बागलुङमा कुखुरा मासुको मूल्य अहिलेसम्मकै उच्च

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २४, २०७६
|
|
३२ पटक हेरिएको
Shares
बागलुङमा कुखुरा मासुको मूल्य अहिलेसम्मकै उच्च

सारांश

  • बागलुङमा ब्रोइलर कुखुराको मासुको मूल्य अहिलेसम्मकै उच्च भएको छ ।
  • एक महिनाको अवधिमा तीनपटकसम्म मासुको मूल्यवृद्धि भएको मासु व्यवसायी सङ्घ बागलुङले जनाएको छ ।
  • जिल्लामा उत्पादन भएका ब्रोइलर कुखुराले बजारको माग धान्न नसकेपछि मूल्यवृद्धि गर्नुपरेको सङ्घका अध्यक्ष कृष्ण कार्कीले जानकारी दिनुभयो ।

बागलुङमा ब्रोइलर कुखुराको मासुको मूल्य अहिलेसम्मकै उच्च भएको छ । एक महिनाको अवधिमा तीनपटकसम्म मासुको मूल्यवृद्धि भएको मासु व्यवसायी सङ्घ बागलुङले जनाएको छ ।
जिल्लामा उत्पादन भएका ब्रोइलर कुखुराले बजारको माग धान्न नसकेपछि मूल्यवृद्धि गर्नुपरेको सङ्घका अध्यक्ष कृष्ण कार्कीले जानकारी दिनुभयो । माघ महिनाको अहिलेसम्म तीनपटक मूल्यवृद्धि भएको छ । महिनाको शुरुमा रु ३८० र रु ४०० प्रतिकेजी हुँदै अहिलेका मूल्य रु ४४० पुगेको छ ।
कुखुरा फार्ममा कुखुराको उत्पादनमा कमी आएका कारण खरीद मूल्य बढेपछि मूल्य बढाउन बाध्य भएको व्यवसायीले बताएका छन् । “कुखुराका माग धान्नै मुस्किल छ, अन्यत्रबाट आयत गर्न ढुवानी खर्च बढी लाग्छ”, उहाँले भन्नुभयो, “कतिपय फ्रेसहाउसहरु मासुको अभावमा बन्द हुन थालेका छन् ।” अहिलेसम्म ४०० नाघ्न सकेको थिएन । कुखुरा कम उत्पादन भएपछि हालसम्मकै उच्च मूल्यवृद्धि भएको हो ।
कुखुरा उत्पादकको घरमै पुग्दासमेत जिउदो कुखुरालाई रु ३०० मा खरीद गर्नुपरेको मासु व्यवसायी कृष्ण जिसीले बताउनुभयो । जिउँदो कुखुरालाई रु ३०० मा खरीद गरेर गोदामभाडा, पसलभाडा तिरेर रु ४४० मा बिक्री गर्दा मेहनतसमेत नउठ्ने नभएको उहाँले जानकारी दिनुभयो । त्यस्तै खसी÷बोकाको मासुको समेत प्रतिकेजीमा रु ५० वृद्धि भएको छ । रु ९०० प्रतिकेजी खसी÷बोकाको मूल्य माघ १९ गते देखि ९५० पुगेको हो ।
अन्य मासुको मूल्य यथावत रहे पनि कुखुराको मासुको मूल्य अझै वृद्धि हुने सम्भावना रहेको मासु व्यवसायी सङ्घले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सातवटा प्रदेशमा राष्ट्रियसभाको निर्वाचन, सरकारले तोक्ने प्रदेशको केन्द्रमा मतदान
सातवटा प्रदेशमा राष्ट्रियसभाको निर्वाचन, सरकारले तोक्ने प्रदेशको केन्द्रमा मतदान
यी हुन १० जना राष्ट्रिय युवा प्रतिभा पुरस्कारमा छानिएकाहरु…
यी हुन १० जना राष्ट्रिय युवा प्रतिभा पुरस्कारमा छानिएकाहरु…
पाकिस्तानद्धारा हवाई आकाश बन्द,थाइल्याण्डमा यात्रु अलपत्र
पाकिस्तानद्धारा हवाई आकाश बन्द,थाइल्याण्डमा यात्रु अलपत्र
आजको राशीफल
आजको राशीफल
पदभार ग्रहण गर्दै मन्त्री गुरुङले भने :  कानून निर्माण प्रक्रियालाई तीव्रता दिन्छु
पदभार ग्रहण गर्दै मन्त्री गुरुङले भने : कानून निर्माण प्रक्रियालाई तीव्रता दिन्छु
राहुल र प्रियंका गान्धी हिरासतमा
राहुल र प्रियंका गान्धी हिरासतमा
मानव पुँजी र प्राकृतिक स्रोत नेपालको अर्थतन्त्रका आधार : एडिबी पूर्वअध्यक्ष कुरोदा
मानव पुँजी र प्राकृतिक स्रोत नेपालको अर्थतन्त्रका आधार : एडिबी पूर्वअध्यक्ष कुरोदा
सभामुख घिमिरेले आज पद तथा गोपनीयताको शपथ लिनुहुँदै, आजै पदभार सम्हाल्नुहुने
सभामुख घिमिरेले आज पद तथा गोपनीयताको शपथ लिनुहुँदै, आजै पदभार सम्हाल्नुहुने
बेलायतमा भारतीय मुलकी प्रीति गृहमन्त्री, पाकिस्तानी मुलका साजिद अर्थमन्त्री नियुक्त
बेलायतमा भारतीय मुलकी प्रीति गृहमन्त्री, पाकिस्तानी मुलका साजिद अर्थमन्त्री नियुक्त
असार ४ गते बिहिवारको राशिफल यस्तो छ
असार ४ गते बिहिवारको राशिफल यस्तो छ

तपाईंले छुटाउनुभयो कि?