फेसबुकले डिजिटल मुद्रा ‘लिब्रा’ ल्याउँदै, अर्को वर्षदेखि सुरु हुने

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ ४, २०७६
|
|
३० पटक हेरिएको
Shares
फेसबुकले डिजिटल मुद्रा ‘लिब्रा’ ल्याउँदै, अर्को वर्षदेखि सुरु हुने

सारांश

  • फेसबुकले अर्को वर्ष लिब्रा नाम दिइएको एउटा नयाँ डिजिटल मुद्रा सुरु गर्ने योजना सार्वजनिक गरेको छ।
  • उक्त सोसल मिडिया कम्पनीका अनुसार त्यस्तो मुद्रामार्फत् मानिसहरूले उसको आफ्नै एप्स तथा ह्वाट्सएपबाट आर्थिक कारोबार गर्न सक्नेछन्।
  • भविष्यमा उबर र भिसाजस्ता कम्पनीले समेत त्यसलाई स्विकार गर्न सक्ने फेसबुकले बताएको छ।

फेसबुकले अर्को वर्ष लिब्रा नाम दिइएको एउटा नयाँ डिजिटल मुद्रा सुरु गर्ने योजना सार्वजनिक गरेको छ। उक्त सोसल मिडिया कम्पनीका अनुसार त्यस्तो मुद्रामार्फत् मानिसहरूले उसको आफ्नै एप्स तथा ह्वाट्सएपबाट आर्थिक कारोबार गर्न सक्नेछन्। भविष्यमा उबर र भिसाजस्ता कम्पनीले समेत त्यसलाई स्विकार गर्न सक्ने फेसबुकले बताएको छ। फेसबुकका अनुसार इन्टरनेटको पहुँचमा भएका र स्मार्टफोन बोक्ने सबैले लिब्रा प्रयोग गर्न सक्नेछन्।

मानिसहरूले पैसाको बचत, लेनदेन र खर्च मोबाइलमा मेसेज पठाए जसरी नै सहज तरिकाले गर्न सकुन् भन्ने आफूहरूले चाहेको फेसबुकले बताएको छ। डिजिटल मुद्रा अस्थिर हुनसक्ने भन्दै कतिपयले चिन्ता व्यक्त गर्ने गरेका छन्। फेसबुकले भने अहिले प्रयोगमा रहेका बिट क्वाइन जस्ता डिजिटल मुद्राका अनुभवबाट सिक्दै लिब्रालाई परिष्कृत गरिने बताएको छ। त्यसलाई स्वतन्त्र रूपमा व्यवस्थापन गरिने र वास्तविक सम्पत्तिसँग जोड्ने उसको योजना छ।

गुगल पे, एपल पे र सामसङ् पे जस्ता भुक्तानी सेवा बजारमा आइसकेको अवस्थामा फेसबुकको त्यस्तो भुक्तानी सेवासम्बन्धी योजना बाहिर आएको हो। फेसबुकले भनेको छ( “कालान्तरमा हामीले मानिस र व्यवसायलाई थप सेवाहरू दिने अपेक्षा राखेका छौं। जस्तोस् एउटा बटन थिचेर बिल तिर्ने, कोडको स्क्यान गरेर कफी पिउने अथवा नोट नबोकिकनै सार्वजनिक यातायात वा रेल चढ्ने।“भुक्तान गर्न ’न्यूनदेखि शून्य’ खर्च हुने बताइएको छ।

फेसबुकले लिब्रालाई खासमा ब्याङ्क खाता नहुने विश्वभरका १.७ अर्ब युवाहरूलाई लक्षित गरिएको बताएको छ। यस्तो मुद्रा विश्वव्यापी हुने र लिब्रा प्रयोग हुने एप्स र सेवा सम्बन्धित देशका नियम कानुनसँग जोडिने बताइएको छ। अमेरिकाले यो मुद्रा सुरुवातका लागि सकारात्मक सङ्केत दिए पनि त्यसबारे कडा नियमन थालिएका भारतजस्ता ठूला बजारमा के हुने भन्ने निश्चित छैन ।

