सुनको भाउ बढ्यो
सारांश
- काठमाडौं, मंसिर १८ – नेपाली बजारमा मंगलबार सुनको मूल्य ५८ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
- आज छापावाल सुन प्रतितोला ५८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
- अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला ९ सय रुपैयाँले बढेको हो ।
काठमाडौं, मंसिर १८ – नेपाली बजारमा मंगलबार सुनको मूल्य ५८ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
आज छापावाल सुन प्रतितोला ५८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला ९ सय रुपैयाँले बढेको हो । अघिल्लो दिन प्रतितोला ५७ हजार ४ सय रुपैयाँ कायम भएको थियो ।
यस्तै आज तेजावी सुन प्रतितोला ५८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी प्रतितोला ७ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन प्रतितोला ७ सय रुपैयाँ कायम भएको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया