सुन तस्करी प्रकरण : यी परिचित वकिल जाे अभियुक्तसँग पैसा लिएर अदालत पुगे !

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३०, २०७५
|
|
२४ पटक हेरिएको
Shares
सुन तस्करी प्रकरण : यी परिचित वकिल जाे अभियुक्तसँग पैसा लिएर अदालत पुगे !

सारांश

  • काठमाडौं, ३० वैशाख ।
  • मोरङ जिल्ला अदालतमा तीन वर्षमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३८ क्विन्टल सुन तस्करी गर्नेविरुद्ध थुनछेक बहस जारी छ ।
  • गृह मन्त्रालयको उच्चस्तरीय छानविन समिति टोलीको छानविन पछि जिल्ला सरकारी वकिलको कार्यालय मोरङ र हत्या गरिएका भरिया सनम शाक्य परिवारले अभियोगपत्र दायर गरेको थियो ।

काठमाडौं, ३० वैशाख । मोरङ जिल्ला अदालतमा तीन वर्षमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३८ क्विन्टल सुन तस्करी गर्नेविरुद्ध थुनछेक बहस जारी छ ।

गृह मन्त्रालयको उच्चस्तरीय छानविन समिति टोलीको छानविन पछि जिल्ला सरकारी वकिलको कार्यालय मोरङ र हत्या गरिएका भरिया सनम शाक्य परिवारले अभियोगपत्र दायर गरेको थियो ।
६३ जनाविरुद्ध अभियोगपत्र दायर भए पनि हिरासतमा रहेका २९ जनामाथि थुनछेक बहस जारी रहेको हो । यस प्रकरणमा अभियुक्तका तर्फबाट नेपालका भेट्रान वकिलले बहसमा भाग लिएका छन् । मोटो रकम पारिश्रमिक लिने शम्भु थापा, पूर्वमहान्यायाधीवक्ता रमण श्रेष्ठ, अधिवक्ता सुशिल पन्तलगायतले अभियुक्तका तर्फबाट बहसमा सहभागीता देखाएका छन् ।

सरकारवादी मुद्दामा कानुन र कार्यपालिकामा प्रत्यक्ष अप्रत्यक्ष व्यक्तित्वका हिसावले प्रभाव राख्न सक्ने कानुन व्यावसायी अभियुक्तका तर्फबाट बहसमा उत्रिए पछि अदालतमा सुन तस्करी काण्डमो मुद्दा कमजोर बन्ने आशंका गरिएको छ ।

यी व्यावसायीले मुख्य अभियुक्त गोरे भनिने चुडामणि उप्रेती पक्राउ नगरेसम्म अभियुक्तहरूको संलग्नताको अपराधमा कम भन्दा कम सजायका लागि बहस पैरवी गर्ने आशंका गरिएको छ ।
एकजना कानुन व्यावसायीले भने, ‘अर्बौं तस्करी काण्डको मुद्दा भएका कारण वकिललाई ठूलो रकममा खरिद गरिएको हुनसक्छ । जसका कारण सरकारका तर्फबाट बहस गर्ने सह–न्यायाधिवक्ता, जिल्ला सरकारी वकिललगायतका जम्मा ८ जना कमजोर सावित हुनसक्छन् ।’
यस प्रकरणका मुख्य अभियुक्त गोरे र विमानस्थलमा सुरक्षाको जिम्मा लिएको तत्कालिन एसएसपी श्याम खत्रीलगायतका ३४ जना फरार छन् ।

‘फरार पक्राउ गरी संलग्नताको पर्याप्त आधार र प्रमाण अगाडी नसार्दा हिरासतमा रहेका अभियुक्तहरूले उन्मुक्ति पाउनसक्ने आधार वकिलले तयार गर्न सक्छन्’, कानुन व्यावसायी भन्छन्,‘कानुनका नौ सिङ हुन्छन् । ति सबै सिङको उचाई र प्रभावकारीता जान्ने वकिल भएपछि परिणाम कस्तो आउँछ रु यसबारे सबैले हेक्का राखेकै हुन्छन् ।’

तत्कालिन प्रहरी महानिरिक्षक नियुक्ति प्रक्रियाका बेला रमण श्रेष्ठ सरकारका तर्फबाट वकिल थिए । सुन प्रकरणका मुद्दामा उनले धेरैवटा मुद्दा हात लिएको बताइन्छ । श्रेष्ठ माओवादी निकट कानुन व्यावसायी हुन् ।

उता थापा भने एमाले सम्बद्ध कानुन व्यावसायी हुन् । उनी ०६४ सालको निर्वाचनमा नेकपा एमालेबाट संविधानसभाका लागि उदयपुरका उम्मेदवार समेत भएका थिए । तर पराजित भए ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Suresh Prajapati

    Bichara haru le yaso nagare khana launa kaha pugcha?

    Comment Author

    Saligram Bhattarai

    das ra pidit ganta ko pacha lagna das ko abal wokil haru taskar ko pachi dakhada dukhalago

    Comment Author

    Hari KC

    द्रब्यपिशाच वकिल

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?