि बढ्ने सहमति भएको छ । जग्गा खाली गर्ने निर्देशन समेत दिइसकिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?