मे महिनामा सार्वजनिक गरिएको एक रिपोर्टका अनुसार मुद्रा सार्वजनिक हुँदा १२ वटा बजार मात्र त्यसको लागि तयारी अवस्थामा हुने देखिएको छ। डिजिटल मुद्राको बजारमा जान लागेको यो फेसबुकको पहिलो अभ्यास भने होइन। एक दशकअघि नै उसले ’फेसबुक क्रेडिट्स’ सुरु गरेको थियो जसले सामाजिक सञ्जालहरूमा एप्समार्फत सामग्रीहरू किन्न सघाउँथ्यो। यद्यपि फेसबुकले उक्त काम खासै सफल नभएपछि दुई वर्षभन्दा कम समयमै बन्द गर्यो । बिबिसीबाट

यो पनि पढ्नुस्
यी मन्त्रीहरु हट्न सक्छन्, काम गर्न नसकेको र बद्नामी कमाएको आरोप

२०७६ असार १ गते प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमणबाट फर्किए लगत्तै सिंहदरबारका झण्डै आधा दर्जन मन्त्रालयका नेमप्लेट फेर्नका लागि गृह कार्य सुरु हुने भएको छ । कार्यसम्पादन सुधार गर्न पटक–पटक गरिएको ताकेताले काम नगरेपछि प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो मन्त्रिपरिषद् हेरफेर गर्ने निष्कर्षमा पुगेका हुन् । स्रोतका अनुसार, फेरिन लागेका मन्त्रीमा अधिकांश तत्कालीन माओवादीका छन् ।

तत्कालीन एमालेका पनि केहीले बिदा पाउँदैछन् । प्रधानमन्त्री ओलीले केही समयदेखि मन्त्रीहरुको अनलाइन अनुगमन गर्दै आइरहेका छन् । अनलाइन अनुगमनमा कमजोर देखिएका मन्त्रीहरुको कार्यशैलीमा सुधारको गुञ्जायस नदेखिएपछि ओली टिम परिवर्तन गर्न कस्सिएका छन् । तर, जुन जुन मन्त्रीको कार्यसम्पादन सन्तोषजनक छैन ती मन्त्रीहरु चलाउन प्रधानमन्त्रीलाई फलामको च्यूरा जस्तै हुन पुगेको स्रोत बताउछ ।

संसदबाट बजेट पास भएपछि प्रधानमन्त्री ओलीले असक्षम मन्त्रीहरुलाई विदा गर्ने सोच बनाएको स्रोत बताउछ । विदा हुने मन्त्रीको पहिलो नम्बरमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवलाई रहेको चर्चा छ । अनलाइन अनुगमनमा यादव निकै कमजोर देखिएको बताइन्छ । त्यसैले ओलीले उनलाई बिदावारी गर्ने मन्त्रीको सूचीमा राखिसकेको चर्चा चलेको हो ।

अघिल्ला मन्त्रीत्वकालमा अनेक विवादमा मुछिएका मात्रिकाको कार्यसम्पादन यो पटक पनि निकै भुत्तो भएको निष्कर्ष प्रधानमन्त्री ओलीको रहेको बताइन्छ । सुरुमा ओली सरकारको भरोसायोग्य मन्त्रीका रुपमा यादवलाई हेरिए पनि उनी खरो उत्रन नसकेको तथा लाभहानीमा अल्झिएको बुझाइ पार्टी पंक्तिमा रहेको स्रोत बताउछ । स्थायी सरकारको बलियो मन्त्री मात्रिकाले बजार अनुगमनजस्तो मामुली कामसमेत गर्न सकेका छैनन् ।

यही बीच मात्रिकालाई मन्त्रिपरिषद्बाट बिदा गरेर पार्टीका सक्षम माननीयलाई त्यसको जिम्मेवारी दिने सोच ओलीे बनाएको र प्रचण्डसंग सहमति लिने तयारी गरिएको बताइन्छ ।

