ससुराले बुहारीलाई बोक्सी भन्दै डाम्न खोजेपछि

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २०, २०७६
|
|
५० पटक हेरिएको
Shares
ससुराले बुहारीलाई बोक्सी भन्दै डाम्न खोजेपछि

सारांश

  • पाँचथरको याङ्वरक गाउँपालिक–२, फलैँचामा एक महिलालाई आफ्नै ससुराले बोक्सी भन्दै डाम्न खोजेका छन् ।
  • हिलिहाङ गाउँपालिका–३, कुर्लुम्बा माइतीघर भएकी पूजा भारतीले आफूलाई ससुरा कान्तप्रसाद गिरीले बोक्सी भन्दै यातना दिएको बताउनुभएको छ ।
  • ससुराले छिमेकी महेन्द्रप्रसाद पौडेलसँग मिलेर निर्घात कुटपिट गर्नुका साथै फलाम तताएर डाम्न खोजेको उहाँले बताउनुभयो ।

पाँचथरको याङ्वरक गाउँपालिक–२, फलैँचामा एक महिलालाई आफ्नै ससुराले बोक्सी भन्दै डाम्न खोजेका छन् ।हिलिहाङ गाउँपालिका–३, कुर्लुम्बा माइतीघर भएकी पूजा भारतीले आफूलाई ससुरा कान्तप्रसाद गिरीले बोक्सी भन्दै यातना दिएको बताउनुभएको छ । ससुराले छिमेकी महेन्द्रप्रसाद पौडेलसँग मिलेर निर्घात कुटपिट गर्नुका साथै फलाम तताएर डाम्न खोजेको उहाँले बताउनुभयो । कुटपिटपछि ससुराले डाम्नलाई फलाम तताउँदै गर्दा महेन्द्रले समाइरहेको अवस्थामा आफू फुत्किएर भाग्न सफल भएको पुजाले सुनाउनुभयो ।

पूजा भागेर अहिले माइतीको शरणमा पुग्नुभएको छ । गत भदौ ३१ गते राति कान्तप्रसाद र महेन्द्रप्रसादले आफूलाई बोक्सी भन्दै निर्घात कुटपिटसमेत गरेको पूजाको भनाइ छ । सोही रात आफूमाथि भएको जघन्य अपराध विरुद्ध नजिकैको प्रहरी चौकीमा ठाडो उजुरी दिएको उहाँको भनाइ छ । यद्यपि पीडकहरुलाई तत्काल पक्राउ गरेर कारबाही गर्न प्रहरी अग्रसर नभएको पीडितको गुनासो छ । प्रहरीले निकै समय गुज्रेपछि जाहेरी बिना कारबाही गर्न नमिल्ने भनेपछि असोज २७ मा जाहेरी गरेपनि प्रहरीले पीडकलाई अझै पक्राउ नगरेको पीडित पूजाको दुःखेसो छ । उक्त घटनापछि कान्तप्रसाद र महेन्द्रप्रसाद हाल फरार रहेको पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलले जानकारी दिनुभयो । कान्तप्रसादले धामीको काम गर्ने गरेको जनाइएको छ ।

कान्तप्रसादले ‘मेरो छोरो खान लागिस, घटेर मर्न लाग्यो’ भन्दै ससुराले यातना दिएको पीडित पुजाको दुःखेसो छ । सासूबाटसमेत बोक्सीकै लाञ्छना पाउँदै लामो समयदेखि मानसिक यातना पाएको उहाँले पीडा पोख्नुभयो । बाबुआमाकै कुरा सुन्ने गरेका श्रीमान् तेजप्रसादबाट पनि आफू अपहेलित भएको पूजाले सुनाउनुभयो । फरार आरोपितहरुको खोजी भइरहेको प्रहरी निरिक्षक पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झापा-१ माः ‘हेवीवेट’ बीचको प्रतिस्पर्धा, तेस्राे प्रयासमा जित निकाल्ने दाउमा विश्वप्रकाश
झापा-१ माः ‘हेवीवेट’ बीचको प्रतिस्पर्धा, तेस्राे प्रयासमा जित निकाल्ने दाउमा विश्वप्रकाश
समानुपातिकमा बन्द सुचिका नामहरुलाई तलमाथि गर्न पाईँदैन् : प्रमुख निर्वाचन आयुक्त यादव
समानुपातिकमा बन्द सुचिका नामहरुलाई तलमाथि गर्न पाईँदैन् : प्रमुख निर्वाचन आयुक्त यादव
मैले थालेका काम विद्यासुन्दरले पूरा गर्छन् -केशव स्थापित
मैले थालेका काम विद्यासुन्दरले पूरा गर्छन् -केशव स्थापित
वामगठबन्धन विजयी भए महानगरको विकासमा सहज हुन्छ : शाक्य
वामगठबन्धन विजयी भए महानगरको विकासमा सहज हुन्छ : शाक्य
भक्तपुरमा बन्ने भो अन्तर्राष्ट्रिय स्तरकै रंगशाला
भक्तपुरमा बन्ने भो अन्तर्राष्ट्रिय स्तरकै रंगशाला
नागरिकताकाे सट्टा राष्ट्रिय परिचय पत्र, वितरण गर्ने कार्य अन्तिम चरणमा
नागरिकताकाे सट्टा राष्ट्रिय परिचय पत्र, वितरण गर्ने कार्य अन्तिम चरणमा
ओली सरकारका विधेयक किन विवादै विवादमा ?
ओली सरकारका विधेयक किन विवादै विवादमा ?
साेमबारको मौसमः तराईमा बाक्लाे हुस्सु लाग्ने सम्भावना
साेमबारको मौसमः तराईमा बाक्लाे हुस्सु लाग्ने सम्भावना
जन्मथलो विकासमा प्रधानमन्त्री दाहालको चासो
जन्मथलो विकासमा प्रधानमन्त्री दाहालको चासो
प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष श्रेष्ठको रातो पासपोर्ट खारेज
प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष श्रेष्ठको रातो पासपोर्ट खारेज