त कांग्रेस म एमाले,कुरो कहाँ मिल्छ:प्रतिक
सारांश
- भन्नुहुन्छ हाम्रा बाले,कुरो कहाँ मिल्छ?
- त कांग्रेस म एमाले,कुरो कहाँ मिल्छ?
- भाउजु माओबादी,दादाले चाहीं फेरी राप्रपामा भोट हाले,कुरो कहाँ मिल्छ?
भन्नुहुन्छ हाम्रा बाले,कुरो कहाँ मिल्छ?
त कांग्रेस म एमाले,कुरो कहाँ मिल्छ?
भाउजु माओबादी,दादाले चाहीं फेरी
राप्रपामा भोट हाले,कुरो कहाँ मिल्छ?
दिदी राष्ट्रिय जनमुक्तिमा,भेनाले उता
बैद्यतिर हाम फाले,कुरो कहाँ मिल्छ?
ज्वाई पहाडी हुनाले,छिर्नै दिन छोडे
मधेशतिर ससुरालि ,कुरो कहाँ मिल्छ?
घरपरिवार एक नहुदा,छोरा छोरीहरू
नयाँशक्ती बन्न थाले,कुरो कहाँ मिल्छ?
भाई-भाई बिचमा युद्ध,चर्किएको हेर्दै
रमाउछ दक्षिणाले,कुरो कहाँ मिल्छ?
प्रतिक संग्रामी
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया