सुनमा धातु मिसायर बेच्ने व्यवसायी पक्राउ

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १७, २०७५
|
|
३६ पटक हेरिएको
Shares
सुनमा धातु मिसायर बेच्ने व्यवसायी पक्राउ

सारांश

  • बर्दिया, १७ असार।
  •   प्रहरीले सुनमा धातु मिसावट गरेको भन्दै व्यवसायीहरुलाई पक्राउ गरेको छ ।
  • जिल्ला प्रशासन कार्यालय बर्दियाको अनुगमन समितिले संकलन गरेको सुनको नमूना परीक्षणका क्रममा सुनमा धातु मिसावट गरेको भेटिएपछि १२ जना व्यवसायी पक्राउ गरिएको हो ।

बर्दिया, १७ असार।  प्रहरीले सुनमा धातु मिसावट गरेको भन्दै व्यवसायीहरुलाई पक्राउ गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बर्दियाको अनुगमन समितिले संकलन गरेको सुनको नमूना परीक्षणका क्रममा सुनमा धातु मिसावट गरेको भेटिएपछि १२ जना व्यवसायी पक्राउ गरिएको हो ।

प्रहरीले बाँसगढी नगरपालिकाबाट स्याङ्जा सुनचाँदी पसलका संचालक संगिता सुनार, पर्वत मनिषा सुनचाँदी पसलका शिवबहादुर सुनार, पोखरा सुनचाँदी पसल त्रिभुवन सुवर्णकार, सितासुन चाँदी पसलका सीता सुनार, मोडेल सुनचाँदी पसलका ईन्द्रमान सुनार, गण्डकी सुनचाँदी पसलका यमलाल विश्वकर्मालाई पक्राउ गरिएको छ ।

राजापुर नगरपालिकाबाट फुलराम ज्वैलर्सका परशुराम सुनार र निमप्रकाश सुनार, लुम्बिनी सुनचाँदी पसलका भगवान शरण सोनी, दंगाली सुनचाँदी पसलका कविराम विक पक्राउ परेका छन् ।

गुलरिया नगरपालिकाबाट राप्ती लुम्बिनी सुनचाँदी पसलका भीमबहादुर सेन्चुरी, गण्डकी सुनचाँदी पसलका ईश्वरकुमार विश्वकर्मा र न्यू स्याङ्जा गण्डकी सुनचाँदी पसलका सञ्चालक विजयलक्ष्मी सुनार र सन्तोषी सुनारलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले बताए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Lal Lal B Kunwar

    very Good all people’s very happy

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?