गृहमन्त्री थापा अष्ट्रियातिर
सारांश
- काठमाडौं ।
- गृहमन्त्री रामबहादुर थापा ६ दिने भ्रमणका लागि अष्ट्रिया गएका छन् ।
- मन्त्री थापा अष्ट्रियाको भियानामा हुने संयुक्त राष्ट्रसङ्घीय लागुऔषध तथा अपराध नियन्त्रण कार्यालय (युएनओडिसी)को ६२औँ मन्त्रिस्तरीय बैठकमा सहभागी ५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार साँझ गएका हुन् ।
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ६ दिने भ्रमणका लागि अष्ट्रिया गएका छन् । मन्त्री थापा अष्ट्रियाको भियानामा हुने संयुक्त राष्ट्रसङ्घीय लागुऔषध तथा अपराध नियन्त्रण कार्यालय (युएनओडिसी)को ६२औँ मन्त्रिस्तरीय बैठकमा सहभागी ५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार साँझ गएका हुन् ।
बैठकले संयुक्त राष्ट्रसङ्घको लागुऔषध नियन्त्रणसम्बन्धी सन्धि र अभिसन्धिको कार्यान्वयनको अवस्था र आगामी दिनको विश्वव्यापी नीति र मार्गदिर्नेशन तय गर्नेछ । बैठकमा गृहमन्त्री थापाले नेपालको लागुऔषध नियन्त्रणका क्षेत्रमा गरेका काम कारवाहीका बारेमा जानकारी गराउने कार्यक्रम रहेको मन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए ।
गृहमन्त्री थापाले युएनओडिसीका प्रमुख र विभिन्न देशका मन्त्रीसँग छलफल गर्ने कार्यक्रमसमेत रहेको छ । मन्त्री थापा अगामी चैत ३ गते स्वदेश फर्कने कार्यक्रम छ ।
प्रतिक्रिया