गणतन्त्र दिवस भव्यताका साथ मनाइने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ५, २०८०
|
|
४७ पटक हेरिएको
Shares
गणतन्त्र दिवस भव्यताका साथ मनाइने

सारांश

  • काठमाडौं ।
  • सरकारले गणतन्त्र दिवसलाई बढीभन्दा बढी नागरिकको सहभागितामा भव्यताका साथ मनाउने भएको छ ।
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको ‘गणतन्त्र दिवस २०८० मूल समारोह समिति’को बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ ।

काठमाडौं । सरकारले गणतन्त्र दिवसलाई बढीभन्दा बढी नागरिकको सहभागितामा भव्यताका साथ मनाउने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको ‘गणतन्त्र दिवस २०८० मूल समारोह समिति’को बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ । यही जेठ १५ गते गणतन्त्र दिवस मनाइँदैछ ।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म र भावनाअनुसार ‘गणतन्त्र दिवस’लाई भव्य र सभ्य बनाउन मातहतका निकायलाई निर्देशन दिएका थिए ।

बैठकमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीहरु र नेपाल सरकारका सचिवको उपस्थिति थियो । मूल समारोह समितिले विभिन्न उपसमिति गठन गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?