देउवाज्यू, प्रचण्डका प्रिय ‘भीआइपी अभियुक्त’ कहिले जान्छन् जेल ?
सारांश
- मानिसका लागि हरेक पल महत्वपूर्ण छ ।
- तर, हाम्रो परिवार १९ बर्ष पीडामै बिताउन बाध्य भयो ।
- ठीक १९ बर्ष अघि मेरो प्रिय भाई उज्जनकुमार श्रेष्ठ हामीबाट बिदा भएको थियो ।
मानिसका लागि हरेक पल महत्वपूर्ण छ । तर, हाम्रो परिवार १९ बर्ष पीडामै बिताउन बाध्य भयो । ठीक १९ बर्ष अघि मेरो प्रिय भाई उज्जनकुमार श्रेष्ठ हामीबाट बिदा भएको थियो । २०५५ साल असार १० गते ओखलढुंगा टारकेराबारीस्थित खहरे खोलाको दोभानमा बालकृष्ण ढुंगेल लगायतले मेरो भाईको प्राण लिए । जतिबेला बालकृष्ण ढुंगेल तत्कालिन शाही नेपाली सेनाबाट जागिर छाडेको एक साधारण व्यक्ति मात्र थिए, माओवादी थिएनन । तर, नितान्त व्यक्तिगत रिसिइबीले मेरो भाइको हत्या गरेपछि उनी माओवादीमा प्रवेश गरे । माओवादीका तर्फबाट सभासद्सम्म भए । तर, १८ बर्ष अघि हामी जसरी न्यायको खोजीमा भौंतारिएका थियौं, आज पनि त्यसरी नै न्यायकै भीख मागिरहेका छौं । त्यसैले म प्रधानमन्त्री शेरबहादुर देउवालाई सोध्न चाहन्छु – ‘प्रचण्डका प्रिय भीआइपी अभियुक्त कहिले जान्छन् जेल ?’
– सावित्री श्रेष्ठ
प्रतिक्रिया