सुदुरपश्चिम प्रदेश सरकार ढल्ने खतरामा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २४, २०७९
|
|
१९ पटक हेरिएको
Shares
सुदुरपश्चिम प्रदेश सरकार ढल्ने खतरामा

सारांश

  • काठमाडौं ।
  • सुदुरपश्चिम प्रदेश सरकार संकटमा परेको छ ।
  • नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने भएपछि विश्वासको मत लिन नपाउँदै सरकार ढल्ने अवस्थामा पुगेको हो ।

काठमाडौं । सुदुरपश्चिम प्रदेश सरकार संकटमा परेको छ । नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने भएपछि विश्वासको मत लिन नपाउँदै सरकार ढल्ने अवस्थामा पुगेको हो ।

भोलि हुने सुदूरपश्चिम प्रदेश सभाको विश्वासको मत लिने प्रयोजनका लागि हुन लागेको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले कसैलाई पनि मत नदिने निर्णय गरेको हो ।

राजबन्दी रिहा गर्नुपर्ने आफूहरूको माग पूरा नभएसम्म कसैलाई पनि मत नदिने अडान नागरिक उन्मुक्ति पार्टीले राखेको छ ।

५३ सदस्यीय प्रदेशसभामा विश्वासको मत लिन रावललाई २७ जना सांसदको समर्थन आवश्यक हुन्छ । यहाँ मुख्यमन्त्री रावल संलग्न दल नेकपा (एमाले)का १० जना, नेकपा (माओवादी केन्द्र)का ११ जना, नागरिक उन्मुक्ति पार्टीका ७ जना र राष्ट्रिय प्रजातन्त्र पार्टीका १ जना गरी सत्ता गठबन्धनमा २९ जना सांसद रहेका छन् ।

त्यसैगरी नेपाली कांग्रेसका १८ जना सांसद रहेका छन् भने एकिकृत समाजवादीका १ जना रहेका छन् ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्दसिंह रावलले भोलि प्रदेशसभामा विश्वासको मत लिने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?