सुत्केरी ब्यथाले छटपटिएकी महिलाको २२ घण्टा पछि सेनाको हेलिकप्टरबाट उद्धार

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ३, २०७४
|
|
५२ पटक हेरिएको
Shares
सुत्केरी ब्यथाले छटपटिएकी महिलाको २२ घण्टा पछि सेनाको हेलिकप्टरबाट उद्धार

सारांश

  • रोल्पा- सोमबार बेलुका देखि सुत्केरी ब्यथाले छटपटिएकी थवाङ १ ढकेवाङकी २३ वर्षीया बरमाया बिकलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेको छ।
  • थवाङमा रहेका स्वास्थ्यकर्मीले बिरामी गम्भिर भएको भन्दै बिहानै जिल्ला स्वास्थ्य कार्यालयमा खबर गरेका थिए ।
  • सदरमुकाम स्थीत सरकारी निकायको करिब ९ घण्टाको पहल पछि नेपाली सेनाको हेलिकप्टर बिरामी लिन आएको थियो।

रोल्पा- सोमबार बेलुका देखि सुत्केरी ब्यथाले छटपटिएकी थवाङ १ ढकेवाङकी २३ वर्षीया बरमाया बिकलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेको छ। थवाङमा रहेका स्वास्थ्यकर्मीले बिरामी गम्भिर भएको भन्दै बिहानै जिल्ला स्वास्थ्य कार्यालयमा खबर गरेका थिए । सदरमुकाम स्थीत सरकारी निकायको करिब ९ घण्टाको पहल पछि नेपाली सेनाको हेलिकप्टर बिरामी लिन आएको थियो।

ब्यथा लागेको २२ घण्टा पछि बिकलाई उपचारका लागि काठमाडौं प्रशुती गृह लगिएको हो। ‘पेटको इम्युनिटी फ्लुड सकिएको थियो। बच्चाको हर्ट बिट पनि इरेगुलर भएकाले जाखिम बढेको थियो’, थवाङ हेल्थ पोष्टकी अनमि रोषनी मगरले बताइन।

बजेट कसले दिने भन्ने निश्चित नहुँदा हेलिकप्टर आउन ढिलो गरेको थियो। दिनभर प्रमुख जिल्ला अधिकारी, जिल्ला स्वास्थ्य प्रमुख बजेट जोहो मै ब्यस्त थिए।

अहिले रोल्पाको सदरमुकामबाट अन्य गाउँ पुग्ने सडक बन्द छन। जसले गर्दा यातायातको अभाबमा बिरामी लगायत स्थानीयहरु मर्कामा परेका छन्।

(flossdental.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?