कस्ले गराही रहेको छ देशब्यापी बम हमला ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १९, २०७४
|
|
२३ पटक हेरिएको
Shares
कस्ले गराही रहेको छ देशब्यापी बम हमला ?

सारांश

  • काठमाडौं, १९ मंसिर– प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रक्रिया उत्कर्षमा पुगिरहेका बेला उम्मेदवार लक्षित बम हमला पनि बढिरहेको छ ।
  • रुकुममा माओवादी नेता तथा पूर्व गृहमन्त्री जनार्दन शर्मा लक्षित आक्रमणबाट सुरु भएको हिंसात्मक गतिविधि राजधानी काठमाडौंसम्म छिरेको छ ।
  • सुरुमा वाम गठबन्धनका उम्मेदवारमाथि लक्षित गरेर गरिएका यस्ता हिंसात्मक घटनाप्रति सत्ताको नेतृत्वकर्ता नेपाली कांग्रेस मौन देखियो ।

काठमाडौं, १९ मंसिर– प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रक्रिया उत्कर्षमा पुगिरहेका बेला उम्मेदवार लक्षित बम हमला पनि बढिरहेको छ । रुकुममा माओवादी नेता तथा पूर्व गृहमन्त्री जनार्दन शर्मा लक्षित आक्रमणबाट सुरु भएको हिंसात्मक गतिविधि राजधानी काठमाडौंसम्म छिरेको छ ।

सुरुमा वाम गठबन्धनका उम्मेदवारमाथि लक्षित गरेर गरिएका यस्ता हिंसात्मक घटनाप्रति सत्ताको नेतृत्वकर्ता नेपाली कांग्रेस मौन देखियो । उसको मौनता र हमलाकारीप्रति सरकारको नरम प्रस्तुतीले यस्ता भूमिगत अपराधमा कांग्रेसप्रति आशंका बढ्दै जान थाल्यो । त्यसपछि हमलाकारीले पनि ‘सन्तुलन’का लागि कांग्रेस उम्मेदवारलाई पनि लक्ष साँध्न थाले । चुनावको मुखमै आएर गृहमन्त्रीलाई विना विभागीय बनाई मन्त्रालयलाई नेतृत्व बिहीन पार्ने प्रधानमन्त्री शेरबहादुर देउवाको नियतमाथि यसले प्रश्न उठाएको छ । अझ रोचक कुरा त के छ भने रोल्पामा माओवादी नेता वर्षमान पुनमाथि दुई दुई पटक बम हमला गर्ने क्रममा पक्राउ परेका एकजना ब्यक्तिको रिहाईका लागि सरकारका एकजना मन्त्री तथा कांग्रेस जिल्ला सभापतिले नै दवाव दिए । आक्रमणकारीप्रति निरपेक्ष रहंदै आएको सरकार र आक्रमणकारी मध्येकालाई रिहाइ गर्न मन्त्रीले दिएको दवावले सुरुदेखि नै यस्ता हमलाको प्रायोजक को हो भन्नेमाथि प्रश्न उठेकै थियो ।
पछिल्लो पटक कांग्रेसले जित्ने अपेक्षा गरेका भनिएका उम्मेदवारहरुमाथि पनि बम हमला भए । त्यस्ता हमलाप्रति पनि सरकार वा गृह प्रशासनको प्रतिक्रिया औपचारिक मात्रै हुनु, उम्मेदवारहरुले बम हमलालाई सहानुभुतिको भोट बटुल्ने अवसरका रुपमा उपयोग गर्दै मोडलिङमा उत्रिनुले सरकारमाथि झनै प्रश्न उठाएको छ ।

अहिलेसम्म सरकारले चुनाव लक्षित यस्ता आक्रमण गर्ने समुहप्रति आफ्नो दृष्टिकोण सार्वजनिक गरेको छैन । उसले केही ठाउँबाट पक्राउ गरेका ब्यक्तिहरु विप्लव समुहका कार्यकर्ता भएको प्रतिक्रिया दिने गरेको छ । न त विप्लव समुहले नै यी हमलाको जिम्मेवारी लिएको छ । विप्लव समुह आफूले हमला गरेको हो पनि भन्दैन र होइन पनि भन्दैन । सरकार आक्रमणकारीलाई कुन दृष्टिकोणले हेर्छ भन्ने दृष्टिकोण पनि दिंदैन । बरु उक्त समुहप्रति नरम नीति अपनाउँछ । बरु यस्ता हमलालाई विपक्षी उम्मेदवारमाथि दोष थोपरेर आक्रमणकारीलाई चोख्याउनेगरी प्रतिक्रिया दिने काम कांग्रेस नेताहरुले गरेका छन् ।

नुवाकोटमा आफ्नो सवारीसाधन लक्षित गरी बम विष्फोट भएपछि कांग्रेस नेता डा रामशरण महतले विप्लव समुहको नामै लिएनन्, उनले बरु आफूसँग चुनावी प्रतिस्पर्धा गरिरहेका वाम उम्मेदवार हितमान तामाङमाथि आक्रमणको आरोप लगाए । यस्तै काठमाडौंमा गगन थापामाथि बम हमला हुँदा सरकार प्रतिक्रियामै सिमित रह्यो, अनि थापालाई भेट्न पुगेका एमाले उम्मेदवार राजन भट्टराईमाथि गगन थापाका कार्यकर्ताले हातपात गरे । यसले के प्रश्न उत्पन्न गर्छ भने आक्रमणकारी, सरकार र कांग्रेसबीच केही साझा बुझाई पो छ कि ?

