सुर्खेत कारागार अवलोकन:कानूनमन्त्री

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २९, २०७५
|
|
५५ पटक हेरिएको
Shares
सुर्खेत कारागार अवलोकन:कानूनमन्त्री

सारांश

  • सुर्खेत, २९ भदौ ।
  • कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले सुर्खेत कारागार अवलोकन गर्नुभएको छ ।
  • बिहीबार अपरान्ह् ४ः०० बजे कारागार पुगेर उहाँले भौतिक संरचना, कैदीबन्दीको निरीक्षण, सीपमूलक तालीम अवलोकन गर्नुका साथै त्यहाँ रहेका कैदीबन्दीको गुनासासमेत सुन्नुभएको थियो ।

सुर्खेत, २९ भदौ । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले सुर्खेत कारागार अवलोकन गर्नुभएको छ ।बिहीबार अपरान्ह् ४ः०० बजे कारागार पुगेर उहाँले भौतिक संरचना, कैदीबन्दीको निरीक्षण, सीपमूलक तालीम अवलोकन गर्नुका साथै त्यहाँ रहेका कैदीबन्दीको गुनासासमेत सुन्नुभएको थियो ।मन्त्री भण्डारीले भनेका छन्, कारागारलाई सुधारगृहका रूपमा विकास गरिने, कैदी बन्दीलाई सीपमूलक तालीम दिइने र कारागारबाट रुपान्तरित जीवन जिउने कला सिकाइने छ ।

मन्त्री भण्डारीलाई कैदीबन्दीले भौतिक संरचनाको जीर्णोद्वार हुन नसकेको, खानेपानीको समस्या भएको, शौचालय थोरै भएको, कानूनी उपचार गर्ने वकिलको अभाव भएकोजस्ता गुनासो गरेका थिए । करीब २०० कैदीबन्दी रहेको उक्त कारागारको मर्मत र अन्य व्यवस्थापनका लागि रु २२ लाख बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ ।कारागार अवलोकनमा मन्त्री भण्डारीसहित आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव केशवप्रसाद आचार्य, प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव, प्रहरी उपरीक्षक वसन्त रजौरेलगायत गृह प्रशासनका अधिकारीको उपस्थिति थियो ।

मोटरसाइकल दुर्घटनामा बालकको मृत्यु

बिहीबार सुर्खेत पश्चिम पञ्चपुरी नगरपालिका–५ का एक वर्षीय बालक अविशेष ढुङ्गानाको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ ।बिहीबार पञ्चपुरी नगरपालिका–५ स्थित हाइस्कूलको चतुरेचोकबाट बाबियाचौरतर्फ आउँदै गर्दा बा४८प ७६२२ नं को मोटरसाइकलले मृतक बालक सहित उनका बाजे ५० वर्षीय उदय ढुङ्गाना र बज्यै ४८ वर्षीया विष्णा ढुङ्गानालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामसिंह चौधरीले जानकारी दिएका छन् ।

उहाँका अनुसार बिहीबार नै घाइते अविशेषको उपचारको क्रममा मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा मृत्यु भएको हो । बालकको शव परीक्षणका लागि शवगृहमा राखिएको छ ।रोशनी अटो मोबाइल्समा काम गर्ने मोटरसाइकल चालक अर्जुन साहले ठक्कर दिँदा ढुङ्गाना घाइते भएका ढुङगानादम्पतिको अवस्था गम्भीर रहेको र घाइते चालक साहको पनि उपचार भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रम ओली भन्छन् राष्ट्रपतिलाई मेरो सरकार भन्ने हैसियत छ
प्रम ओली भन्छन् राष्ट्रपतिलाई मेरो सरकार भन्ने हैसियत छ
चिनियाँ राष्ट्रपतिको सम्मानमा रात्रिभोज, मेन्यूमा थिए यी परिकार
चिनियाँ राष्ट्रपतिको सम्मानमा रात्रिभोज, मेन्यूमा थिए यी परिकार
काठमाडौंमा एकैदिन २२८३ जना कोरोना संक्रमित थपिए
फुटबल टोली भारत प्रस्थान
फुटबल टोली भारत प्रस्थान
बिराटनगर महानगरपालिका बाट आयो यस्तो ताजा अपडेट, झन् बढ्यो मतान्तर !
बिराटनगर महानगरपालिका बाट आयो यस्तो ताजा अपडेट, झन् बढ्यो मतान्तर !
कस्का लागि मर्दैछिन त जेनिशा यस्तो रहस्य बाहिरियो {भिडियो सहित }
कस्का लागि मर्दैछिन त जेनिशा यस्तो रहस्य बाहिरियो {भिडियो सहित }
काठमाडौको मुटु सुकेधारामा खुल्यो लाभिस गार्डेन रेस्टुरेन्ट ओपनिङ्ग डिस्काउन्ट २५ %
काठमाडौको मुटु सुकेधारामा खुल्यो लाभिस गार्डेन रेस्टुरेन्ट ओपनिङ्ग डिस्काउन्ट २५ %
मतदान केन्द्रमा विस्फोट, २८ को मृत्यु
मतदान केन्द्रमा विस्फोट, २८ को मृत्यु
कामु प्रधानन्यायाधीशको छोराको बिहेमा ९० लाख खर्च आरोप !
कामु प्रधानन्यायाधीशको छोराको बिहेमा ९० लाख खर्च आरोप !
समयमै काम नसक्ने ठेकदारलाई कारवाही गर्न मुख्यमन्त्री भट्टको निर्देशन
समयमै काम नसक्ने ठेकदारलाई कारवाही गर्न मुख्यमन्त्री भट्टको निर्देशन