यात्रीको यात्रा संगीतको

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २१, २०७५
|
|
३१ पटक हेरिएको
Shares
यात्रीको यात्रा संगीतको

सारांश

  • नवीन पौडेल अर्घाखाँचीको मालारानीमा जन्मेकी दीया यात्री संगीतकै लागि काठमाडौँ आइन् ।
  • उनको पहिलो गीत २०७० सालमा रेकर्ड भयो ।
  • हो, यो नेपाली सांगीतिक क्षेत्रको प्रसिद्ध नाम होइन तर उनको मेहनतले सही मूल्य पाएको खण्डमा कुनै पनि दिन सांगीतिक हस्तीहरुको नामको सूचीमा दीया यात्री भेटिनु ठूलो कुरो हुने छैन ।

नवीन पौडेल

अर्घाखाँचीको मालारानीमा जन्मेकी दीया यात्री संगीतकै लागि काठमाडौँ आइन् । उनको पहिलो गीत २०७० सालमा रेकर्ड भयो । हो, यो नेपाली सांगीतिक क्षेत्रको प्रसिद्ध नाम होइन तर उनको मेहनतले सही मूल्य पाएको खण्डमा कुनै पनि दिन सांगीतिक हस्तीहरुको नामको सूचीमा दीया यात्री भेटिनु ठूलो कुरो हुने छैन ।

दीया यात्रीको गायनको शोख अहिले होइन धेरै पहिलेदेखिको हो । उनी स्कूल पढ्दादेखि नै संगीतमा रुची राख्थिन् र सबैखाले सांगीतिक कार्यक्रममा भाग लिने गर्थिन् । भाग मात्र होइन उनको गायन धेरैले मन पराउँथे पनि । उनलाई गुरुहरुबाट सँधै स्याबासी मिल्थ्यो भने सहपाठी पनि उनको स्वरको खुलेरै तारिफ गर्थे ।

आठ कक्षामा त्यस्तै सांगीतिक कार्यक्रममा भाग लिँदा प्रथम स्थान हात पारेकी दीयालाई अझै याद छ । त्यो उनको एकमात्र होइन शृङ्खलाबद्ध सफलताको एउटा उदाहरण थियो । दीयाका लागि त्यो र त्यस्ता पुरस्कारहरु पुरस्कार मात्र नभएर हौसला पनि थियो । तर संगीतमा अथाह सम्भावना बोकेकी दीयालाई मालारानीको आकाश साँघुरो हुन थाल्यो । उनको प्रतिभा अझ फराकिलो ठाउँको खोजीमा भौतारिरहेको थियो । त्यस्तो अवस्थामा उनलाई आफ्ना आफन्ती कोही संगीतमा लागेको भए भन्ने लाग्थ्यो । जति सुनेँ पनि रेडियोबाट सुनेँ, कोही मेरा मान्छे पनि यसै क्षेत्रमा भैदिएको भए भन्ने लाग्थ्यो तर भनेर भएन ।

“मेरा लागि रेडियो नै मार्गदर्शक थियो, संगीत क्षेत्रमा लाग्नका लागि ।” सुरुवाती दिनहरु सम्झँदै उनले भनिन् । रेडियोका कार्यक्रम सुन्दासुन्दै उनी आफै पनि पत्तै नपाइकन गीत गनुगुनाउने गर्थिन् ।

बिहे भएको ३ वर्षपछि वि.सं. २०६७ सालमा उनी आफ्नो तीन जनाको परिवार सहित काठमाडौँ आइन् । उनको लागि भाग्यको कुरा थियो कि उनका श्रीमान पनि संगीत क्षेत्रमा नै थिए । दर्पणका त्यति बेलासम्म केही थान गीत रेकर्ड भइसकेका थिए । भलै ति गीतले बजार लिन सकेनन् तर दर्पणले संगीतलाई नजिकबाट हेरिसकेका थिए । जुन कुरा दीयाका लागि ठूलो थियो । उनलाई पहिलो गीत रेकर्डको मौका श्रीमानले नै जुुराइदिए । तर रेकर्डिङको काम देखेजस्तो सजिलो हुँदैन भन्ने उनलाई थाहा थिएन । पहिलो गीत रेकर्डिङ नै दाँतमा ढुङ्गा लागेसरह भयो उनका लागि । स्टुडियोबाट निस्केर आएपछि उनी धेरैबेर रोइन् ।

“मैले संगीत केही जानेको रहेनछु जस्तो लाग्यो । मेरो आधा भन्दा बढी आवाज त त्यहाँका सामग्रीले नै खाइदिन्थ्यो ।’ पहिलो गीत रेकर्डिङको सम्झनामा आफैप्रति व्यङ्ग्यको हाँसो हाँस्दै उनले भनिन् । “त्यो दिन कोठामा आएर म निकै बेर रोएँ, एक्लै । पछि आफैलाई सम्झाएँ कि यो भएको अनुभवको कमीले गर्दा हो, मेरो प्रतिभाको कमीले होइन” उनले भनिन् ।

पहिलो रेकर्डमै ठेस लागेपछि उनको मनमा पेच प¥यो । त्यसपछि मात्र उनको औपचारिक सांगीतिक यात्राको थालनी भयो । उनी लगत्तै संगीत कक्षा जान थालिन् । तीन वर्षसम्म लगातार संगीत सिकेपछि २०७० सालमा बल्ल उनको पहिलो गीत रेकर्ड भयो । यतिबेला उनको आवाज भित्तो र माइकले दबाउन सकेन । दीयाका सीमित नै भएपनि श्रोता बढे । त्यसपछि उनका अरु पनि एल्बमहरु निस्किए । अनि गति लिन थाल्यो संगीत यात्राले । दीयाले आफ्नो जिन्दगीका केही नमिठा घटनाहरु पनि यसै समय देखिन् ।

