काठमाडौको मुटु सुकेधारामा खुल्यो लाभिस गार्डेन रेस्टुरेन्ट ओपनिङ्ग डिस्काउन्ट २५ %

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र २४, २०८०
|
|
२३ पटक हेरिएको
Shares
काठमाडौको मुटु सुकेधारामा खुल्यो लाभिस गार्डेन रेस्टुरेन्ट ओपनिङ्ग डिस्काउन्ट २५ %

सारांश

  • काठमाडौं ।
  • नयाँ वर्षको पूर्वसन्ध्यामा नयाँ प्रकारको भौतिक संरचना र नयाँ स्वादसहितको अत्याधुनिक रेष्टुरेन्ट शनिवारदेखि काठमाडौंको सुकेधारामा ‘ओपेनिङ भएको छ ।
  • सुकेधारा चोक र गोपीकृष्ण पुलको बीचमा नवदुर्गा पार्टी प्यालेससँगैको करीब ३ रोपनी क्षेत्रफलमा फैलिएको ‘लाभिस गार्डेन’ रेष्टुरेन्ट परिवार, बालबालिका र युवायुवती सबैलाई उपयुक्त गन्तव्य हुनेगरी बनाइएको छ ।

काठमाडौं । नयाँ वर्षको पूर्वसन्ध्यामा नयाँ प्रकारको भौतिक संरचना र नयाँ स्वादसहितको अत्याधुनिक रेष्टुरेन्ट शनिवारदेखि काठमाडौंको सुकेधारामा ‘ओपेनिङ भएको छ ।

सुकेधारा चोक र गोपीकृष्ण पुलको बीचमा नवदुर्गा पार्टी प्यालेससँगैको करीब ३ रोपनी क्षेत्रफलमा फैलिएको ‘लाभिस गार्डेन’ रेष्टुरेन्ट परिवार, बालबालिका र युवायुवती सबैलाई उपयुक्त गन्तव्य हुनेगरी बनाइएको छ ।

लाभिस गार्डेनका सञ्चालक टेकराज थापाका अनुसार बालबालिकालाई खेल्ने ठाउँदेखि विभिन्न सानाठूला बैठक गर्ने बैठक हलसहितका कोठाहरु समेत रेष्टुरेन्टमा उपलब्ध छन् ।

नाम नै लाभिस गार्डेन भएकाले यस रेष्टुरेन्टको विशेषता बगैंचामा बसेर प्राकृतिक आनन्दसँगै खानाको स्वाद लिन सकिने थापाले बताए । नेपाली दालभातदेखि ‘लाइभ बारबिक्यु’ र ग्राहकको स्वाद र चाहना अनुसारका परिकार फरक स्वदमा उपलब्ध गराइने उनले बताए ।

एकपटकमा साढे २ सय जनासम्म ग्राहकलाई सेवा उपलब्ध गराउनेगरी जनशक्ति र खुला ठाउँ रहेको रेष्टुरेन्टले जनाएको छ । बालबाटिकाका साथै पर्याप्त पार्किङ,खुला बगैंचा र लाइभ म्युजिक रेष्टुरेष्टको विशेषता रहेको थापाले बताए ।

लाभिस गार्डेन चैत २९ गतेसम्म सबै खानामा २५ प्रतिशत आपेनिङ डिस्काउन्ट दिने जनाएको छ । डेटिङदेखि मिटिङसम्म सबैलाई आ आफ्नो रुचीअनुसार गार्डेन र रुमहरु रेष्टुरेन्टले उपलब्ध गराउने जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?