न्युयोर्कमा ट्रक आक्रमण, ८ जनाको मृत्यु , आक्रमणमा आईएसको हात

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १६, २०७४
|
|
३६ पटक हेरिएको
Shares

सारांश

  • न्युयोर्कको लोअर म्यानह्याटनस्थित वल्र्ड ट्रेड सेन्टरनजिकै हलोविनको दिनमा एक जना चालकले फुटपाथ र साइकल लेनमा ट्रक कुदाएर ८ जनाको ज्यान लिएका छन्।
  • उक्त आक्रमणमा ११ जना गम्भीर घाइते भएका छन्।
  • मंगलबार न्युयोर्क सिटीमा भएको उक्त आक्रमणमा संलग्न व्यक्ति २९ वर्षीय सैफल्लो हबिबुल्लायविक साइपोव भएको पहिचान गरिएको छ।

न्युयोर्कको लोअर म्यानह्याटनस्थित वल्र्ड ट्रेड सेन्टरनजिकै हलोविनको दिनमा एक जना चालकले फुटपाथ र साइकल लेनमा ट्रक कुदाएर ८ जनाको ज्यान लिएका छन्। उक्त आक्रमणमा ११ जना गम्भीर घाइते भएका छन्।

मंगलबार न्युयोर्क सिटीमा भएको उक्त आक्रमणमा संलग्न व्यक्ति २९ वर्षीय सैफल्लो हबिबुल्लायविक साइपोव भएको पहिचान गरिएको छ। प्रहरीले उक्त घटनालाई आतंककारी हमला भएको बताएका छन्। आक्रमणका बेला चालक ‘अल्लाह हु अकबर‘ अर्थात् ‘ईश्वर महान् छ’ चिच्याएको प्रत्यक्षदर्शीहरुले बताए। सुरक्षाकर्मीले आक्रमणकारीको पेटमा गोली प्रहार गरी हिरासतमा लिएको जनाइएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त घटनालाई कायरतापूर्ण कार्य भएको बताए। आक्रमणको स्थल १६ वर्षअगाडि वल्र्ड ट्रेड सेन्टरमाथि आक्रमण भएको स्थानबाट १० किलोमिटर दूरीमा पर्छ।

उक्त घटना मंगलबार स्थानीय समय अपराह्न करिब ३ बजे भएको थियो। ट्रक चालकले जानीजानी साइकल चालकहरुमाथि सवारी कुदाएका थिए। यो हमला अत्यधिक ट्राफिक रहेको वेस्ट साइड रोडमा भएको हो। यो हडसन नदीसँग जोडिएको छ। शहरका मेयर डी ब्लासियोले यसलाई आतंककारी हमला बताएका छन्। उनले भने– ‘यस प्रकारको हमलाको उद्देश्य हाम्रो सहनशीलता तोड्नु हो भन्ने हामीलाई थाहा छ, तर न्युयोर्कका नागरिक पर्याप्त दृढ छन् र उनीहरुले आफ्नो सहनशीलतालाई कायम राख्नेछन्।’

आईएसआईएसको हात
अनुसन्धान अधिकारीहरुले ट्रकनजिकै अरबी भाषामा हातले लेखिएको पत्र फेला पारेका छन्। त्यसैले यस आक्रमणमा आईएसको हात हुन सक्ने आशंका गरिएको छ। यद्यपि केही समाचारमा ट्रकबाट बरामद भएको सामग्री अंग्रेजीमा लेखिएको उल्लेख गरिएको छ। अधिकारीहरुले आक्रमणकारी सीधै आईएससँग सम्बद्ध रहेको छ वा छैन भन्ने विषयमा खुलासा गरेका छैनन्। तर आक्रमणकारी आईएसबाट प्रभावित हुन सक्ने अनुमान गरिएको छ। यसैबीच एक अधिकारीले घटनास्थलमा संदिग्धले बोकेको लेख सामग्री कथित इस्लामिक स्टेटको भएको एबीसी न्युजलाई बताएको जनाइएको छ। आक्रमणकारी साइपोव उज्वेकिस्तानको राजधानी तास्कन्टका हुन्। उनी सन् २०१० मा डिभी परेपछि अमेरिका छिरेका थिए। अमेरिकाको विदेश विभागले सन् १९९५ देखि हरेक वर्ष विश्वभरिका विभिन्न राष्ट्रबाट ५५ हजार डिभी आवेदकलाई अमेरिका प्रवेश अनुमति दिँदै आएको छ।

त्यतिबेलादेखि नै कानुनीरूपमा स्थायी निवासी रहेका साइपोव फ्लोरिडाको टाम्पास्थित सिन्सीनेटीमा बस्दै आइरहेका थिए। पछिल्लो समय उनी आफ्नी पत्नी र तीन बालबालिकासँग न्युजर्सीको पेटर्सनमा बस्दै आइरहेको सरकारी अधिकारीहरुले जानकारी दिए। आक्रमणमा प्रयोग भएको गाडी उनले नजिकको होम डिपोटबाट भाडामा लिएको बताइएको छ। उनले उबर चालकका रुपमा पनि काम गरेको जनाइएको छ। उक्त कम्पनीले साइपोव एक जना सक्रिय चालक भएको पुष्टि गरेको एबीसीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रमाणपत्र बुझ्दै दाहालले भने– ‘राजनीतिक स्थिरता र समृद्धिको वाचा पूरा हुन्छ’
आजको राशिफल
आजको राशिफल
कास्कीमा २ मन्त्रीसहित पूर्वसांसद चुनावी मैदानमा ,अधिकारी ह्याट्रिकको दाउमा
कास्कीमा २ मन्त्रीसहित पूर्वसांसद चुनावी मैदानमा ,अधिकारी ह्याट्रिकको दाउमा
केकभित्र गाँजा राखेर अनलाइनमार्फत बिक्री गर्ने युवक पक्राउ
केकभित्र गाँजा राखेर अनलाइनमार्फत बिक्री गर्ने युवक पक्राउ
ऋणको किस्ता र ब्याज तिर्ने समय लम्बाउन राष्ट्र बैंकको निर्देशन कुर्दै व्यवसायी
ऋणको किस्ता र ब्याज तिर्ने समय लम्बाउन राष्ट्र बैंकको निर्देशन कुर्दै व्यवसायी
बसले मोटरसाइकल हान्दा २ जनाको मृत्यु
यि ३ मध्य कस्को पोल्टामा प्रधान न्यायाधीशको पद ?
यि ३ मध्य कस्को पोल्टामा प्रधान न्यायाधीशको पद ?
देउवा सरकारका २५० बढी निर्णय कर्मचारीले लुकाए
देउवा सरकारका २५० बढी निर्णय कर्मचारीले लुकाए
क्रोएसियाको एक नर्सिङहोममा बन्दुकधारीले गोली चलाउँदा ६ जनाको मृत्यु
क्रोएसियाको एक नर्सिङहोममा बन्दुकधारीले गोली चलाउँदा ६ जनाको मृत्यु
एकीकृत मुसहर बस्ती निर्माण कार्य सम्पन्न :बस्ती अब नयाँ वर्ष २०७४ को पहिलो दिन हस्तान्तरण गरिने
एकीकृत मुसहर बस्ती निर्माण कार्य सम्पन्न :बस्ती अब नयाँ वर्ष २०७४ को पहिलो दिन हस्तान्तरण गरिने