सुन्तलामा रोग

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ १५, २०७४
|
|
५२ पटक हेरिएको
Shares
सुन्तलामा रोग

सारांश

  • बाबियाचौर, म्याग्दी, १५ माघ, सुन्तलाको दानामा कालो दाग देखिने समस्याका कारण उत्पादन र गुणस्तरमा ह्रास आएको छ ।
  • अधिकांश बगैँचाको सुन्तलाको दानामा कालो दाग लाग्ने समस्या देखिन थालेको कृषकले बताएका छन् ।
  • कालो दाग लागेको सुन्तलाको दाना सानो आकारको हुने, फोहर देखिने र खाँदा अमिलो हुने समस्या रहेको बेनपा–३ राखुका खिम पुनले बताउनुभयो ।

बाबियाचौर, म्याग्दी, १५ माघ, सुन्तलाको दानामा कालो दाग देखिने समस्याका कारण उत्पादन र गुणस्तरमा ह्रास आएको छ ।

अधिकांश बगैँचाको सुन्तलाको दानामा कालो दाग लाग्ने समस्या देखिन थालेको कृषकले बताएका छन् । कालो दाग लागेको सुन्तलाको दाना सानो आकारको हुने, फोहर देखिने र खाँदा अमिलो हुने समस्या रहेको बेनपा–३ राखुका खिम पुनले बताउनुभयो ।

राखु, मरेक, बास्कुना, बरञ्जा, भोर्नेनी, रुन्मा, ताकम, बिम, दोसल्ले, भुरुङ, नारच्याङ, घारको बगैँचामा कालो दाग लाग्ने रोग फैलिएको छ । दाग लागेको सुन्तलाको दाना कृषि प्रयोगशालामा परीक्षणका लागि पठाइएको छ । कत्लेकीरा, सुतिमोल्ड र मिलीबग कीराका कारण सुन्तलामा कालो दाग लाग्ने समस्या देखिएको जिल्ला कृषि विकास कार्यालयका बागवानी विकास अधिकृत भोजबहादुर थापाले बताउनुभयो ।

“प्रकोपका रुपमा फैलिन थालेकाले नियन्त्रणका लागि पहल थालेका छौँ”, उहाँले भन्नुभयो, “बगैँचाको सरसफाइ र व्यवस्थापन नहुँदा यस्तो समस्या देखिएको हो ।” कृषि विज्ञ र प्राविधिकको टोलीले बेनी नगरपालिका–३ राखुको सुन्तला बगैँचाको निरीक्षण गरी कृषकसँग छलफल गरेको छ ।

क्षेत्रीय बाली संरक्षण प्रयोगशालाका वरिष्ठ बाली संरक्षण अधिकृत धनबहादुर राना, क्षेत्रीय कृषि निर्देशनालयका वरिष्ठ बाली संरक्षण अधिकृत माधवप्रसाद लम्साल, कृषि अनुसन्धान केन्द्र मालेपाटनका कृषि विज्ञ लोकनाथ अर्याल र बागवानी विकास अधिकृत थापाले बगैँचाको अवलोकन गरी कृषकसँग छलफल गरेको हो ।

म्याग्दीको ६८५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ भने यस वर्ष दुई हजार २६५ मेट्रिक टन उत्पादन भएको कृषि विकास कार्यालयको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हेलिकप्टर कम्पनीका कारण लुक्लामा अलपत्र परेका १५ जना भारतियहरुले स्वराजलाई गुहारेपछि…
हेलिकप्टर कम्पनीका कारण लुक्लामा अलपत्र परेका १५ जना भारतियहरुले स्वराजलाई गुहारेपछि…
चोलेन्द्र विरुद्धको महाअभियोग प्रस्ताव नयाँ संसदमा लैजान सांसदहरु सहमत
चोलेन्द्र विरुद्धको महाअभियोग प्रस्ताव नयाँ संसदमा लैजान सांसदहरु सहमत
Aishwarya Rai Instagram debut ‘And I was born again’ gets only 1.24 Lakhs followers in 24 Hours !
Aishwarya Rai Instagram debut ‘And I was born again’ gets only 1.24 Lakhs followers in 24 Hours !
नयाँ मेडिकल कलेजलाई सम्वन्धन दिन लागिएको भन्दै डा. केसीको आपत्ति
नयाँ मेडिकल कलेजलाई सम्वन्धन दिन लागिएको भन्दै डा. केसीको आपत्ति
ह्याम्मरले हानेर श्रीमतीको हत्या
ह्याम्मरले हानेर श्रीमतीको हत्या
तिब्बत जान लागेका एक सय १० नेपाली महिलालाई फिर्ता गरियो
तिब्बत जान लागेका एक सय १० नेपाली महिलालाई फिर्ता गरियो
सुखि र समृद्ध जनता भन्ने मेरो थिम ,काभ्रे प्रदेशसभा २ क’- लक्ष्मण लम्साल
सुखि र समृद्ध जनता भन्ने मेरो थिम ,काभ्रे प्रदेशसभा २ क’- लक्ष्मण लम्साल
ट्रम्पद्वारा मेक्सिको सीमामा पर्खाल बनाउन फेरि ८.६ अर्ब डलर माग
ट्रम्पद्वारा मेक्सिको सीमामा पर्खाल बनाउन फेरि ८.६ अर्ब डलर माग
साझा यातायातले चीनबाट विद्युतीय बस ल्याउने, सरकारलाइ लेख्याे यस्ताे पत्र !
साझा यातायातले चीनबाट विद्युतीय बस ल्याउने, सरकारलाइ लेख्याे यस्ताे पत्र !
नेपालको पक्षमा भएको इपिजी प्रतिवेदन भारतले बुझ्न मानेन
नेपालको पक्षमा भएको इपिजी प्रतिवेदन भारतले बुझ्न मानेन