अर्काेतर्फ अहिले देशैभर भएका बम हमलाको दोष बोकाइएको विप्लव समुहको सामथ्र्य देशैभर आतंक फैलाउन पर्याप्त छ त ? रुकुम र रोल्पमाको सामान्य भौगोलिक आधार भएको उक्त समुह कसैको साथबिना एकै पटक देशब्यापी आतंक फैलाउन कसरी सक्छ ? यसअघि माओवादीको युद्ध उत्कर्षमा पुगेका बेला पनि यसरी सबै ठाउँमा हमला गर्ने सामथ्र्य थिएन भने विप्लव समुहले एकैपटक कसरी यस्तो हिंसाकारी सामथ्र्य प्राप्त गर्यो ? कांग्रेसबाट निर्वाचित वडा अध्यक्षको घरमा ठूलो मात्रामा विष्फोटक पदार्थ भण्डारण गरिएको किन फेला पर्यो ? यी यावत प्रश्न छन् जसले चुनावी लाभका लागि भए पनि सत्तारुढ कांग्रेस यस्ता हिंसात्मक कृत्यलाई प्रवद्र्धन गरिरहेको छ भन्ने शंकामा बल दिइरहेको छ । यहाँ विचारणीय कुरा के छ भने कांग्रेस नेता विमलेन्द्र निधि आम नरसंहारकारी बम हमलाका प्रमाणित दोषी संजय साह टकलासँग जेलबाटै चुनावी सहयोग लिइरहेका छन् । आतंक र हिंसाको दोहोरो लाभ लिने कार्यमा कांग्रेस संस्थागत रुपमै त सक्रिय छैन ? भन्ने गम्भीर प्रश्न यसले उब्जाएको छ ।

चक्रपथ डट्कम बाट !

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    Dil Subba

    Dakchhin baata hunasakchha.

    Comment Author

    Keshav Agyani

    Invested by India
    Assisted by congress
    Strike by biplop and other criminals

    Comment Author

    Dilli Trikhatri

    सहि कुरा।

    Comment Author

    Dipendra Keshari Basnet

    जस्ले बम बनाउन सिकायो उसैले गरउदै होला

    Comment Author

    Pasang Khambache

    गुरु त प्रचण्ड हो उसैलाई सोध्नु पर्छ ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मापदण्ड विपरीत क्रसर : क्रसरले बनाएको कुलोमा डुबेर बालकको मृत्यु
मापदण्ड विपरीत क्रसर : क्रसरले बनाएको कुलोमा डुबेर बालकको मृत्यु
१२३ घन्टा नाचेर गिनिज बुक अफ वर्ल्डमा नाम लेखाउन सफल
१२३ घन्टा नाचेर गिनिज बुक अफ वर्ल्डमा नाम लेखाउन सफल
गोदावरी खोला सरसफाई अभियानको १७ औं हप्तामा धान रोपेर उल्लास
गोदावरी खोला सरसफाई अभियानको १७ औं हप्तामा धान रोपेर उल्लास
नारायणकाजी श्रेष्ठ र कोमल वलीको विहेको हल्ला चलेपछि
नारायणकाजी श्रेष्ठ र कोमल वलीको विहेको हल्ला चलेपछि
कांग्रेसको लक्ष्यःचुनाव रोक्ने कि कम्युनिस्टको बहुमत छेक्ने
कांग्रेसको लक्ष्यःचुनाव रोक्ने कि कम्युनिस्टको बहुमत छेक्ने
वातावरण संरक्षणमा सूचना प्रविधि क्षेत्रको भूमिका बढाउनुपर्छ : मन्त्री शर्मा
वातावरण संरक्षणमा सूचना प्रविधि क्षेत्रको भूमिका बढाउनुपर्छ : मन्त्री शर्मा
भाइबर तथा फेसबुकमा चिठ्ठा पर्‍यो ? सरकारी जागिर र ठुला देश जाने सपना नदेख्नुहोस् !
भाइबर तथा फेसबुकमा चिठ्ठा पर्‍यो ? सरकारी जागिर र ठुला देश जाने सपना नदेख्नुहोस् !
सुनको मूल्यमा प्रतितोला रु एक हजारले ह्रास
कम्बोडियामा चिनियाँ लगानीको विमानस्थल सञ्चालन
कम्बोडियामा चिनियाँ लगानीको विमानस्थल सञ्चालन
क्षेत्र निर्धारण पछि काभ्रेमा उमेदवारको चर्चा कस – कसको चर्चा ???
क्षेत्र निर्धारण पछि काभ्रेमा उमेदवारको चर्चा कस – कसको चर्चा ???

तपाईंले छुटाउनुभयो कि?