कित्ताकाट गर्नुहोस् भनेपछि बादलको जवाफ; म कुनै पक्षमा छैन

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ६, २०७७
|
|
२७ पटक हेरिएको
Shares
कित्ताकाट गर्नुहोस् भनेपछि बादलको जवाफ; म कुनै पक्षमा छैन

सारांश

  • नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य रामबहादुर थापा बादलले आफू अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहालमध्ये कुनै पनि पक्षमा नरहेको बताएका छन् ।
  • आज पुल्चोकस्थित मन्त्रीक्वार्टरमा पुगेका आफू पक्षीय केन्द्रीय सदस्य र बिघटित प्रतिनिधिसभाका सांसदहरुलाई उनले यस्तो जवाफ दिएका हुन् ।
  • भेलामा पुगेका नेकपा स्थायी कमिटी सदस्य देव गुरुङका अनुसार बादलले अहिले कुनैपनि पक्षमा नभएको जवाफ दिएका थिए ।

नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य रामबहादुर थापा बादलले आफू अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहालमध्ये कुनै पनि पक्षमा नरहेको बताएका छन् । आज पुल्चोकस्थित मन्त्रीक्वार्टरमा पुगेका आफू पक्षीय केन्द्रीय सदस्य र बिघटित प्रतिनिधिसभाका सांसदहरुलाई उनले यस्तो जवाफ दिएका हुन् ।

भेलामा पुगेका नेकपा स्थायी कमिटी सदस्य देव गुरुङका अनुसार बादलले अहिले कुनैपनि पक्षमा नभएको जवाफ दिएका थिए । गुरुङलगायत नेताहरुले प्रधानमन्त्री ओलीले संसद बिघटन गर्नुलाई असंवैधानिक भन्दै उक्त पक्षमा लागेको हो ? भनी सोध्दा बादलले आफू कुनैपनि पक्षमा नरहेको जवाफ दिएका थिए । ‘म कुनैपनि पक्षमा छैन,’ बादलको भनाई उदृत गर्दै नेता गुरुङले भने ।

बादलले आफू प्रधानमन्त्री ओलीले डाकेको छुट्टै भेलामा नगएको सुनाएका थिए । उनले कुनैपनि पक्षको छुट्टै भेलामा सहभागी नभएको स्मरण समेत गराएका थिए ।

भेलामा सहभागीमध्ये सबैजसोले बादललाई गृहमन्त्रीबाट राजीनामा दिन सुझाव दिएका थिए । तर, बादलले त्यसबारे अहिले निर्णय नलिने जवाफ दिए । उनले ‘पर्ख र हेर’को अवस्थामा रहेको बताएका थिए ।

भेलामा स्थायी कमिटी सदस्य पम्फा भुषाल पनि कडा रुपमा प्रस्तुत भएकी थिइन् । उनले प्रधानमन्त्री ओलीको कडा आलोचना गरेकी थिइन् ।

भेलामा हितमान शाक्य, लेखनाथ न्यौपाने, मनोज थापा, सूर्यप्रकाश सुवेदी, अमृता थापा, सुरेश आलेमगर, महेश्वर दाहाल, युवराज भट्टराई, सावित्रीकुमार काफ्ले, दिलिप प्रजापतिलगायत सहभागी थिए । भेलापछि अधिकांश नेताहरुले बादल ओली गुटमा पुगेको निष्कर्ष निकालेर फर्किएका छन् । यद्यपि, बादलले कित्ताकाट नभइसकेको संकेत गरेर फर्काइदिएका छन् ।

(sociobits.org)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?