स्थानीय तहका अधिकारबारे जनप्रतिनिधिलाई अभिमुखीकरण

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २१, २०७४
|
|
२५ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ, २१ असार ।
  • सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले दोस्रो चरणको स्थानीय तहको निर्वाचनको परिणामलगत्तै आगामी साउन दोस्रो हप्ता उपमहानगर, नगर तथा गाउँपालिकाका प्रमुख÷उपप्रमुख तथा अध्यक्ष÷उपाध्यक्षलाई स्थानीय विकाससम्बन्धी अभिमुखीकरण तालिम दिने भएको छ ।
  • प्रदेश नं १, ५ र ७ अन्तर्गत उपमहानगरदेखि गाउँपालिकासम्म ३३४ स्थानीय तहका ६६८ जनप्रतिनिधिलाई सहभागी गराइने उक्त तालिममा सङ्घीय संरचनाअनुसार स्थानीय तहका अधिकारका बारे जानकारी दिइने छ ।

काठमाडौँ, २१ असार । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले दोस्रो चरणको स्थानीय तहको निर्वाचनको परिणामलगत्तै आगामी साउन दोस्रो हप्ता उपमहानगर, नगर तथा गाउँपालिकाका प्रमुख÷उपप्रमुख तथा अध्यक्ष÷उपाध्यक्षलाई स्थानीय विकाससम्बन्धी अभिमुखीकरण तालिम दिने भएको छ ।

प्रदेश नं १, ५ र ७ अन्तर्गत उपमहानगरदेखि गाउँपालिकासम्म ३३४ स्थानीय तहका ६६८ जनप्रतिनिधिलाई सहभागी गराइने उक्त तालिममा सङ्घीय संरचनाअनुसार स्थानीय तहका अधिकारका बारे जानकारी दिइने छ ।

विभिन्न क्षेत्र तथा वर्गबाट आएका जनप्रतिनिधिले परिवर्तित अवस्थामा आ–आफ्ना अधिकार तथा कर्तव्यका जानकारी लिएपछि उनीहरुले विधिसम्मत तरिकाबाट कार्य गर्न सक्ने विश्वास मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले व्यक्त गर्नुभयो ।

स्थानीय तह, प्रदेश र केन्द्रबीच गर्नुपर्ने समन्वय तथा अधिकार बाँडफाँडका विषयमा पनि उनीलाई जानकारी दिइने छ । स्थानीय विकासका विशेषज्ञ तथा योजनाविद्, अर्थविद्, राष्ट्रिय योजना आयोगका पूर्व पदाधिकारीलगायतले जनप्रतिनिधिलाई प्रशिक्षण दिने बताइएको छ ।

सिंहदरबारको अधिकार स्थानीय तहमा आएको अनुभूति जनप्रतिनिधिलाई गराउन सकिए स्थानीय तहमा पूर्वाधार निर्माण तथा सामाजिक रुपान्तरणको काम सहज रुपमा अघि बढाउन सकिने मन्त्रालयका सहसचिव केदारनाथ शर्माले बताउनुभयो ।

निर्वाचनको मतपरिणामपछि फरक फरक प्रदेशमा चरणबद्ध रुपमा जनप्रतिनिधिलाई यो तालिम दिइने मन्त्रालयले जनाएको छ । तालिम तीन दिनसम्म चल्नेछ ।

मन्त्रालयको योजना महाशाखाका उपसचिव चिरञ्जीवी तिम्सिनाका अनुसार यही असार २५ गतेभित्र नगर तथा गाउँसभा बस्नुपर्ने, असार मसान्तभित्र बजेट पारित गर्नुपर्ने र आगामी साउन १ गतेदेखि कार्यान्वयनमा लानुपर्ने व्यवस्था छ ।

(https://www.saasgenius.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल प्रहरी र सशस्त्र प्रहरीका कानुनलाई समयानुकल परिमार्जनका लागि प्रधानमन्त्रीको निर्देशन
नेपाल प्रहरी र सशस्त्र प्रहरीका कानुनलाई समयानुकल परिमार्जनका लागि प्रधानमन्त्रीको निर्देशन
युद्धबाट क्षतविक्षत किसान खडेरीको चपेटामा !
युद्धबाट क्षतविक्षत किसान खडेरीको चपेटामा !
३ कम्पनीका कोरोना विरुद्धका खोप नेपालमा परीक्षण हुँदै
लापोर्टेको गोलमा अल नासर विजयी
लापोर्टेको गोलमा अल नासर विजयी
कांग्रेस अछाम अधिवेशनः ४ जना पदाधिकारीका लागि १९ जनाको उम्मेद्वारी
कांग्रेस अछाम अधिवेशनः ४ जना पदाधिकारीका लागि १९ जनाको उम्मेद्वारी
फोहरबाट मल बनाउने योजना अलपत्र
फोहरबाट मल बनाउने योजना अलपत्र
एमसीसी सम्झौता कार्यान्वयनको तयारीः एमसीसी उपाध्यक्ष एलफोर्ड नेपालमा
एमसीसी सम्झौता कार्यान्वयनको तयारीः एमसीसी उपाध्यक्ष एलफोर्ड नेपालमा
सिर्जनाटोल विकास समितिमा बन्यो नयाँ कार्यसमिति
सिर्जनाटोल विकास समितिमा बन्यो नयाँ कार्यसमिति
‘पहाड र मधेसलाई विभाजन गर्ने गरी कसका लागि प्रदेशको कित्ताकाट : अध्यक्ष ओली
‘पहाड र मधेसलाई विभाजन गर्ने गरी कसका लागि प्रदेशको कित्ताकाट : अध्यक्ष ओली
थाम्बुचेतमा प्रहरी र स्थानीयवासीका बीचमा झडप : आठ प्रहरी घाइते
थाम्बुचेतमा प्रहरी र स्थानीयवासीका बीचमा झडप : आठ प्रहरी घाइते

तपाईंले छुटाउनुभयो कि?