सुदूरपश्चिम सरकारले केही दिनमै पूर्णता पाउँछ : मुख्यमन्त्री शाह

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख ८, २०८०
|
|
३१ पटक हेरिएको
Shares
सुदूरपश्चिम सरकारले केही दिनमै पूर्णता पाउँछ : मुख्यमन्त्री शाह

सारांश

  • बैतडी ।
  • सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले केही दिनमै पूर्णता पाउने बताएका छन् ।
  • नेपाल प्रेस युनियन बैतडीले गोठलापानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले उपनिर्वाचन लगत्तै केही दिनमै प्रदेश सरकारले पूर्णता पाउने बताए ।

बैतडी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले केही दिनमै पूर्णता पाउने बताएका छन् ।

नेपाल प्रेस युनियन बैतडीले गोठलापानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले उपनिर्वाचन लगत्तै केही दिनमै प्रदेश सरकारले पूर्णता पाउने बताए ।

उनले भने, “केन्द्रमा गठबन्धन सरकार बनेकाले सोहीअनुसार प्रदेश सरकार बन्छ, केन्द्रीय गठबन्धनअनुसार प्रदेश सरकार विस्तार हुने भएकाले उपनिर्वाचनपछि सुदूरपश्चिम सरकारले पनि पूर्णता पाउँछ ।”

नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका शाहलाई कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र एक स्वतन्त्र सांसदको समर्थन छ । शाह माघ २६ गते मुख्यमन्त्रीमा गत माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

मुख्यमन्त्री शाहले पश्चिम सेती परियोजनाको काम अघि बढाइने जानकारी दिए । उनले भने,“पश्चिम सेती सुदूरपश्चिम प्रदेशको मात्रै नभएर देशकै भविष्यसँग जोडिएको छ, यो परियोजनाले विकासमा सहयोग पु¥याउने भएकाले अबको छ महिनाभित्र देखिने गरेर काम अगाडि बढ्ने विश्वास छ ।”

पहिलोपटक जिल्ला भ्रमणमा रहेकाले जिल्लाको वस्तुस्थिति बुझ्ने सोहीअनुसार आगामी वर्षको बजेट र कार्यक्रम तर्जुमा गरिने विश्वास दिलाए ।

उनले भने, “मुख्यमन्त्री भइसकेपछि म प्रदेशका सबै जिल्ला भम्रण गर्न गइरहेको छु, सबै जिल्लाको वस्तुस्थिति बुझेर सोहीअनुसार बजेट निर्माण गर्छौं ।” सुदूरपश्चिम प्रदेशको विकासका लागि लगानीकर्तालाई आह्वान गरेको र निर्धक्करुपमा लगानी गर्न आग्रह गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डीएसपी संजिव शर्माको निलम्बनमा सर्वोच्चको अन्तरिम आदेश
डीएसपी संजिव शर्माको निलम्बनमा सर्वोच्चको अन्तरिम आदेश
एसिया कप छनोटः ९६ रनकाे लक्ष्य पछ्याएको हङ्कङ्को दोस्रो विकेटकाे पतन, दुवै विकेट सन्दिपलाई !
एसिया कप छनोटः ९६ रनकाे लक्ष्य पछ्याएको हङ्कङ्को दोस्रो विकेटकाे पतन, दुवै विकेट सन्दिपलाई !
तीन दिनदेखि रोकिएको धरान उपमहानगरको मतगणना सुरु
तीन दिनदेखि रोकिएको धरान उपमहानगरको मतगणना सुरु
बाजुरा काँग्रेसबाट ४२ जनाको दाबी
बाजुरा काँग्रेसबाट ४२ जनाको दाबी
हाम्रा पूर्वजहरूले पुर्‍याएको योगदानलाई हामीले बिर्सन हुँदैन: राष्ट्रपति
हाम्रा पूर्वजहरूले पुर्‍याएको योगदानलाई हामीले बिर्सन हुँदैन: राष्ट्रपति
N.B. Karmacharya never showed any inclination to opportunism: Prachanda
N.B. Karmacharya never showed any inclination to opportunism: Prachanda
प्राचीन काठमाडौँ उपत्यकासँग बौद्ध धर्म र संस्कारको यस्तो सम्बन्ध
प्राचीन काठमाडौँ उपत्यकासँग बौद्ध धर्म र संस्कारको यस्तो सम्बन्ध
छोरीका निम्ति जनसागरबीच लोकप्रिय नायिका रेखा थापा
छोरीका निम्ति जनसागरबीच लोकप्रिय नायिका रेखा थापा
​प्रहरीलाई प्रदेशमा समायोजनको तयारी, समायोजनामा प्रहरीलाई के सुविधा ?
शिक्षा शुल्कमा नयाँ करले अभिभावकमाथि थप भार पर्ने निजी शैक्षिक संस्थाको भनाई, फिर्ता लिन माग
शिक्षा शुल्कमा नयाँ करले अभिभावकमाथि थप भार पर्ने निजी शैक्षिक संस्थाको भनाई, फिर्ता लिन माग

तपाईंले छुटाउनुभयो कि?