कृषि तथा पशुपंछी विकास मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ पनि जिम्मेवारीमुक्त हुने लगभग निश्चित जस्तै छ । मन्त्री खनालको कार्यशैलीमा कुनै सुधार नआएपछि प्रधानमन्त्री ओली उनको विकल्प खोज्ने निष्कर्षमा पुगेको दाबी स्रोतको छ । विश्वस्त सूत्रका अनुसार, शक्तिशाली मन्त्रिपरिषद्को सदस्य भएर पनि उनको कार्यशैली विगतका मन्त्रीभन्दा माथि उठ्न नसकेकोमा प्रधानमन्त्री खनालसँग बेखुस रहेका छन् ।

भिजनका हिसाबले पनि उनले खासै नयाँ योजना ल्याउन नसकेको बताइन्छ । कृषिको भ्रष्टाचार न्यूनीकरण गर्न असफल, कृषि अनुदान वितरणमा मनपरी, कालीमाटी तरकारी बजारलगायतको विचौलिया तह लगाउने मामुली कामसमेत गर्न नसकेको आरोप उनीमाथि छ ।

डीभी÷पीआरवाला कर्मचारीलाई तह लगाएर चर्चामा आएका मन्त्री हुन्, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु यादव । अस्थिर सरकारमा उत्कृष्ट नतिजा निकालेका लालबाबु दुई तिहाई बहुमतप्राप्त सरकारको मन्त्री बन्दा ठूलै अपेक्षा गरिएको थियो । यो पटक लालबाबुको नेतृत्वमा भएको जटिल, तर सन्तोषजनक काम चाहिं एकलाख कर्मचारीको समायोजन हो ।

केदार पनेरु जस्ता सहसचिवको टीम वर्क र सक्रियताले लालबाबुको लाज यसपटक ढाकियो । अनलाइन अनुगमनमा पनि कुनै बेलाका सेलिब्रेटी मन्त्री लालबाबुको कार्यसम्पादन निरन्तर ओरालो लाग्दै गएको समयमा निजामती कर्मचारीको समायोजन नै मुख्य कामको रुपमा रहेको छ । त्यसैले ओली लालबाबुको विकल्प खोज्ने कि नखोज्ने भन्ने दोधारमा रहेको स्रोत बताउँछ । लालबाबुका बारेमा निर्णय लिंदा माधव नेपालको समेत सहमति जरुरी रहेकाले यिनका बारेमा यसै भन्न सकिने अवस्था छैन ।

वन मन्त्री शक्ति बस्नेतका ठाउँमा नयाँ अनुहार नियुक्त हुने सम्भावना पनि उत्तिकै बढेको चर्चा धुम्बाराहीतिर चल्न थालेको छ । अन्य मन्त्रीजस्तै बस्नेत पनि सचिव विश्वनाथ ओलीको लहलहीमा रहेको आफ्नो जिम्मेवारीमा खरो उत्रिन नसकेको तथा वन नभएको मन्त्रालयमै हराएको बुझाइ पार्टीपंक्ति भित्र रहेको बताइन्छ ।

शिक्षा मन्त्री हुन्, गिरिराजमणि पोखरेल । तर, उनको नाम पनि मन्त्रिपरिषदबाट फिर्ता बोलाउने मन्त्रीको सूचीमा चढेको चर्चा छ । प्रधानमन्त्रीको अनलाइन अनुगमन तथा बाह्य मूल्यांकनका आधारमा ओली गिरिराजमणिबाट पार नलाग्ने निष्कर्षमा पुगिसकेका छन् ।

असफल मन्त्री विना

मौजुदा मन्त्रिपरिषद्की सबैभन्दा कमजोर कडीमा पर्छिन् विना मगर । उनले मन्त्रीको हैसियतले गरेका कुनै पनि काम सन्तोषजनक छैनन् । उनको मन्त्रालय मातहतको मेलम्चीदेखि सबैतिर लठिभद्र छ । खानेपानीका अड्डा बेकामेजस्तै बन्न पुगेका छन् ।

