पाटनमा १० महिनादेखि हवाई सेवा बन्द

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २६, २०७९
|
|
२४ पटक हेरिएको
Shares
पाटनमा १० महिनादेखि हवाई सेवा बन्द

सारांश

  • बैतडी ।
  • पाटनस्थित विमानस्थलमा हवाई सेवा १० महिनादेखि बन्द रहेको छ ।
  • धनगढी–बैतडी–धनगढी साप्ताहिक रुपमा हुने गरेको हवाई सेवा १० महिनादेखि बन्द रहेको हो ।

बैतडी । पाटनस्थित विमानस्थलमा हवाई सेवा १० महिनादेखि बन्द रहेको छ । धनगढी–बैतडी–धनगढी साप्ताहिक रुपमा हुने गरेको हवाई सेवा १० महिनादेखि बन्द रहेको हो ।

हवाई भाडा महँगो र यात्रु नपाउँदा बन्द हवाई सेवा पुनःसञ्चालन हुन नसकेको जनाइएको छ । रु ११ करोडको लागतमा पाटन विमानस्थल कालोपत्र गरेर सञ्चालनमा ल्याइएको भए पनि हवाई उडान भने लामो समयदेखि बन्द रहँदा यहाँ आकस्मिकरुपमा धनगढी जानुपर्ने नागरिक समस्यामा परेका छन् ।

साताको एक दिन बिहीबार समिट एयरले उडान भर्दै आएको थियोे । गत चैत १० गते यहाँ अन्तिम पटक उडान भएको थियो । हवाई सेवा पुनः सञ्चालन अनिश्चित रहेको समिट एयरका प्रतिनिधि कृष्णदत्त भट्टले बताए । आगामी फागुनमा उडान हुनसक्ने भनिए पनि आधिकारिक जानकारी नआएको भट्टको भनाइ छ ।

पाटनदेखि १८ मिनेटको हवाई यात्रा रहेको धनगढीको भाडा रु पाँच हजार रहेको छ । हवाई सेवा बन्द हुँदा आकस्मिकरुपमा बिरामी भएकालाई सुविधा सम्पन्न अस्पातल लैजान तथा अन्य कामका लागि जाने नागरिकलाई समस्या भएको स्थानीय चमन भण्डारीले बताए ।

भाडा पनि महँगो भएकाले घटाएर नियमितरूपमा आउनुपर्ने उनको भनाइ छ । सुदूरपश्चिमकै दोस्रो ठूलो पाटनमा रहेको विमानस्थल हो । पाटनमा विमानस्थल २६ वर्षपछि विसं २०७७ मा पुनःसञ्चालनमा आएको थियोे । विसं २०३६ देखि सञ्चालनमा आएको पाटन विमानस्थल विसं २०५१ देखि भने बन्द थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गोविन्द केसीका कारण टिचिङको ४१ करोड आम्दानी गुम्यो, हाडजोर्नी विभागकै बेहाल
गोविन्द केसीका कारण टिचिङको ४१ करोड आम्दानी गुम्यो, हाडजोर्नी विभागकै बेहाल
संयुक्त राष्ट्रसंघका महासचिवप्रति युक्रेनी राष्ट्रपति रुष्ट
संयुक्त राष्ट्रसंघका महासचिवप्रति युक्रेनी राष्ट्रपति रुष्ट
पार्टी एकताको लागि हामी पछि हट्ने अवस्थामा छैनौं : उपप्रधानमन्त्री महरा (भिडियो/अन्तर्वार्ता)
पार्टी एकताको लागि हामी पछि हट्ने अवस्थामा छैनौं : उपप्रधानमन्त्री महरा (भिडियो/अन्तर्वार्ता)
दरबारमार्ग ‘सामूहिक बलात्कार’ काण्डको रहस्य खुल्यो: खातामा लाखौं रकम भेटियो
दरबारमार्ग ‘सामूहिक बलात्कार’ काण्डको रहस्य खुल्यो: खातामा लाखौं रकम भेटियो
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते
प्रधानमन्त्री ओलीले चीन भ्रमणकोबेला बाेलेकाे बाेलि पुरा हुंदै
दाहाललाई बोलाएर ओलीले राखे सहकार्यको प्रस्ताव
कोरोना विरुद्धको बुस्टर डोज लगाउन मन्त्रालयको आग्रह
कांग्रेस नेता घिमिरेको दाबीः विशेष महाधिवेशनको पक्षमा ५१ प्रतिशत मत
कांग्रेस नेता घिमिरेको दाबीः विशेष महाधिवेशनको पक्षमा ५१ प्रतिशत मत
चुनावमा बालबालिकाको प्रयोग रोक्न समिति गठन
चुनावमा बालबालिकाको प्रयोग रोक्न समिति गठन

तपाईंले छुटाउनुभयो कि?