प्रम ओली भन्छन् राष्ट्रपतिलाई मेरो सरकार भन्ने हैसियत छ

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख २१, २०७६
|
|
२० पटक हेरिएको
Shares
प्रम ओली भन्छन् राष्ट्रपतिलाई मेरो सरकार भन्ने हैसियत छ

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई ‘मेरो सरकार’ भन्ने हैसियत भएको जिकिर गर्दै हिजो सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले संवोधनको बचाउ गरेका छन् ।
  • राष्ट्रपति भण्डारीले संबोधन गर्दा मेरो सरकार शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले यस्तो जिकिर गरेका हुन् ।
  • राष्ट्रपति भण्डारीले मेरो सरकार भन्दा के को आपत्ति भन्दै प्रधानमन्त्री ओलीले यो अन्तराष्ट्रिइ रुपमै चलिआएकोे प्रचलन भएको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई ‘मेरो सरकार’ भन्ने हैसियत भएको जिकिर गर्दै हिजो सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले संवोधनको बचाउ गरेका छन् । राष्ट्रपति भण्डारीले संबोधन गर्दा मेरो सरकार

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले यस्तो जिकिर गरेका हुन् । राष्ट्रपति भण्डारीले मेरो सरकार भन्दा के को आपत्ति भन्दै प्रधानमन्त्री ओलीले यो अन्तराष्ट्रिइ रुपमै चलिआएकोे प्रचलन भएको बताए ।

बौद्धिक वर्गले समेत आलोचना गरेको देख्दा आफु अचम्मित भएको प्रधानमन्त्रीको भनाई थियो ।

पछिल्लो समय नेपालमा जहाँ र जसरी पनि विरोध गर्नै पर्छ भन्ने अभ्यास र मान्यता स्थापित भएको प्रधानमन्त्री ओलीको दावी थियो ।

राष्ट्रपतिले राष्ट्र र देशको प्रमुखका हैसियतले त्यसलाई आफ्नो सरकारको रुपमा अभिव्यक्ति गर्ने अन्तराष्ट्रिय प्रचलन रहेको भन्दै उनले अर्को पार्टीको सरकार भए पनि राष्ट्रपतिले संबोधन गर्दा मेरो सरकार नै भन्ने व्याख्या गरे ।

वास्तवमा ओलीले बिना घोचपेच यो पहिलो मुद्दामा स्पष्टिकरण दिए लगत्तै उनको सचिवालयबाट राष्ट्रिय योजना आयोगका उपाध्यक्षलाई ५० भन्दा बढी योजना आफ्नो संसदीय क्षेत्रमा पार्न पठाएको पत्र र उत्पन्न विवादबारे पनि स्पष्ट पारे ।

उनले भने ‘त्यो पत्र मेरो निजी सचिवालयले मेरो जानकारी र संलग्नता विना योजना आयोगलाई पठाएको रहेछ, जुन वान्छनीय थिएन, उचित थिएन ।’

‘म प्रधानमन्त्री र राष्ट्रिय योजना आयोगको अध्यक्ष हुँदाहुँदै उपाध्यक्षलाई पत्र जानु गल्ती हो । यो मेरो जानकारी बिना भयो, र यो ठीक भएन।’ २०४८ मा सांसद रहँदा बाहेकका विभिन्न चरणमा आफू मन्त्री भई सकेपछि पनि उनले आफ्नो क्षेत्रका बारेमा नभएर समग्र देशकै माग सबैतिर राख्दै आएको पनि दावी गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?