कमजोर कार्यसम्पादनले विना नेतृत्वको मन्त्रालय अस्तव्यस्त बनेपनि, विनाले मौका यही हो को शैलीमा शुभलाभमा आफूलाई केन्द्रित गरेको प्रचण्ड र प्रचण्ड परिवारको बद्नाम गरेको निकटस्थहरु बताउँछन् । प्रचण्डले भिटो प्रयोग गरेर महादेवले कालकूट विष पिए झैं बिनाको बद्नामी नबोकेमा सम्भवतः ओली मन्त्रिपरिषद्बाट भुत्ते मन्त्री विनाको मन्त्री पद थमौती नहुने चर्चा नेकपामा छ ।

विनासंगै कार्यसम्पादनमा कमजोर देखिएका अन्य केही मन्त्री पनि हट्ने सम्भावना छ । सडक आयोजना र योजना प्रमुखको सरुवाका करोडौं संकलन गर्ने, ठेक्कापट्टामा कमिशनको बार्गेनिंग नमिलेसम्म करोडौंका ठेक्का र भुक्तानीका फाइल थन्क्याएर राख्ने, प्रधानमन्त्रीलाई बद्नाम गर्ने, भौतिक योजना तथा पूर्वाधार मन्त्री रघुवीर महासेठ पनि मौजुदा मन्त्रिपरिषद्बाट विदा गरिहाल्नुपर्ने मन्त्री हुन् ।

उनको हकमा पनि उपेन्द्र महतोको भिटो प्रधानमन्त्री ओली थाम्न सक्ने हुन् कि होइनन् स्पष्ट हुन सकेको छैन । मन्त्री रघुवीर महासेठलाई मन्त्रीमा कायम राख्नु भनेको प्रधानमन्त्रीले बद्नामीको भारी बोकेर हिंडेर सरह भन्ने चर्चा नेकपाका नेताहरुमा रहेको छ । साँघुन्यूजबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुकुम पूर्वमा वाम गठबन्धनकी कमला रोका दोब्बर मतले अगाडि, कांग्रेसले पछ्याउँदै
रुकुम पूर्वमा वाम गठबन्धनकी कमला रोका दोब्बर मतले अगाडि, कांग्रेसले पछ्याउँदै
French hotels, restaurants look to migrants to fill 100,000 jobs
French hotels, restaurants look to migrants to fill 100,000 jobs
अन्तर्रा्ष्ट्रिय मूर्तिकला कार्यशाला सोमबारदेखि
अन्तर्रा्ष्ट्रिय मूर्तिकला कार्यशाला सोमबारदेखि
‘ग्याङस्टार ब्लुज’ को प्रिमियर सम्पन्न गर्न आनालाई हम्मे–हम्मे
‘ग्याङस्टार ब्लुज’ को प्रिमियर सम्पन्न गर्न आनालाई हम्मे–हम्मे
रुकुममा ५५ प्रतिशत मत खस्यो मतदान सकिए लगत्तै मत पेटिका संकलन गरी तत्कालै गणना सुरु गरिने छ ।
रुकुममा ५५ प्रतिशत मत खस्यो मतदान सकिए लगत्तै मत पेटिका संकलन गरी तत्कालै गणना सुरु गरिने छ ।
३३ केजी सुन बेपत्ता प्रकरण:  बालकृष्ण सञ्‍जेल भन्छन् ५ करोडसम्म खर्च गर्छु भनेपछि..
३३ केजी सुन बेपत्ता प्रकरण: बालकृष्ण सञ्‍जेल भन्छन् ५ करोडसम्म खर्च गर्छु भनेपछि..
Investing in a Bride available
किन मारिन् आमाले दुई महिनाको छोरी !
किन मारिन् आमाले दुई महिनाको छोरी !
आजको मौसम : तीन प्रदेशका उच्च भूभागमा हिमपातको सम्भावना
आजको मौसम : तीन प्रदेशका उच्च भूभागमा हिमपातको सम्भावना
नेपाल र युएईबीच सहकार्यका लागि गृहमन्त्री र युएईका राजदूत भेटवार्ता
नेपाल र युएईबीच सहकार्यका लागि गृहमन्त्री र युएईका राजदूत भेटवार्ता

तपाईंले छुटाउनुभयो कि?