चितवनमा ‘विन्टर इन्डिङ पार्टी’ आयोजना
सारांश
- चितवन, माघ १७ ।
- चितवनको नारायणगढमा ‘विन्टर इन्डिङ पार्टी’ आयोजना हुने भएको छ ।
- माघ २९ गते चर्चित नेपप र्यापर सिंगर समिर घिसिङ ‘भिटेन’ र अल्मोडा राना उप्रेतीको उपस्थितिमा कार्यक्रम आयोजना गर्न लागिएको हो ।
चितवन, माघ १७ । चितवनको नारायणगढमा ‘विन्टर इन्डिङ पार्टी’ आयोजना हुने भएको छ । माघ २९ गते चर्चित नेपप र्यापर सिंगर समिर घिसिङ ‘भिटेन’ र अल्मोडा राना उप्रेतीको उपस्थितिमा कार्यक्रम आयोजना गर्न लागिएको हो ।
दिउँसो ३ बजेदेखि सुरु हुने कार्यक्रममा भिटेन र अल्मोडासँगै डिजे डे मास, डिजे बी मार्सा, डिजे कोन्वा र डिजे पीको पनि प्रस्तुती रहने आयोजकले जनाएको छ ।
साथै कार्यक्रममा अनिस एण्ड द आत्मा ब्यान्डको पनि भव्य प्रस्तुती रहने आयोजकले बताएको छ ।
कार्यक्रम ‘द टाउन सेन्टर’मा आयोजना हुने, इन्ट्रि फि ३ सय र ५ सय रहेको छ । कार्यक्रममा इन्ट्री गरिसकेपछि एक बोतल बियर फ्रि रहेको आयोजकले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया