सुन तस्करी प्रकरण: मुख्य लगानीकर्ता छुटे
सारांश
- काठमाडौ, २८ मंसिर ।
- बहुचर्चित ३८ सय केजी सुन तस्करी प्रकरणमा मुख्य व्यक्तिहरु उच्च अदातलबाट छुट्ने क्रम जारी छ ।
- उच्च अदालत विराटनगरले बिहीबार ३८ सय किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी आरके ज्वैलर्सका सञ्चालक आरके भनिने राजेन्द्रकुमार शाक्य र विमल पोद्दारलाई धरौटीमा छोड्ने आदेश गरेको छ।
काठमाडौ, २८ मंसिर । बहुचर्चित ३८ सय केजी सुन तस्करी प्रकरणमा मुख्य व्यक्तिहरु उच्च अदातलबाट छुट्ने क्रम जारी छ । उच्च अदालत विराटनगरले बिहीबार ३८ सय किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी आरके ज्वैलर्सका सञ्चालक आरके भनिने राजेन्द्रकुमार शाक्य र विमल पोद्दारलाई धरौटीमा छोड्ने आदेश गरेको छ।
आरकेका मालिक र पोद्दारलाई जनही १० लाख धरौटी माग गर्ने आदेश गरेको थियो। उनीहरु सुन तस्करीमा मुख्य लगानीकर्ता हुन् । जिल्ला अदातल मोरङले पुर्पक्षका लागि थुनामा पठाएका उनीहरुलाई उच्च अदालतका न्यायाधीशद्वय नागेन्द्रलाभ कर्ण र थीरबहादुर कार्कीको इजलासले धरौटीमा छाडेको हो। उच्च अदालतका रजिष्ट्रार नारायण रेग्मीले उनीहरूलाई धरौटीमा रिहा गर्ने आदेश भएकोले सोही बमोजिम धरौटी राखेर रिहा हुने क्रममा रहेको बताए। सो प्रकरणमा मुछिएका नौ मध्ये सात प्रहरी समेत उच्च अदालतको आदेशमा छुटिसकेका छन् ।
प्रतिक्रिया