२०७१ सालमा उनी एक सडक दुर्घटनामा परिन्, जसको मूल्य उनको खुट्टा थियो । खुट्टाको चोटका कारण उनले लामो समय आराम गर्नुपर्ने भयो । खुट्टाको चोट निको भएर तङ्ग्रिन नपाउँदै भूकम्प गयो । त्यसले उनको यात्रा मन्द गरायो तर रोक्न सकेन । यतिबेला उनको ‘प्लेन चडी माइत जाऊँ’ बोलको तीज गीत बजारमा आएको थियो ।

संगीतलाई सारथि बनाउन उनले पनि निकै संघर्ष गरिन् । बाहिरबाट काठमाडौँ आएर खानका लागि गरिने संघर्ष त छँदैछ साथमा संगीतलाई डो¥याउनु सानो चुनौतिको कुरा थिएन् । उनले जसोतसो समय मिलाएर संगीत सिकिरहेकी थिइन् । डेरा पाउन नै समस्या हुने यहाँ एउटा संगीतकर्म गर्नेलाई त्यो समस्या दोब्बर हुन्छ । “पहिलो कुरा त कोठा पाउनै गाह्रो हुन्थ्यो । अनि पाइहाले पनि पानी बिजुलीको समस्या । ल त्यसमा पनि थोरै सम्झौता गरुँ न त भन्यो संगीत अप्रेमी सबैभन्दा ठूलो बाधा बनेर निस्कन्छन्”, केही वर्ष पछाडि फर्कँदै दीया भन्छिन् ।

“यो भन्दा पहिले बसेको कोठामा निकै गाह्रो थियो । दिउँसो सानो जब गर्थेँ । साँझ आएर खाना बनाएर खाँदा रात निकै ढल्किसकको हुन्थ्यो । राति दश÷एघार बजे रियाज गर्दा अरुलाई डिस्टर्व हुने नगरुँ भोलि गुरुलाई के सुनाउने ? मान्छेहरु झिँजो मान्छन्, हार्मोनियम तबला बजाउँदा । एकपटक त दिउँसै गाउँदा पनि महिला आएर झगडा गर्न थालिन्, सुत्न दिएनौ भनेर ।” अहिलेको कोठामा त्यस्तो छैन तर यसभन्दा अघि केही घरबेटीहरुसँग पनि झगडा भएको दीया बताउँछिन् ।

आफ्ना बुवा आमाको साथ उनीहरुका ११ वर्षे छोरा दर्शनले पनि दिएका छन् । सानै उमेरमा उनको २ गीत रेकर्ड भइसकेका छन् । उनी पनि आमाजस्तै विद्यालयका सबै सांगीतिक कार्यक्रममा भाग लिने गर्छन् । र, घरमा पुरस्कार पनि समयसमयमा भित्रिरहन्छ ।

दुई कोठाको उनीहरुको डेरा विविध सांगीतिक वाद्य सामग्रीले सजिएको छ । हार्मोनियम, सारंगी, मादल, तबला, गितार आदि आदि । अनन्तः लक्ष्य लिएर यात्री परिवारको सांगीतिक यात्रा निरन्तर चलिरहेछ ।

(https://www.genusinnovation.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काँग्रेसका सबै सांसदले दशैँभत्ता फिर्ता गर्ने
नेपालगंजमा आगलागीबाट धनमाल क्षती
नेपालगंजमा आगलागीबाट धनमाल क्षती
नर्वेकी अन्तर्राष्ट्रिय विकासमन्त्री टिभिनेरेइमद्वारा एमएसआई केन्द्र अवलोकन
नर्वेकी अन्तर्राष्ट्रिय विकासमन्त्री टिभिनेरेइमद्वारा एमएसआई केन्द्र अवलोकन
मनसुनपछि ८५ को मृत्यु, ४६ बेपत्ता
मनसुनपछि ८५ को मृत्यु, ४६ बेपत्ता
पोखरामा लक डाउनको प्रभाव, सञ्चारकर्मीलाई सुरक्षित रही समाचार संप्रेशण गर्न आग्रह
पोखरामा लक डाउनको प्रभाव, सञ्चारकर्मीलाई सुरक्षित रही समाचार संप्रेशण गर्न आग्रह
देउवा सरकारको निर्णयमाथि राजेन्द्र महत्तोले मुख खोले
देउवा सरकारको निर्णयमाथि राजेन्द्र महत्तोले मुख खोले
आजबाट बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाइने
आजबाट बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाइने
मनसुनमा छालामा कस्ता समस्या देखिन्छन् ?
मनसुनमा छालामा कस्ता समस्या देखिन्छन् ?
प्रधानन्यायाधीशमा जोशी अस्वीकृत हुनुका यस्ता रैछन् पाँच कारण
प्रधानन्यायाधीशमा जोशी अस्वीकृत हुनुका यस्ता रैछन् पाँच कारण
साफ महिला च्याम्पियनसिप : श्रीलंकालाई ६-० ले पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश
साफ महिला च्याम्पियनसिप : श्रीलंकालाई ६-० ले पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश

तपाईंले छुटाउनुभयो कि?