३२ जिल्लामा उम्मेदवारी दर्ता(उम्मेदवारको सूचीसहित)

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक ६, २०७४
|
|
४९ पटक हेरिएको
Shares
३२ जिल्लामा उम्मेदवारी दर्ता(उम्मेदवारको सूचीसहित)

सारांश

  • काठमाडौं : मंसिर १० मा हुने पहिलो चरणको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ आइतबार दलहरूले उत्साहजनक ढंगले उम्मेदवारी दर्ता गराएका छन् ।
  • उम्मेदवार चयनमा दलहरूले केही ढिला गर्दा मनोनयन साँझसम्म पनि चलेको थियो ।
  • निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय तोकेको थियो ।

काठमाडौं : मंसिर १० मा हुने पहिलो चरणको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ आइतबार दलहरूले उत्साहजनक ढंगले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवार चयनमा दलहरूले केही ढिला गर्दा मनोनयन साँझसम्म पनि चलेको थियो । निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय तोकेको थियो ।

निर्धारित समयमा निर्वाचन कार्यालय पुगेका दललाई साँझसम्म मनोनयन गर्ने व्यवस्था मिलाइएको थियो ।प्रतिनिधिसभाका ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रका निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ताको व्यवस्था गरिएको थियो ।

आयोगका अनुसार १ सय ११ सिटका लागि ८ सय २ उम्मेदवारले उम्मेदवारी दिएका छन् । राजनीतिक दलले चुनावी तालमेल गरेका कारण उम्मेदवारको संख्या कम भएको आयोगका प्रवक्ता नवराज ढकालले अन्नपूर्णलाई बताए । उम्मेदवारको संख्या कम हँुदा मतपत्रको डिजाइन र छपाइमा पनि सहज हुने उनले सुनाए । मनोनयन दर्ता गरेका उम्मेदवारलाई कात्तिक ८ मा निर्वाचन चिह्न वितरण गरिनेछ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले समानुपातिक तथा प्रत्यक्षतर्फ ३२ जिल्लाका लागि मनोनयन दर्ता भएसँगै संघीय संसद् र प्रदेश सभा निर्माण प्रक्रिया सुरु भएको र संविधान कार्यान्वयनतर्फ मुलुक अघि बढेको बताए । मनोनयनपत्र दर्तासँगै सबै उम्मेदवारलाई निर्वाचन आचारसंहिता लागू भएको जनाउँदै आचारसंहिता पालना गरी निर्वाचन स्वच्छ, स्वतन्त्र र मर्यादित बनाउन आयोगले आग्रह गरेको छ ।

आयोगले आइतबार ७७ जिल्लालाई लिखित निर्देशन दिँदै निर्वाचन चिह्न अंकित टोपी, टिसर्ट, गम्छाजस्ता सांकेतिक सामग्री उत्पादन, विक्री वितरण र प्रदर्शन गर्न निषेध गरेको छ ।
प्रचार सामग्री प्रयोग गरेको पाइए ती सामग्री जफत गरी निर्वाचन आचारसंहिता उल्लंघनमा दोषी ठहर गरी कारबाही गरिने प्रमुख निर्वाचन आयुक्त यादवले बताए ।

आयोगले महिला, दलित, अल्पसंख्यक समुदाय, आर्थिक रूपले विपन्न उम्मेदवारका लागि धरौटी रकममा ५० प्रतिशत छुट गरेको छ । प्रतिनिधिसभातर्फ १० हजार र प्रदेशसभातर्फ ५ हजार रुपैयाँ उम्मेदवारले धरौटी राख्नुपर्छ । पहिलो चरणमा ३२ लाख २८ हजार ८ सय ७९ जना मतदाताले मताधिकार प्रयोग गर्र्नेछन् ।

समानुपातिकतर्फ आवश्यक सात प्रकारका एक करोड ८० लाख मतपत्र छपाइ गर्नुपर्नेमा आइतबारसम्म एक करोड १२ लाखभन्दा बढी मतपत्र छपाइ भइसकेको आयोगले जनाएको छ । प्रत्यक्षतर्फ भने एक करोड ७४ लाख मतपत्रको छपाइ ८ कात्तिकदेखि सुरु गरिनेछ ।

अन्नपूर्ण पोस्ट बाट !

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

च्याम्प चितवनको उपाधि सेलिसा र अभियानले हात पारे
च्याम्प चितवनको उपाधि सेलिसा र अभियानले हात पारे
निशान हत्या प्रकरण: चलाइएको गोलीको ‘बलिष्टिक’ परीक्षण गरिने
निशान हत्या प्रकरण: चलाइएको गोलीको ‘बलिष्टिक’ परीक्षण गरिने
विहेका लागि दीपिका र रणवीर इटालीमा
विहेका लागि दीपिका र रणवीर इटालीमा
यी हुन समयमै काम नसक्ने ठेकेदार कम्पनीहरु नामावली सहित, काम नगर्नेलाई कार्वाही गर्लान् गृहमन्त्रीले!
यी हुन समयमै काम नसक्ने ठेकेदार कम्पनीहरु नामावली सहित, काम नगर्नेलाई कार्वाही गर्लान् गृहमन्त्रीले!
किन मानेनन् प्रम ओलीले विद्युत प्राधिकरणमा कुलमानलाई पुनःनियुक्त गर्न ?
किन मानेनन् प्रम ओलीले विद्युत प्राधिकरणमा कुलमानलाई पुनःनियुक्त गर्न ?
एनसीसी बैंक र कुमारी बैंक मर्जर मर्जरको तयारीमा
एनसीसी बैंक र कुमारी बैंक मर्जर मर्जरको तयारीमा
गुफा भित्रको कलात्मक आकृति हेर्न आउनेको लर्काे
गुफा भित्रको कलात्मक आकृति हेर्न आउनेको लर्काे
पाँच वर्ष सरकार चलाएर परिणाम दिनुपर्छः महामन्त्री थापा
पाँच वर्ष सरकार चलाएर परिणाम दिनुपर्छः महामन्त्री थापा
जनकपुरको सडकमा पैसा छर्ने दुवै महिलाको कोरोना रिपोर्ट ’नेगेटिभ’
जनकपुरको सडकमा पैसा छर्ने दुवै महिलाको कोरोना रिपोर्ट ’नेगेटिभ’
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते